राधाको परिवारमा आएको परिवर्तन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

राधाको परिवारमा आएको परिवर्तन

आशा बुढामगर

ओखलढुंगा । अहिले फेदीगुठ गाविस वडा नं. १ मा राधा गुरुङ भनेर नचिन्ने मानिसहरु सायद कमै होलान् । केही वर्ष अगाडिसम्म चामलको भात खान चाडवाड पर्खनु पर्ने, बाह्रै महिना अर्काको ज्याला मजदुरी गर्न जानुपर्ने अवस्था थियो । दुई छोरा र दुई छोरी लाई नयाँ कपडा लगाइदिन र एक छाक मासु खाएको पैसा तिर्न अनि बच्चाहरुको पढाइ खर्च जुटाउन धौधौ थियो राधालाई ।

राधा गुरुङ्ग आफ्नो तरकारी बारीमा

बाँसको टाट्नोले बेरेर बनाएको र खरले छाएको एक तले सानो घर, ४ रोपनी सुख्खा बारी, थोरै वस्तुभाउ थियो सम्पत्तिको नाममा । आफ्नो खेतीको उत्पादनले जम्मा ३ महिना खान पुग्ने अवस्था थियो । आम्दानीको अन्य कुनै श्रोत थिएन । सामान्य आफ्नो नाम सम्म लेख्न सक्ने उहाँको सामाजिक रुपमा कुनै पहिचान तथा हैसियत थिएन ।

श्रीमान मेख गुरुङ्गलाई पनि रोजगारी मिल्यो तरकारी खेतीबाट

गाउँमा रोजगारीको अबस्था नभएपछि रोजगारीको शिलशिलामा कहिले भारत तिर त कहिले घुर्मी, उदयपुर कटारी, धरानतिर पनि पैसा कमाउनु जानुभयो उहाँका श्रीमान् मेखबहादुर । खासै केही उपलब्धि हुन सकेन तर घुम्ने क्रममा बजारका लागि तरकारीको माग बढ्दै गए पनि आपुर्तीमा कमी भएको थाहा पाउनुभयो ।

सन् २००९ देखि दिगो भू व्यबस्थापन कार्यक्रम फेदीगुठमा लागू भएपछि उहाँलाई ढुंगा खोज्दा देउता मिले झै भयो । कार्यक्रमले विभिन्न किसिमका विउहरु दिँदै खेती र हेरचाह गर्न सिकायो । । उहाँले अनुभवी अगुवा कृषक तालिम पनि लिनुभयो । तर सिंचाईको अभावमा दुःखअनुसार तरकारीबाट खासै केही फाइदा भएन ।

जीवनस्तर सुधारका लागि स्थानीय पूर्वाधार कार्यक्रम -लिली) बाट पोखरी सिंचाई योजना निर्माण भएपछि अहिले फेदिगुठ १ का किसानलगायत राधा गुरुङ्गको पनि जीवनस्तरमा धेरै परिवर्तन आएको छ । पोखरीको निर्माण कार्यमा उहाँ र श्रीमानले ज्यालादारी गरेर जम्मा २४ हजार ५ सय ४० आम्दानी गर्नुभयो । उक्त रकमबाट उहाँले खाद्यान्नसाथै तरकारीको बीउ किनेर ब्याबसायिक तरकारी खेती शुरु गर्नुभयो ।

सिंचाईको सुबिधा भएपछि मौसमी बेमौसमी तरकारी खेती, र नर्सरी सञ्चालन गर्दै अहिले उहाँ वाषिर्क ७० /८० हजार आम्दानी गर्नुहुन्छ । उहाँले यसपटक आफ्नो लगानीमा थप प्लाष्टिक टनेल खरिद गरी गोलभेडा खेती गरिरहनुभएको छ । राधाले बच्चाहरुलाई राम्रै शिक्षा दिक्षा र सानो एक तले घर पनि बनाइक्नुभएको छ । उहाँको सामाजिक हैसियतमा पनि परिवर्तन आएको छ, गाउँमा सम्मान बढेको छ । उहाँबाट धेरै कृषकले कृषि परामर्श लिने गरेका छन् । उहाँको सिको गरेर अहिले गाउँमा अन्य कृषकहरुले पनि व्यवसायिक तरकारी खेती शुरु गरेका छन् । अहिले फेदिगुठका व्यवसायिक कृषकहरुमा राधा गुरुङ्ग, नैनकला गुरुङ्ग, दुर्गा गुरुङ्ग आदि पर्नुहुन्छ । उहाँहरुले आफ्नो उत्पादन गाउँलगायत फलाँटे भञ्ज्याङ्ग र कोषाट सम्म पुर्‍याएर बिक्री गर्नुहुन्छ ।

राधा भन्नुहुन्छ- ‘मेरा श्रीमान्ले पैसा कमाउन धेरै ठाँऊ चाहार्नुभयो । पैसा त्यसै नफल्ने, जागिर खान पढेको छैन, कसले जागिर दिने ? तर, मैले अनुभवी अगुवा कृषकको तालिम पाएपछि हरेक कुरा आफै गर्न सक्ने भएको छु । श्रीमान्ले मद्दत गर्नुहुन्छ, कृषिमै ब्यस्तता बढेको छ, रोजगारी भएको छ । अर्काको काम गर्नँ परेको छैन । बर्षभरि आफ्नै आम्दानीले खान पुगेको छ । बच्चालाई कसरी पढाऊँ, के खुवाउँ भनेर चिन्ता गर्नु परेको छैन । पैसा कमाउन बिदेशमा नै जानुपर्छ भन्ने हाम्रा गाँऊका युवाहरुले एकपटक राम्ररी सोचे त हुने हो । मेहेनत गरे गाऊँमै नै प्रशस्त पैसा फल्दो रहेछ ।’

6 Comments on “राधाको परिवारमा आएको परिवर्तन”
  • devi wrote on 20 January, 2013, 7:40

    himat garera garda ta hun6 tara maina maina ma salary thapne bani le 2/4 maina kurna garo hun6 tehi vayera ho ki.

    Like or Dislike: Thumb up 14 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    samjhana shrestha Reply:

    good bastba ma hami kati sukhi 6u ke kin vane hami harmro porkhama ramaun chadaiu ke yesrinai radha ko pariwar le jastai garer kham garnu ho vane hami nepali bidesai janu pardain jasto malai lag6……….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ashok wrote on 20 January, 2013, 7:41

    inspirational for all farmers around the country yeah!

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gam Gurung wrote on 20 January, 2013, 10:27

    राम्रो लाग्यो ! यस्तो खाले समचारले समाजमा जाग्रति ल्यौछ ! सबै खाले संचार क्षेत्र प्रचार प्रसार गर्नु पर्छ ! राजनीती को समाचार झाऊ लग्न थाल्यो नेपाली हरु लाई

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhupen Baniya wrote on 21 January, 2013, 9:42

    Shramjibi ra Parishrami manchhe le kahile pani dukha paaudaina..Safalta ko Katha padhera jyadai khushi lagyo. Tamam krisak Nepali Dajoo vai Didi bahini harooma yasle sakaratmak sandesh diyeko chha…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dk wrote on 21 January, 2013, 23:32

    udaharaniya kam .10 hajar rupiya kamaera jyan jokhim ma halna Arab tira janu bhanda ghar mai basera kheti garda pani hune raicha bhanee gatilo udaharan ho yo..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु