नेपाली जनप्रगतिशील मञ्च कुवेतको दोस्रो अधिवेशनको तयारी पुरा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली जनप्रगतिशील मञ्च कुवेतको दोस्रो अधिवेशनको तयारी पुरा

 भईराम चौलागाई

कुवेत सिटी। जनप्रगतिशील मञ्च कुवेतको विशेष भेला कुवेत सिटीस्थित मालिया पार्कमामा हिजो शुक्रबार सम्पन्न भयो । संयोजक कुमार झापालीको अध्यक्षतामा अधिवेशन पुर्व तयारीको समीक्षा गर्न बसेको भेलामा सबै बिभागका प्रमुखहरुले आ-आफ्ना जिम्मेवारीको प्रगति बारे बताउनु भएको थियो । सबै क्षेत्रमा लगभग पुरा तयारी गरेको कुरा व्यबस्थापक दिपक बिष्टले जानकारी गराउनु भयो ।

बिशेष तर छोटो अबधिमा अधिबेशन सम्पन्न गर्नु पर्ने चुनौति पुर्ण अबस्थालाई आर्थिक ब्याबस्थापनमा आई.पी भटराईले देखाउनु भएको सक्रियतालाई भेलामा सबैले प्रशंसा गर्नुभएको थियो ।त्यसै गरि हाल सम्मको उच्च आर्थिक सहयोग मीना वाईवा बाट प्रदान भएकोमा सहयोगी मिना वाईवा प्रति मंचले कृतज्ञता प्रकट गरेको थियो । मंचको आगामी २५ जनवरीमा हुन गईरहेको अधिवेशनलाइ सफल पार्न सबै बिभागिय प्रमुख तथा सक्रिय सदस्यहरुले आफ्नो जिम्मेवारीको गतिबिधिबारे भेलामा अवगत गराउदै आगामी शुक्रबारको प्रतिक्षा रहेको कुरा बताउनु भयो ।

सुविधा सम्पन्न ठुलो अप्सरा हल जिलिबमा बिहान ११ बजेबाट कार्यक्रम सुरु गरिने पनि भेलामा जानकारी गराईएको थियो । कार्यक्रममा सुरक्षा ब्यबस्था, प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुको स्वागत एवं सत्कारको तयारी , सांगीतिक कार्यक्रमको प्रस्तुतिका साथै सबैलाई जलपान गराउने कार्यक्रम तयारी अबस्थामा रहेको कुरा संयोजक झापालीले जानकारी गराउनु भयो। कुवेतको परिस्थितिलाई मध्यनजर गर्दै कम्युनिष्ट पार्टीको हंसिया हथौडा अंकित ब्यानर तथा झण्डा कहि कतै पनि नराखि कार्यक्रम गर्दा खल्लो महशुस गरियता पनि परिस्थितिको अगाडी सम्झौताको बिकल्प नरहेको कुरा दिपक बिष्टले बताउनु भयो । आगामी शुक्रबार हुने अधिवेशनको प्रचार प्रसार तथा कुबेतमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई गरिने निमन्त्रणा पत्र तयार रहेको र यथासक्य चांडो सम्बन्धित निकायमा निमन्त्रणा पत्र पुग्ने कुरा संचार बिभाग प्रमुख देव घर्तीले जानकारी गराउनु भयो । अन्य आस्थावान साथीहरु तथा सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनीहरु यसै सुचनालाई निमन्त्रणा मानि उपस्थित भई दिनुहुनको लागि पनि मंचले अनुरोध गरेको छ ।

मंचको नेतृत्व चयन बारे हालसम्म कुनै पनि उम्मेदवारी  अगाडी नआएको संम्बन्धमा र सबैको नजर यस मंचको नेतृत्व प्रति भएकोले कसरी छिनोफानो होला भन्ने उत्सुकताको सबालमा सबैले कार्य समिति गठनको सम्पुर्ण काम बन्दसत्र बाट नै छिनोफानो हुने र सकभर सर्वसहमतिबाट नै चयन हुने आशा ब्यक्त गरिएको छ। कुशल नेतृत्व, स्वच्छ छवि, असल पृष्ठभुमि, योगदान दिनसक्ने जसले मंचलाई नेतृत्व गरि अगाडी बढाऊन सक्छ उसैलाई सर्वसहमतिले चयन गर्ने यदि सहमति नभए बहुमत प्रकिया अपनाउने कुरा संचार बिभाग प्रमुख देब घर्तीले जानकारी गराउनु भएको थियो ।

प्रमुख अतिथिको रुपमा एनेकपा माओबादी बिदेश राज्य समिति अन्तरगत एसिया प्यासेफिक इन्चार्ज कमरेड युवराज चौलागाई नेपालबाट अधिवेशनको लागि कुवेत आउने जानकारी संयोजक झापालीले गराउनु भएको थियो । त्यसको लागि सबै तयारी आफुले गरेको पनि बताउनु भयो । आगामी २५ जनवरी २०१३ मा मंचको दोस्रो अधिबेशन भब्यरुपमा सफल होस्, बिगतका कमीकमजोरी बाट पाठ सिक्दै सम्पुर्ण कुवेतबासी प्रवासीहरुको पक्षमा काम गर्न सकोस् भन्दै अधिवेशनको सफलताको शुभ कामना ब्यक्त गर्दछौं ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु