इन्टरनेट जाएन्ट गुगलले आफुले गधा नमारेको स्पष्टीकरण दिएको छ । अफि्रकी मुलुक बोत्स्वानामा गुगलले बाटोमा एउटा गधा मारेको समाचार बाहिर आएपछि गुगलले यसको खण्डन गर्दै आफ्नो तर्फबाट कुनैपनि जनावर नमारिएको दाबी गरेको छ ।
गुगलको नक्सा खिच्ने गुगल म्याप्स कारले ठक्कर दिएर बोत्स्वानाको सडकमा एक गधा मरेको हल्ला चलेपछि गुगलको आलोचना भएको थियो । गुगल म्यापमा पनि बोत्स्वानाको सडक किनारामा एउटा गधा लडिरहेको देखिएको थियो ।
तर गुगलले भने त्यो गधालाई गुगलको कारले ठक्कर दिएको नभै त्यो गधा आफै धुले सडकमा पल्टिएर सरीर कन्याइरहेको दाबी गरेको छ । गुगल म्याप्सका प्रतिनिधिले एक ब्लगमा लेखेका छन् सडकमा दौडिने क्रममा गुगल म्याप्सको कारले सबैतिरको दृश्य खिच्ने र कसैकसैलाई कारले नै गधालाई ठक्कर दिएको भ्रम परेको हुनसक्छ तर त्यसो होइन, त्यो गधा आफै लडीबुडी खेलिरहेको थियो । म खुसी छु त्यो गधा जिउँदै थियो र राम्रै थियो ।
दैनिक हजारौ मानिस मरी रहेछन,दुर्घटना र आक्रमणबाट त्यो कम गर्ने उपाय खोज्नु कता हो कता यी INGO हरु लाई यस्तै कुरा उठाउदै मा फुर्सद छैन l पहिला मान्छे मर्ने क्रम रोक्नु पर्यो अनि पशु अधिकारको कुरा गर्दा अलि सुहाउदो हुन्छ l
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]