टि्वटरले घटाउँछ वजन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

टि्वटरले घटाउँछ वजन

जिउ बढि मोटाएर चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टि्वटरमा खाता खोल्नुहोस् र नियमित टि्वटर प्रयोग गर्नुहोस् । टि्वटरले स्लिम जिउ बनाउने तपाइँको चाहना पूरा गरिदिनेछ ।

झ्वाट्ट सुन्दा पत्यार नलाग्नसक्छ, वा लाग्दै लाग्दैन पनि । तर यो कुरा साँचो हो की टि्वटर वजन नियन्त्रण गर्ने तपाइँको प्रयासमा महत्वपूर्ण सहयोगी बन्न सक्छ । माइक्रो ब्लगिङ साइट टि्वटरले मानिसमा मोटोपना नियन्त्रणका लागि समेत सहयोग गर्ने तथ्य वैज्ञानिकहरुले हालै पत्ता लगाएका छन् ।

अमेरिकाको साउथ क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार टि्वटर केवल वजन नियन्त्रणका लागि मात्र कामयावी छैन विभिन्न खालका रोगहरुबाट छुटकारा पाउन समेत उपयोगी छ ।

बढि तौल भएका मानिसहरु जो वजन घटाउन संघर्षशील छन् उनीहरुका लागि टि्वटरमा लग इन गर्नु वजन नियन्त्रणको महत्वपूर्ण उपाय बन्छ । खानपान र व्यायामसँगै टि्वटरको प्रयोगले वजन नियन्त्रण छिटो सम्भव हुने बताइएको छ । वास्तवमा वजन घटाउन प्रयासरत मानिसहरुका लागि टि्वटर कसरी सहयोगी हुन्छ ? भन्ने जिज्ञासा स्वभाविक रुपमा उठ्छ । हो, टि्वटर प्रयोग गर्दैमा त्यस्तो कुनै जादु हुँदैन जसले झ्वाट्टै तौल घटिहालोस् । तर टि्वटरमा मोटोपनाबाट छुटकारा पाउनका लागि संघर्षरत आफुजस्तै मान्छेहरुले गरेका प्रेरणादायी टि्वट्स मात्र होइन विभिन्न टिप्सहरु व्यक्तिलाई आफ्नो तौल घटाउन महत्वपूण सूत्र बन्दछन् ।

अध्ययन कर्ताहरुका अनुसार टि्वटर प्रयोगकर्ताले स्वस्थ भोजन तथा व्यायामको विषयमा जतिधेरै टि्वट्स पढ्न पायो उसले आफ्नो वजन छिटो घटाउने सम्भावना उति नै बढि हुन्छ ।

औषतमा १० वटा यस्ता उपयोगी टि्वट्स पढ्दाखेरी मान्छेले आफ्नो सरीरको सुन्य दशमलब ५ प्रतिशत अनुपयोगी वजन घटाउन सक्छ । यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सन्तुलित भोजन र व्यायामसँगै टि्वटरको प्रयोग पनि मोटोपना नियन्त्रणका लागि उपयोगी हुन्छ । तरपनि टि्वटर वा जुनसुकै इन्टरनेट साइटको प्रयोग दिनमा कति समय सम्म गर्ने भन्ने कुराले यसका सकारात्मक वा नकारात्मक पक्षको निक्र्यौल गर्छ । लामो समयसम्म इन्टरनेटको प्रयोग पनि शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले उतिसारो राम्रो मानिँदैन ।

अध्ययनका क्रममा ९६ जना बढि वजन भएका महिला तथा पुरुषहरुमाथि परीक्षण गरिएको थियो ।

4 Comments on “टि्वटरले घटाउँछ वजन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु