खुमलटारमा मुसा पालन ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खुमलटारमा मुसा पालन !

विद्यार्थीदेखि वैज्ञानिकसम्मलाई चासो

७ माघ, काठमाडौं । मुसाको नाम सुन्ने बित्तिकै सबैलाई रीस उठ्छ । साँचेर राखेको अन्न खाएर, दराजमा राखेको कपडा बिगारेर, पसलका सरसामान र फर्निचर ध्वस्त पारेर मुसाले कुनै न कुनै रुपमा सबैलाई उत्तिकै पिरोलेको हुन्छ । यही मुसा सखाप पार्न भनेर मान्छेले घरमा बिरालो पाल्छन्, मुसालाई चाहिँ देखिसहँदैनन् ।

तर ललितपुरको खुमलटारमा चाहिँ १५ वर्ष अघिदेखि मुसालाई दूध र अन्नपात खुवाएर स्याहारसुसार गरिँदै आइएको छ । अरु घरपालुवा पशुपंक्षीलाई झैं पालेर राखिएको मुसा हेर्न टाढा टाढाबाट समेत अवलोकनकर्ता पुग्ने गर्छन् । मुसालाई नजिकबाट नियाल्छन् । रमाउँछन् र र्फकन्छन् ।

नेपाल कृषि अनुसन्धान परिषदको कीट विज्ञान महाशाखाको हाताभित्र रहेको मुसा प्रयोगशालामा बिभिन्न थरीका २५ जोडी मुसा राखिएका छन् । ‘मुसा नियन्त्रणको उपाय के हुन सक्ला भनेर अनुसन्धानको लागि यिनीहरुलाई पालिएको हो’ महाशाखाका बरिष्ठ प्राविधिक शिवराज चौहानले अनलाइनखबरसित भन्नुभयो-’हामीले १५ वर्षदेखि शुरु गरेको अनुसन्धानले नयाँ प्रविधि पनि पत्ता लागेको छ ।’

प्रयोगशालामा पालिएका यिनै मुसाको अध्ययन गरेर वैज्ञानिकहरुले मुसा नियन्त्रणको नयाँ उपाय पत्ता लगाएका छन् । त्यो हो-मुसाको परियोजना । प्रयोगशाला परीक्षण सफल भएपछि अहिले फिल्ड अध्ययन शुरु भएको छ । अबको वर्ष दिनभित्र यो उपायलाई किसानमाझ पुर्याउने कीट विज्ञान महाशाखाको योजना छ ।

मुसालार्इ खुवाउने दाना तयार पार्दै एक महिला

पढ्नेहरुको लागि पनि उपयुक्त

जीवविज्ञान पढ्ने सबै विद्यार्थीको लागि अरु जीवजन्तु जस्तै मुसाको अध्ययन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जिउँदो मुसा समातेर अध्ययन गर्न गाह्रो छ । त्यसैले विद्यार्थीहरु मुसाको अध्ययनको लागि खुमलटारको यही प्रयोगशालामा पुग्छन् । ‘स्कूल, कलेज पढ्ने विद्यार्थी बेलाबेला आइरहन्छन्’ बरिष्ठ प्राविधिक चौहानले भन्नुभयो-’हामी विज्ञहरुलाई अनुसन्धान गर्न जस्तै विद्यार्थीलाई अध्ययन गर्न पनि सजिलो भएको छ ।’

मुसा हेर्न र अध्ययन गर्न चाहने सबैको लागि प्रयोगशाला खुल्ला रहेको पनि उहाँले बताउनुभयो ।

9 Comments on “खुमलटारमा मुसा पालन !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु