बिदेशबाट फर्केर देशमै केही गर्नेहरुका लागि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

बिदेशबाट फर्केर देशमै केही गर्नेहरुका लागि

-अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक लिमिटेड

अहिले हरेक दिनजसो एक हजारभन्दा बढी नेपालीहरु त्रिभुवन विमानस्थल हुँदै रोजगारीको खोजीमा खाडी मुलुकतिर लागिरहनुभएको छ । कुनै पनि सिक्काको दुई भाग हुन्छ । यो प्रकृयाको पहिलो भाग के देख्छु भने नेपालको राजनीतिक नेतृत्वले जति निकम्मापन देखाए पनि आफ्नो पेट पाल्नका लागि नेपाली दाजुभाइहरु विश्वको कुना-कुना पुगेर पसीना बगाइरहनुभएको छ । पौरखी र कर्मठ नेपालीको पहिचान उहाँहरुले दिनुभएको छ । त्यति पनि हुन नसकेको भए नेपालमै बस्ने, सके खाने, नभए भोकै मर्ने वा त्यसको जगमा द्वन्द्व बढ्ने खतरा हुन्थ्यो । उहाँहरुले सावित गरेर देखाइदिनुभएको छ, नेपाली नेताहरु असक्षम होलान् तर नेपाली जनता असक्षम छैनन्, कर्मबीर छन् ।

यसको अर्को पाटो पनि छ- आखिर उहाँहरु किन यसरी बिदेशी भूमिमा गएर पसीना बगाउनुपर्‍यो ? उच्च जोखिम भएका काममा न्यून पारिश्रमिकमा किन जानुपर्‍यो ? नेपालमा धार्मिक दंगा भएर, सामाजिक सद्भाव बिग्रेर वा ज्यानै बचाउन नसक्ने भएर त पक्कै हैन । मुख्य कारण हो- पेटको आगो । यहाँ राजनीतिक प्रणालीका, संबिधानका र अग्रगमनका जतिसुकै चर्का नारा लगाए पनि जबसम्म आर्थिक विकाश र सम्वृद्धिमा ध्यान दिन सकिन्न, यो प्रकृया घट्न सक्दैन, झन् झन् बढिरहन्छ ।

विदेश जानेका दुःख

दुःखको कुरा के हो भने एउटा नेपाली पहिलोपटक मलेसिया पुग्छ, त्यहाँ ३-५ बर्ष बस्छ, नेपाल आउँछ । केही गर्न सकिन्छ कि भनेर दुईचार दिन भौतारिन्छ र फेरि दुबई वा साउदीको भिसा खोज्दै म्यानपावर धाउन थाल्छ र अर्को ३ बर्षका लागि अर्को मुलुकतिर हानिन्छ । यसै गरी नेपाली युवाहरुले आफ्नो उर्जाशील उमेरका १०-१५ बर्षसम्म विदेशी भूमि चाहार्दै बसिरहेको देख्छु । विदेशै जान नपर्ने वातावारण त बनाउन सकेनौं नै, कम्तिमा केही वर्ष बसेर सीप र पूँजी लिएर आएको नेपाली युवालाई नेपालमै बस्ने वातावरण हामीले किन दिन सकेनौं त ? किनकि फर्किने युवालाई यहाँ म र मेरो परिवार आर्थिकरुपले सुरक्षित छ भन्ने विश्वास हुन सकेन । हाम्रो गन्तव्य आर्थिक रुपान्तरण नै हो, बाटोमात्रै हो राजनीतिक र सामाजिक रुपान्तरण । आज हाम्रा नेपाली दाजुभाइहरु यस्ता मुलुकमा गएर काम गरिरहनुभएको छ, जहाँ राजनीतिक स्वतन्त्रता पटक्कै छैन, त्यहाँ आर्थिक सम्वृद्धिलाई प्राथमिकता दिइएको छ । यसमा राज्यलाई दोष दिने ठाउँ धेरै होलान् । तर, हामीले ब्यक्तिगत रुपमा केही गर्न खोज्यौं भने सधैंभरि राज्यको मुख ताकिरहनु पर्दैन ।

खाडी मुलुकमा ३ बर्ष बसेको एक नेपालीले तीन चार लाख रुपैयाँ कमाएको हुन्छ । विदेश जाँदाको ऋण तिरेर पनि दुई अढाई लाख रुपैयाँ बचत हुन्छ । त्यही सानो रकमको लगानीबाट पनि नेपालमा केही गर्न सकिन्छ । पूँजी नपुग भए पूँजी थपिदिने, सीप नपुग भए सीप सिकाउने र प्रोजेक्ट प्लान बनाइदिने संस्थाहरु छन् नेपालमा । तर, अधिकांश बिदेशमा काम गरिरहेका नेपालीहरु नेपाल आउनुहुन्छ, कमाएको दुई चार पैसा, बिलासी बस्तुहरुमा खर्च गर्नुहुन्छ । गाउँघर हेर्‍यो, कोही पनि आफ्नो उमेरका मान्छे भेट्नुहुन्न । अनि फेरि बिदेशतिरै लाग्नुहुन्छ ।

नेपालमै छ सम्भावना

नेपालमा अहिले पनि प्रशस्त सम्भावना भएका क्षेत्रहरु छन् । त्यस्ता क्षेत्रमा काम गर्दा आफु उद्यमी बन्ने र अन्य दर्जनौंलाई रोजगारी दिने सम्भावना रहन्छ । मेरो लामो बैंकिङ करियरको अनुभवमा धेरै त्यस्ता नेपालीहरु देखेको छु, जसले विदेशमा पसीना बगाएर केही पूँजी ल्याउनुभएको छ, त्यहाँ काम गर्दा केही सीप सिक्नुभएको छ र नेपालमा आएर त्यसको लगानी गर्नुभएको छ । उहाँहरु केही बर्षको अन्तरालमै लखपति भएको देखेको छु ।

हाम्रै बैंकले लगानी गरेको एक परियोजनाको कुरा गर्न चाहान्छु । रामबहादुर चौधरी नामक एक सुकुम्बासीले अहिले केरा खेती गरेर बाषिर्क करिव १० लाख रुपैयाँ कमाउनुहुन्छ । लामो समयसम्म बिदेशमा गाडी चलाउनुभएका चौधरीसँग सम्पत्तिको नाममा केही पनि थिएन । मेगा बैंकले केही रकम लगानी गरिदियो, उहाँले केरा खेती थाल्नुभयो । ८ बिघा जमीनमा केरा खेती गरिरहनुभएको छ, १८- २० जनालाई रोजगारी पनि दिनुभएको छ । केराकै थामबाट कागज उत्पादन गर्ने फ्याक्ट्री पनि उहाँले स्थापना गर्दै हुनुुहुन्छ । यो एउटा उदाहरण मात्र हो, यस्ता दशौं लाख उदाहरण नेपालमा बनाउन सकिन्छ ।

अहिले पनि करिव १५ लाखभन्दा बढी नेपालीहरु खाडी मुलुकमा काम गरिरहनुभएको छ । उहाँहरु नेपाल फर्किएर काम गर्नुभयो भने रामबहादुर चौधरी बन्ने सम्भावना प्रवल छ । केवल त्यसका लागि योजना र इच्छाशक्तिमात्र चाहिन्छ । नेपालमा अहिले पनि बाषिर्क १५ अर्ब रुपैयाँको मासु विदेशबाट आयात हुन्छ । त्यति नै रकम तरकारीका लागि विदेशिइरहेको छ । पर्यटनेको क्षेत्रमा त्यतिकै सम्भावना छ । यी क्षेत्रमा लगानी गर्नुभयो भने तपाईले पक्कै पनि नेपालमै सुन फलाउन सक्नुहुन्छ ।

देशमै केही गर्नेहरुलाई टिप्स

नेपालमै केही गर्ने अठोट लिएर तपाई स्वदेश र्फकदै हुनुहुन्छ भने म तपाईहरुलाई केही टिप्स दिन चाहान्छु ।

पहिलो, तपाई कस्तो ठाउँमा बस्नुहुन्छ ? तपाई बस्ने गाउँघरमा के खेती हुन्छ, के सम्भावना छ ? तपाईको सुन्तला खेती हुन्छ कि, स्याउ खेती हुन्छ कि, च्याउ खेती हुन्छ कि, तराईमा हो भने केरा खेती हुन्छ कि ? त्यस बारे सोच्नुहोस् ।

दोस्रो, उद्यम गर्नका लागि आफ्नो गाउँघरका मन मिल्ने साथीभाइको समूह बनाउने प्रयत्न गर्नुहोस् । विदेशमा रहँदै यस्तो योजना बनाउनुभयो भने तपाईलाई नेपालमा आएर पूँजी र समूह बनाउन धेरै भौंतारिइरहनु पर्दैन ।

तेस्रो, नेपाल फर्किएपछि आफुले काम गर्न चाहेको क्षेत्रमा सम्भाब्यता अध्ययन गर्दै पूँजी र प्रविधिबारे तयारी थाल्नुहोस् । यदि समूह बनाउँदा पनि पूँजी पुग्दैन भने लघु वित्त क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थासम्म पुग्नुहोस् । मेगा बैंकजस्ता ठूला बैंकहरुले पनि अहिले साना तथा मझौला उद्योग र फार्महरुमा लगानी बढाइरहेका छन् । उनीहरुसमक्ष पुगेर आफ्नो योजना सुनाउनुहोस् र नपुग रकम ऋण लिनुहोस् ।

चौथो, तपाईले सुरु गर्न लागेको व्यवसायका लागि प्राविधिक सीप जरुरी हुन्छ । यदि तपाई व्यवसायिक खेती, पशुपालनलगायतका काम गर्न थाल्दै हुनुहुन्छ भने तपाईलाई तालिम दिने संस्थाहरु छन् । हेल्भेटास लगायतका संस्थाले तपाईलाई कसरी खेती गर्ने, नोक्सान हुन नदिन कसरी संविधान अपनाउने लगायतका बिषयमा तालिम दिनेछन् ।

मुनाफा कमाउन सकिने पाँच क्षेत्र

तपाईले के काम गर्ने ? केमा लगानी गर्दा मुनाफा कमाउन सकिन्छ ? खासगरी तपाईले नेपालमा पाँचवटा क्षेत्रमा लगानी गर्नुभयो राम्रो मुनाफा कमाउन सकिन्छ ।नम्बर एक, पशुपालन ः नेपालमा बाषिर्क १५ वर्षको मासु आयात हुन्छ । तपाईले व्यवसायिक ढंगले बाख्रा तथा खसीपालन, बंगुर पालन वा कुखुरा पालन गर्नुभयो भने नेपालमा राम्रो सम्भावना छ । गाउँघरमा काम गर्ने जनशक्ति नहुँदा धेरै उर्बरभूमि बाँझो हुँदै गएको छ, त्यस्ता ठाउँमा बाख्रापालनको काम थाल्नुभयो भने कम पैसामा जग्गा पाउनुहुनेछ र नाफा कमाउने सम्भावना पनि उच्च हुनेछ ।

दोस्रो, नगदे बालीः अब परम्परागत ढंगले धान, मकै, कोदो वा फापर खेती गरेर नाफा कमाउन सकिन्न । तपाईहरुले विदेशमा पनि नगदेबालीको क्षेत्रमा काम गर्नुभएको होला वा देख्नुभएको होला । अब तपाईहरुले व्यवसायीक खेतीलाई प्राथमिकता दिनुपर्छ । जस्तो तरकारी, जडिबुटी, सुन्तला, चिया, केरा तथा कफीलगायतका नगदे बालीमा लगानी गर्नुभयो भने तपाईले नाफा कमाउने प्रसस्त सम्भावना रहन्छ । अहिले पनि बिदेशबाट फर्किने धेरैले पशुपालन र व्यवसायिक खेती गरिरहनुभएको छ ।

तेस्रो दूधजन्य उद्योगः नेपालमा अहिले पनि दूधको अभाव छ । उन्नत जातका गाई तथा भंैसी पालन गरेर दूध उत्पादन गर्ने आफैंले सहकारीमार्फत् त्यसलाई बजारमा पुर्‍याउने गर्न सकियो भने सबैभन्दा राम्रो मुनाफा कमाउन सकिन्छ ।

चौथो, मर्मतसम्भार तथा निर्माण क्षेत्रः जस्तो नेपालमा अहिले पनि मर्मतजन्य प्राविधिक जनशक्ति छिमेकी मुलुक भारतबाटै आइरहेको छ । पलम्बर, इलेक्टि्रसियन, कपाल काट्नेलगायतका साना भनिएका काममा तपाईले लगानी गर्नुभयो भने धेरै मुनाफा कमाउन सकिन्छ । किनकि तपाईलाई थाहा भइसक्यो कि संसारमा कुनै पनि काम सानो छैन । विदेशमा तिनै साना भनिएका काम गरेको वा अरुले गरेको देखेको हुनाले पनि तपाई नै यस्ता साना भनिएका काममा लगानी गरेर उच्च मुनाफा कमाउन सक्ने सम्भावित व्यक्ति हुनुहुन्छ ।

पाँचौ, पर्यटन क्षेत्रः पर्यटन भन्नासाथ ठूला ठूला होटल र रिसोर्ट सम्झनु पर्दैन । तपाईले दुई लाख कमाउनुभएको छ र बैंकबाट अर्को दुई लाख ऋण लिएर ट्रेकिङ रुटमा चिया पसल खोल्नुभयो भने पनि राम्रो मुनाफा कमाउन सकिन्छ । अहिले त होम स्टेको राम्रो बजार छ, अलिक धेरै पैसा छ भने साना लज तथा रेष्टुरेण्टहरु पनि खोल्न सक्नुहुन्छ । पर्यटन क्षेत्रमा अहिले साँच्चिकै राम्रो सम्भावना छ ।

जुनसुकै परियोजना सुरु गर्नुअघि मैले के गर्दै छु, त्यो ठाउँमा आफुले गर्न खोजेको काम सफल हुन्छ हुँदैन, उत्पादन भइसकेपछि बजारमा खपत हुनसक्छ वा सक्दैन र अन्तिममा त्यसबारे आफ्नो सीप छ कि छैन भन्ने कुरामा हेक्का राख्नुपर्छ ।

सानो हुँदैन काम

विदेशमा तपाईले सीप सिकेर फर्किनुभएको छ र नेपालमा पनि त्यही रोजगार पाउँछु कि भन्ने ठान्नुहुन्छ त्यो चाहिँ त्यति सुरक्षित देख्दिँन । नेपालमा उत्पादन क्षेत्र चौपट भइसकेको छ । पर्यटन र निर्माण क्षेत्रमा काम गरेकाहरुले नेपालमा पनि रोजगारी पाउने सम्भावना अलिअलि देखिन्छ । तर, बिदेशबाट फर्किनेले नेपालमा रोजगारीभन्दा पनि स्वउद्यमलाई प्राथमिकता दिनुपर्छ । आफैंले केही गर्नुपर्छ ।

नेपालीले बाहिर गएर काम के हो भन्ने सिक्छ । मैले पनि अमेरिकामा भुईं पुछ्ने काम गरेँ, त्यसपछि थाहा पाएँ मैले कामको सम्मान भनेको के हो ? कामको सम्मान गर्ने संस्कार हरेक विदेश गएको नेपालीले सिक्छ । त्यो नै नेपालको आर्थिक सम्वृद्धिका लागि सबैभन्दा ठूलो उपलब्धि हो । नेपालमा अझै पनि छि भन्ने शीर्षकमा धेरैथरि कामहरु छन् । त्यही काम विदेशमा गर्दा सानो नहुने, नेपालमा गर्दा किन सानो हुने ?

तपाईले विदेशमा जे सिक्नुहुन्छ, त्यो सँगसँगै बोकेर आउनुस्, प्लेन चढ्नुअघि एयरपोर्टमै नछाड्नुस् । यदि कामको सम्मानको संस्कार र सीपसहित तपाई नेपाल फर्किएर काम गर्नुहुन्न, तबसम्म तपाईको परिवार पनि खुसी हुन सक्दैन र समाजले पनि केही पाउन सक्दैन । चाहे रेमिट्यान्समा जतिसुकै वृद्धि होस् । नेपाल बन्ने ठूलो कुराले हैन, सानो कामले हो । नेपाली दाजुभाइहरुमाथि मेरो पूर्ण विश्वास छ । नेपाली अल्छि छैनन्, खाली अवसर नपाएको मात्र हो ।

कमाएर मात्रै हुँदैन, बचाउनु पर्छ

म एउटा महत्वपूर्ण कुरा सेयर गर्न चाहान्छु । तपाईले जबसम्म बचत गर्ने संस्कार बसाउनुहुन्न, आफंै र आफ्नो परिवारलाई आर्थिक अनुशासनमा राख्नुुहन्न, तबसम्म तपाईले जति पैसा कमाए पनि त्यसले सुख दिन सक्दैन । त्यसैले तपाई विदेश जाँदै हुनुहुन्छ वा अहिले विदेशमा हुनुहुन्छ भने नेपालका बैंकहरुमा बचत खाता खोल्नुहोस् । विदेशबाट पठाएको रकम त्यही बैंकमा जम्मा गर्नुहोस् र आफ्नो परिवारलाई चाहिने रकम अडकलेर मात्र दिनुहोस् । साथमा पैसा भयो भने तपाईको परिवारको पनि मन ठूलो हुन्छ, सापटी दिन थाल्छन्, विलासी वस्तुहरुको चाहना बढ्दै जान्छ, नेपाल फर्किदा तपाई आर्थिक हिसाबले उस्तै रहनुहुन्छ, जस्तो विदेश जानु पहिले हुनुहुन्थ्यो ।

कतिपय अवस्थामा आफ्नै श्रीमतीले पैसा दुरुपयोग गरेर अर्कैसँग भागेका समाचारहरु पनि मिडियामा आइरहेको देख्छु । बैंकमा खाता खोलेर पैसा राख्नुभयो भने सुरक्षित त हुन्छ नै, भोलि फर्केर आउँदा त्यही बैंकले तपाईलाई बिना झण्झट तपाईले सुरु गर्न लागेको परियोजनामा लगानी पनि गरिदिन्छ ।

हामीले थालेको प्रयास

हालै हामीले प्रवासी नेपाली संगठनसँग सहकार्य गरेका छौं । मुख्य कुरा हामीले तालिमकै लागि सहकार्य गरेका हौँ । मेगा माइक्रो र मेगा एसएमईले तपाईका लागि लगानी गरिदिन सक्छ, यदि तपाईसँग कुनै धितो छ भने धेरै ऋण पाउनुहुन्छ, हामी लिदैनौं भन्दैनौं । अलि कम ब्याज पर्छ होला । तर, धितो नभए पनि हामी ऋण दिदैनौं भन्दैनौं । उहाँहरुले जे गर्नुहुन्छ त्यही परियोजना धितो हुन्छ । काम उहाँहरुले गर्ने हो, हामीले लगानी गरिदिने हो । मेगाले अहिले त्यस्तो क्षेत्रमा झण्डै ४० करोड रुपैयाँ लगानी गरिसकेको छौं एक बर्षभित्र । ५ हजारभन्दा बढी ग्राहक वा प्रोजेक्टमा लगानी गरेका छौं ।

81 Comments on “बिदेशबाट फर्केर देशमै केही गर्नेहरुका लागि”
  • krishna jirel wrote on 20 January, 2013, 9:08

    It’s great n good job broda….
    I salute u n all da mega bank’s family..
    Try 2 keep it up 4ever.coz it’s 101% good
    for everyone.

    Well-loved. Like or Dislike: Thumb up 70 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Chudamani dahal -Doha-Qatar Reply:

    really ma pani auta parbas ma nokari garni nokar ho yasta kura maro pani dimak ma ayako6 sayad ma to baybasaya ma safal hunxu hola

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    ishwor neupane Reply:

    ramero kura ho sagasation denu vayako ma dherai dherai thanks

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    लक्ष्मीधर पढ्या Reply:

    म पनि यस क्षेत्रमा अथवा नेपालको कुनै पनि सानो लगानीमा ब्यबसाय गर्न चाहन्छु मलाई बिदेसमा बसेर आर्काको चाकरी गर्न मन छैन अनि नेपालमा यस्ता कुरा गरेर आफ्नो भकारी भर्ने धेरै छन् यसमा पनि मलाई केहि संका लाग्छ नेपालमा लगानी गर्ने बाताबरण भय बिदेसमा बसेर स्वदेस बिर्सने थियानौ

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रकाश के.सी. wrote on 20 January, 2013, 9:13

    यसमा मेरो मत १००/ राम्रो भन्नेमा जान्छ…..किनकि यस्तो टिप्स हामी जस्तो प्रवासी युवा हरुलाई धेरै खाचो भको म महसुस गर्छु …………..मेरो घर चितवन भण्डारा पिप्ले हो ……….केलेज जीवन मा म विदेसिय ४ साल भयो///// घर फर्कने सोचमा छु …………पहिला पनि मैले सिन्के चाउचाउ लघु उघम१५ महिना चालको छु ……पछि देसको वातावरण अनि कम् पुजी र पहिलो पल्टको काम भयर घाटामा गयर वन्द गरे ……………अहिले मसंग थोरै पुजी पनि छ ….श्रीगार को सप्लाई पनि इंडिया हुदै केहि समय गरेको अनुभब छ …..मार्केटिंग पनि गरेको छु ….बि .बि .एस पहिलो वर्स सम्म पढेको छु …..घरमा अन्य आय स्रोत छैन …..जग्गा जमिन पनि छैन ………..तरम नेपालमै केहि गर्न चाहन्छु …….वुडी भाको आमा को साथ मा रहेर स्वोदेस्मै केहि गर्न चाहन्छु ???यो अवस्तामा मा जस्तो युवा कसरि अगी वददा राम्रो हुन्छ ???????///////////कृपया उचित सुझाव दियमा आभारी हुने थिय////////////धन्यवाद

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    PaWaN Reply:

    sathi ma tapai ko kura sunera reply garna man lagyo tapai piple ko basinda piple ko bhitri side ma jamin jati pani chha tayaha tapaile be mausami kheti garnus ani 2-4 oota gai palan wa bakhra palnus tapai ko aamdani bidesh ko bhanda ramro hunchha

    Like or Dislike: Thumb up 17 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    arjun Reply:

    sathi tapaiko sochai derai ramro x. mero bichar ma tapai sang vako skill lai upayog garda tikhunx jasto lagyo.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nabish Thapa wrote on 20 January, 2013, 9:38

    I agree with Anil shah’s word & hope i’ll do so in coming days.finally thanks for good suggestion!

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सीताराम फुयाल wrote on 20 January, 2013, 9:39

    भन्न त सजीलो छ, अनिल जी । विदेश बाट दुःख गरेर कमाएको पैसाले एउटा सोझो नेपालीले सानो रेष्टुरेन्ट खोल्लारे । अहिलेको देशको अवस्था अनुसार त उसले झिंगा धपाएर बस्ने बाहेक केही काम हुदैन । मेरो मतलब पहिला देशको राजनैतिक स्थिती सामान्य हुनुपर्यो र लगानीको वातावरण सहज भएपश्चात मात्र लगानी सम्भव छ । नत्र बालुवामा पानी ।

    Like or Dislike: Thumb up 14 Thumb down 32

    [जवाफ फर्काउनुहोस्]

    sabin bhandari Reply:

    rajniti lai matra kati dosh dine yo dhunga,mato,pani ani pahadle baneko desh bata kehi khojnu bhanda afu le kehi garnu thik ho ani bhanna matra sajilo cha haina pahila sabai ramro sanga padnus ani positive gyan linus yasto hareko manasthiti le kehi garna sakinna

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    सीताराम फुयाल Reply:

    साथी हामी सैद्दान्तिक कुरा मात्र गर्ने मान्छे होइन । पहिला काम गरिसकेपछि कुरा गर्ने मान्छे हो । नपत्याय यो लिंकमा भिजिट गर्नुहोस ।

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    sarfaraj Reply:

    sauta jee tapaile bhaneko kura ekdum sahi ho…..ra yo sabaile bujheko pani ho ,ke jaba samma nepali rajneeti sudhridaina tabasamma kunai pani chhetra ma lagani lagaunu murkhata ho…….!!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • chiran wrote on 20 January, 2013, 9:40

    it’s really good daju,,, i salute maga bank’s family….!!!

    Like or Dislike: Thumb up 7 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • jamin rai wrote on 20 January, 2013, 9:54

    ma pani her6u

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • jamin rai wrote on 20 January, 2013, 9:54

    sochchhu

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • devi wrote on 20 January, 2013, 9:55

    valehi deshka neta lai desh ko bikash aarthik unati aafnai desh ko janasakti aafnai deshma lagayera deshmai aayo mulak rojgar dina sakin6 vanne gyan na vaye pani aafna deshma dasvakti swach uchha bichar vayeka bidwan dekhta garba lag6.15 lakh bideshimaddema ma pani 1 hu bideshinu rahar hoina halat ko kada chunaouti ho.nepali al6i 6ainan matra abasar na payeka hun vanne kura 100% satya 6 yesma 2 mat 6aina.maile bujhe anusar sabai bidesh yehi soch6n kasari nepal mai basne bebastha garne kasaiko aat varosh na huda kunai abasar na pauda pheri nyauro mukh lagayera airport janu par6 valehi airport ma dekhine nepali kamdar hasila dekhin6n tiyo kebal 1 adambar matra ho.jaba samma jibiko parjan garne full confident hudaina dill dekhi khulera hasna sakdaina.bidesh bata pharkiyeka nepali lai aba k garne ta vanera purba yojana dekhaidine 1 parsik6n ko khacho6.mr anil shaha jee lai vitri aatma dekhi nai many thanks vanna chahan6u.garib dukhi ko sahara banna le man6e na chahada na chadai pani great banin6 yesko lak6en hajur ma pura pura 6.poile hajur sangan sambandit rajnitik kura uthekothiyo tara asali rajnitik yehi ho.mega bank jindawat rahosh.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ashish wrote on 20 January, 2013, 10:45

    tapai haru mukh le matra thikka parnu huncha hami jasto master degree hat ma vaeka yuwa haru aafnai kei bebasae suru garna paryo hamilai 1,2 lakh lagani gardinus vanda kheri dhito leraunus natra miladaina vannu huncha ane k tyo dhito pani feri kathmandu mai ghar aathawa jagga chaiene re….ktm valley vanda bahire ko ta kunai value nai chaina….ane tyo mero master degree chai kun dhito vanda kam cha ra teslai dhito dinna namilnne….yetua manche ko lagi aadha jivan tei master degree garna ko lagi jancha….tesko kunai valu chaina….ane tapai jasta manche haru chai kei garau vanne haina thulo thau ma pugepachi aarti aupedesh matra dinna jannu vako cha…..

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    DB GURUNG Reply:

    ASHISH G KO KURA YAKDAM RIGHT HO.BAINK HARU LE DHITO KO SATHAI INTEREST PANI CHARKO CHHA.TYAS KO ALAWA GROUP RE K KO GROUP NEPAL MA AAPHUNAI TA KHI GARENTY CHHAI NA ARU KO K GARENTY U CHAHI BISWASILO CHHA BHANE RA.HO HAAMI HAMI MA MAN MILNE HO BHANE YASTA BAINK KO BHAR MA BACHNU PARDAI NA BHANNE MALAI LAG CHHA.YADI ANIL G KO BHANAI BAT NAI K BUJINCHHA BHANE BIDESH BASEKA LAI BHANE KO CHHA.NEPAL BATA AAUNE LAI ROKNUS NA SAKNU HUNCHHA BHANE.LE BAT NAI K BUJINCHHA BHANE HAMI BIDESH BASNE SAGA TA PAKKAI PANI ALI ALI PAISA CHHA BHANNE RA NAI YASTA MITHO LEKHA LEKHNU BHAYA KO HOLA.YADI HAMI LAI NAI BHANNU KO MATLAB KIN NI?K NEPAL KO YUWA SAKTI SABAI BIDESH NA MATRA CHHA RA?NEPAL MA PANI KATI SATHIHARU LAGANI GARNA NASAKE RA YATA JAAU KI UTA JAU KO ABASTA MA CHHA.

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • shiva dhital wrote on 20 January, 2013, 10:48

    good idea

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bharat portugal wrote on 20 January, 2013, 10:53

    anil sir nepali bank bata dhito narakhi? dhito rakhera bhaye ni bank le loan sajilo deko bhaye maile bidesh aaune nai thiyena ni.

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Yubaraj Rai wrote on 20 January, 2013, 11:09

    I LIKE IT ACTUALLY THIS VISION IS GREAT WE SHOULD CONVERT IN HARD WORK.

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • nari chand wrote on 20 January, 2013, 11:13

    it’great.many’many thanks.sir

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dip gurung wrote on 20 January, 2013, 11:28

    yo sujab 100/ thik cha, sabaile sahakarya garera, aaphu ra aaphno desh nepal lai naya nepal banau,

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • umesh wrote on 20 January, 2013, 11:46

    Its the reality…sabai bidesiyaka nepali jo nepal mai k hi gana chahanchan uni haru le padhnai parne lekh..

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bisu wrote on 20 January, 2013, 12:06

    dherai ramro lageyo

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    bijay kc Reply:

    its the reality anil sir

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    shanta aryal Reply:

    anil sir hajur ko kura akdamae ramro r shamae shandarbik 6 tara jati bolae ma vako 6 man6e ko bani ma bikas huna garo jhasto lag6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • RATNA wrote on 20 January, 2013, 12:28

    Great articale, thank you very much sir. Everybody need to think “What you can give it to nation not what nation give to you! work hard how you work in forein country, your success is waiting.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin jagari wrote on 20 January, 2013, 12:55

    I like your vision . I hope you will help ,who wants to do something like you say in this artical .I totally agree with your importent vision .Thnaks .

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nirmal wrote on 20 January, 2013, 13:22

    anil sirko maile pahila yeuta intervew here aja yo safaltako tips herera jhan khusi lagyo hajurko ta ma fan nai vayako chu aja bholi

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • LoveNepal wrote on 20 January, 2013, 13:51

    great message, great article, eye opener for young generation. sometimes i feel that leave the engineering job and go for PASHUPALAN.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ram C. Bhujel wrote on 20 January, 2013, 14:32

    Aniljee, You have forgotten Fish Farming which is emerging as profitable agri-business in Chitwan and several districts of Terai, and even in midhills..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Santosh wrote on 20 January, 2013, 15:12

    Oppurtunity pani cha ra tetikai chunauti pani cha main politics ra loadsedding ko
    Talika hatyo bhane anil sir ko kura ramro cha

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Man Bdr Rai wrote on 20 January, 2013, 15:41

    Great indeed. I will see you one day.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ram wrote on 20 January, 2013, 15:54

    its a very good motivate article. i m planning for the same. thanks alot for publishing such article.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gobind wrote on 20 January, 2013, 18:44

    huna ta ho sathi tara soche jasto hudina rahe6 .. maile pani aaja bhanda 5 barasha pahile…. yestai soch rakhera… nepal pahrke ko thi sathi… tara yo loadshading ra… ghar bhada wala sauji le garda…. nepal bhannee sabada le nai tenson hun6 ni bro….. Na ta Rule nai 6 tyo desh ma … na … kunai… nikaya jasle ramro nirnaya gar6…. forgot it all my friend …. be with …. abroad and hard work and pay Royalti.. for nothing .. and let them be happy let them do it … whatever they want … if any comment pls maile me as welll…………. Nepali bhyara janinu nai…. abhisahp ho bhanne hamlai laihirahe ko 6….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sumexa wrote on 20 January, 2013, 19:49

    Hajur sir, tapaile bhaneko kura sabai thikai xa tara yo sabai baybasai haru uchit thaaou ma hola dherai thou ma huna sakdaina kina na bijuli xa na motar bato yati bhaye bujnu hola k kura garnu nepal ko abstha bare jati gare pani raxayas haru matra xan bhayo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Tombale tamang wrote on 20 January, 2013, 23:40

    Hami bidhesiyaka nepali haruko lagi dherai ramro tips dinu bayakoma thanks…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hemraj nepal wrote on 21 January, 2013, 3:58

    what a feeling sir…..i become very happy after reading or listening the voice of the man like u….please keep on giving ideas to the needy people to change their economic status…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhajbir wrote on 21 January, 2013, 5:13

    Really good idea. thank

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramchandra Ranabhat wrote on 21 January, 2013, 6:02

    Anil sir
    Thanks for useful tips for us. I am working here in Afghanistan. After today I have done some commitment, I will not back again here in Afghanistan after this vacation. I am planning to do something in my country and looking for some idea like that which i got vie online today. Lets see one day i want to write my successful story on the same page. Other things will happened or not definitely I will start a small work in my country.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Manoj Khanal wrote on 21 January, 2013, 7:23

    nice articale thanku anil sir

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • baburam wrote on 21 January, 2013, 7:39

    owo great job malai yo lekh padhera dheri khusi lagyo ma bidesh bhye pani nepal ma aayera kehi garne aat diyeko chha thankyuo . yestai lekh haru padna paiyos

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • subash wrote on 21 January, 2013, 8:18

    i like the way how he talked and i respect his ideas. Mr. Anil whatever you are telling that is 100% true and very useful in everybody’s life. now i am in abroad but i want to invest some money in my country…but there is no any security for those people who really wants to do something in Nepal. without security how it’ll be possible..we earned very hardly this money..so we want good environment for business and government should think about it. if government will succeed for that i am sure all Nepalese will be back with invested money and they’ll start their own business in Nepal …..that is true.only then Nepal can take good position in world rank.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ananda wrote on 21 January, 2013, 10:17

    anil sir tapai ko vision posetive cha we are also planing to do some creative dings on this matter regarding tourisam sactor

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal rai wrote on 21 January, 2013, 10:19

    anil g ko kura sag 100% sahamat 6u, kam kunei pani sano hudeina bidesh ma kam ko samman hun6 vane aafno desh ma kin tei kam nagarne, but tyesh ko lago batabarn chaiyo jun kura nepal ma 6ain sano lagani garera kunei kam thalnu vayo bhane pani tyesma kunei na kunei sang sag abadha hunu paryo uaslai royalty bujhaunu paryo ani harek chadparb ma chanda dinu paryo harek party ra gau ko don vanauda haru lai, uniharu le ta bujdeina ki dukha kati ko 6 lagani kati ko faida kati ko 6 ani sano lagani bat aafu dhuka gareara aru lai nei khuwane bato samjhin6 ani feri arko country tir lag6, ek 2 jana le karodpati hunu vayo uslai lakha rupaiya dinu kei hoina, but 100 rupaiya kamaera hajar chanda dinu ta sakideina ni. any way good artical.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhupen Baniya wrote on 21 January, 2013, 10:49

    In order to be successful person in life one has to seek the advice of successful person. I really like how you expressed your worthful thought and experience through this article. As a citizen of Nepal, yes we do have a lot of prospectives in which we can get significant benefit to uplift the dimensions of our life. For that it is not necessarily require a big investment or big planning. what does matter is that determination and commitment is omnipotent. I will try to follow these things in my life. Infact i have already planned that i will start a new beginning when i return back. Thank you Anil. Thanks alot for giving this invaluable writing.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • depesh aacharaya wrote on 21 January, 2013, 12:34

    100 percent right ,its time to thing about nation n ourself

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kisan karki wrote on 21 January, 2013, 16:19

    malai yu kura sunera ekdam man pareyu aba ma chitai nepal aaudai 6u..kehe gar6u thnx dai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajan wrote on 21 January, 2013, 20:42

    Project nai dhito hune ho bhane 2/4 lakha kamauna bidesh janai paren ni Anil ji ko bhanai haru thikai pani chha tara Most bankingko fevarma chha.. euta chudhari ko exemple le kaha hunchha arko yadav paisa lutna janchha.. garo chha deshma.. anyway we try to follow some..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ilovemycountry wrote on 21 January, 2013, 20:46

    im 110% agreed with ur suggestion…thank u very much…only the thing which bothers me always is that what do people think about khadi and arabs ?? wat is different between working in gulf,europe ,us or australia……everybody is outside nepal so everybody are same for me..i dont know about others….the above articles should be addressed to all nepalese expatriate around world not only to gulf ones…

    thanks,namaste and salamwalikum

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Anonymous wrote on 21 January, 2013, 21:23

    padheko man6e paisa chhaina bhane chai k garne ni? pasu palan garera basne?

    opportunity huna paro ni padheko man6e lai pani, padhera ayo 1 year samma job napayera feri bideshinu pareko awagat nai hola hajur lai Anil jee.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • laxman dumre wrote on 21 January, 2013, 21:35

    it’s very important information for us.in my personal expraince- i’m gonna come in my lovely country to do something……..thanks so much to mega,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ishwor neupane wrote on 21 January, 2013, 22:43

    thanks all right

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sarfaraj wrote on 21 January, 2013, 22:52

    very good tips for upgrading the own resources.it’s not impossible but should dare to do so

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • begraj neupane wrote on 22 January, 2013, 2:02

    really you are the one of the tallent person in nepal.if some body can change nepalease people you will be the numer one.you can change nepal and nepalease face!in economic field. you are 100% right salute you sir!!!

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • गाउँले नेपाली wrote on 22 January, 2013, 4:16

    अनिलजीले निकै मिठो कुरा गर्नुभएछ । तर उहाको कुरा र बास्तविकता निकै भिन्न छ । नेपालका सवै बैंकहरु गाउंका साहु सामन्तभन्दा फरक छैनन । बरु साहु सामन्तले ब्यक्तिगत जमानीका आधारमा गाउठाउको मान्छे भनेर रिन दिन्छन तर तपाइहरुका बैकले धितो नभइ दिन्नन । त्यो धितो पनि शहरमा हुनुपर्ने, दश फिट बाटोले छोएको हुनुपर्ने केके हो केके । तपाईहरुको बैकिङ प्रणाली सुधार्नुस शाहजी । बै.कले ग्राहकलाई निकै दुख दिन्छन् । कुरामात्र मिठा गर्नुभयो भन्ने लाग्यो मलाई त । मेरो अनुभबबाट भनेको कुरा हो ।

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • aashish wrote on 22 January, 2013, 4:25

    yekdam thik vannu vayo gaule nepali jeu le…..mitho guff garna ta sajilo cha but reality ma yo sabbai bekar hun….aaja master degree hat ma vaeko manche khadi muluk ma gaera pasina bagauna badhya cha….ra ma pani tesaiko sanghar ma chu

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • सन्दीप अधिकारी, कतार wrote on 22 January, 2013, 4:27

    उत्पादन गरेरमात्र के गर्नु अनिल सर । तपाईले भनेजस्तो गाउंमा कहां छ र ? उत्पादन गर्‍यो, मूल्य छैन । हामीले एकमुठा सागेको २ रुपैया पाउदैनौं त्यही सागलाई उपभोक्ताले २० रुपैया तिर्नुपर्छ । जवसम्म बिचका दलाललाई नियन्त्रण गर्ने मेकानिजम सरकारले बनाउदैन तवसम्म किसानले नेपालमा कसरी नाफा कमाउन सक्छन ? बिदेशतिर किसान नै सवैभन्दा धनी हुन्छन, तर हाम्रोमा सवैभन्दा दुखी र गरिव किसान छन । गाउं सवै बााझिएको सत्य हो तर गाउंमा काम गर्ने जनशक्ति छैन । काम मात्र गर्न खोजेर के गर्नु ? अर्को कुरा हामीजस्ता युवा गाउामा बस्न खोज्यो संगत नै छैन् । तपाईले भनेअनुसार सानोतिनो काम हुनसक्दा पनि यस्तो संस्कृतिले बढवा पाउन करिव एक दशक लाग्न सक्छ ।
    मुख्य कुरा बजारीकरण्मा राज्यले आंखा चिम्लेको छ अनिल सर । हामीले खेती दलालले फाइदा लिने । उपभोक्ता पनि ठगिने हामी पनि ठगिने भयो । बल प्रयोग गरेर उनीहरुको आम्दानीमाथि नियन्त्रण नगरेसम्म कृषिले गरिखान सक्दैन अनिल सर । तपाईलाई के लाग्छ खै ।

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • A Banker wrote on 22 January, 2013, 8:17

    कागजमा लेखेर मात्र व्यवहारमा लागु हुदैन अनिल शाह जी / तपाई ले आफ्नो बैंकको बिज्ञापन मात्र गरे जस्तो लाग्यो / तपाई दिएको ऋण को ब्याज १-२ दिन मात्र बाकी भयो भने तपाईका कर्मचारी ३५ दिने सूचना लिएर कुनै अपराध गरेको मानिसलाई जस्तो व्यवहार गर्दै घर घरमा जान्छन / यो कुरालाई चाही कसरि हेर्नु भा छ नी ? देशको परिश्थिति कस्तो छ कम गर्ने बातावरण छ कि छैन भन्ने कुरा नेपालका बैंक चलाउने मानिसहरुले ले अहिले सम्म बुझ्न सकेका छैनन / उनीहरु ले खाली जोखिम बिश्लेषण मात्र गर्न जानेका छन् ? मलाई लाग्छ तपाई पनि त्यस मध्येनै एक जना हो/ अहिले यहाँ कागजमा अफ्नो प्रोदुच्त को बिज्ञापन गर्नु चाही उचित देखिएन/

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    sunita Reply:

    mero bichar taan ra man la kaam garyo vane ja pani huncha ma auta farmer ho now days iam stying in america but i already start my work in nepal …..really happen something different if you more work less talk if you dont believe try to see my work ……please iam not feels bad

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Janardan Reply:

    भाट, टट्टु र हनुमान भएर ठगेर खान पल्केकालाई राम्रा कुरा, सूझाब त किन राम्रा लागुन ??

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    subash Reply:

    Mr. Banker , Mr Anil Shah is an employee of a Public Bank and do u think it is unfair to collect interest on loan from the borrowers. He has to be responsible for the shareholders..And he would have no problem giving interest free loan to anyone provided all the shareholders and govt agree on that. but i really liked how Anil Shah balanced between promoting his bank’s name and social welfare. I totally appreciate how he did that. Deshko paristhiti bhanne kura bahana matra ho. Sabaile aafno thau bata kam gare Sarkarlai matra dosh dinu parne kurai chaina..do u rem that son “haatma kalam hune haru…”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Khanal wrote on 22 January, 2013, 10:51

    लेख पढून्जेल मजा आयो । पढिसकेपछि फेरि आफ्नो समस्या अनि विवशताले सताउन छाडेन । कुरा गर्‍यो कुरैको दु:ख !

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    sunita Reply:

    kaam garo vane j pani huncha ……kaam garnu paryo kaam …..hoina kura…. please dont angry

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • santosh khatri wrote on 22 January, 2013, 13:33

    Good news

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mohan Khadka wrote on 22 January, 2013, 18:36

    कता पैले/पैले एउटा गित सुनेको थियँ “कल्पनाको गगन मुस्कुराउने छन्द बनन.. कागजमा लेखेर यस्तो गरे यति नाफा हुन्छ ,यसो गरे उसो हुन्छ आदि इत्यादिको गफ जसले पनि दिन सक्छ , अर्ति उपदेश दिने तपाई साह जी जस्तको कमि नभई राखेको अबस्थामा …को मेला सिध्राको व्यापार भनेझै साह जी ले आफ्नो नुनको सोझो गर्दै , बैंकको बिज्ञापन गर्ने मेसो चाई राम्रै गर्नु भाहो ,तपाइले दिनु भएको टिप्सले कतै घाटा र अप्ठ्यारोमा पारेको देखिदैन ,”आँपको रुखमा केरा फलाउने “जस्ता तपाईहरुको योजनामा प्रबेश गर्नको लागि सबै भन्दा पहिले गाँउको साहु महाजन संग ऋण लिएर बैंकमा प्रबेश गर्नु पर्ने हुन्छ ,ऋण काडेर ऋण लिने सिलसिलामा धितो मुल्याकन देखि लियर धितो (दृस्टी बन्धक )बैंको नाममा पास गर्दाको अबस्था सम्मलाई कर्जा फाँटका कर्मचारी र सम्बन्धित कार्यलय प्रमुखलाई खुसि तुल्याउन ,ऋणको लागि ऋण लियको ,ऋणको ब्याजले टुप्पी काटी सकेको हुन्छ ,
    यस कारणले म यो भनि रहेको अबस्था सम्म बाणिज्य बैंकहरुको कर्जा प्रणाली सारै अब्यभारिक र भेद भावपूर्ण ढंगले चली रहेको छ भनेर किन भनि रहेको छु भने बैंकहरुमा कर्जा लिनजाने ग्रहक लाइ बैंकले दुइ खाले दृस्टी कोणले हेर्ने गरेको छ ,एक नेपाली मुलका नेपाली नागरिक र भारतीय मुलका नेपाली नागरिक ,बैंक हाकिमहरुको निम्ति भारतीय मुलका नेपाली नागरिक उत्तम र असल ठानिन छन् किनक यिनीहरुले धितो मुल्ल्यांकन गर्दा बैंकका सम्बन्धित कर्मचारीलाई खुसि तुल्याउनु पर्ने जतिलाइ खुसि तुल्याई एकलाख जति बजार दरभाउ रहेको धितोलाई दस लाख बराबरको धितो मुल्यांकन गरि गराई सोहि हाराहारीको कर्जा दिइन्छ र सो कर्जा लिने ब्यक्ति बैंको सम्पर्कमै रहदैन
    नेपालीमुलका नेपालीले लियको ,कर्जाको साँवा ब्याजको भुक्तानी म्याद एकदिन पनि काट्यो भने ब्याजको पनि ब्याज र कर्जा दुरुपयोग गरेको भन्दै ऋणीलाई अब्यभारिक ब्यबहार गरिदै ,बैंकलाई धितो दिएको घर जग्गा अलि महत्त्व पूर्ण र महँगो ठाउमा छ भनेत झन् बैंक र भूमाफियाको रयाल नीकलन थाल्छ र यी दुबैको मिलो मतोमा ,भाखा न ननाघ्दै सो धितो जग्गा लिलामीमा चढाउने प्रक्रिया सुरु गर्न खोज्छन ….. ,यी सबै झन्झटलाइ पार गर्न सके मत्रै साहजिको चमत्कारपूर्ण उपरोक्त टिप्सले कल्याण गर्ला … जयहोस ! !

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chandra maden aanchhan wrote on 23 January, 2013, 3:13

    अनिलजीको लेख ज्यादै प्रेरणादायक, सान्दर्भिक र आकर्षित लाग्यो ।तर पनि लेखाई, भनाई, र गराईमा चाहिं अलिक फरक पर्लाकी !!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sunita wrote on 23 January, 2013, 3:26

    i agree with you 200% iam aslo start farm i love agriculture and iam farmer wanna be farmer i dont like stay in here i mean in america …..i love my country nepal and i want do something over there

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Baniya Reply:

    Sunita ji America Basnoo hudo rahechha,Nepal aayera kakro ra golveda falaune bichar chha ki ke ho?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sunita wrote on 23 January, 2013, 3:35

    please sathi ho pojetive think lai ta tapai haru mannan garnu saknu huna vane …..you gys never success ful person in world ……

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanosathee wrote on 23 January, 2013, 4:40

    ANIL SIRKO KURAMA 100% AGREE 6U. YO KURA MAILE PANI MANAN GAREKO HO. MA PANI NEPAL FARKIYERA KEHI GARNE SOCH BANAYERA BASEKO6U.HERAU, ANIL SIR LE BHANE JHAI AAFNO ANUBHAV, SHIP ANI BAZAR KO AWASTHA HERERA KEHI BUSINESS GARNU PARLA. KUNAI PANI BUSINESS 100% CASH HAAT MA LIYERA GARIDAINA, LOAN, SAPATI YASTAI YASTAI NAI HO, BUT AAFUMA KAAM PRATI BISWAS, MEHANT HUNUPAR6. I AM APPRICIATED TO YOU ANIL SIR.. SALUT…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rupesh wrote on 23 January, 2013, 10:55

    jun kura lekhiyako cha teyo, ekdam 100% thik cha, ra jayag pani cha tara jasari Bank haru kuleka cha ani jasto pratisparda chaile rahe ko cha k sachi nai Bank haru le Yeuta Bastabik SME loan ko ladi focuse gareka chan ta? k ho SME kina yo product harek bank le lunch gare ka chan Biswa ko hare bank haru sanga yo product cha vandai ma luncha gare ko ho ya sachinai yestai yuba barga target gare ra luncha gareko ho tyo kura ko mahasus chai Bank haru le garnai parcha…… SME yeuta tyo Naam jun Naam le nai yesko Purna Roop Lai darsaucha: yeuta Sano Bewasayaharu lai hausala didai Medium Level samma pureune — ani Medium level ko business lai hausala didai thulo banaune — ani thula thula bewasaya haru lai euta dirghakalin roop dine kam ko SME….. tara yeha dherai jaso bank haru ma tyo samasya bujidine ko hi chaina… sab Regular income based loan ma lage ko chan… tara yeta income nabhaya ko tara puji vayaka haru ko lagi regular income hune batawaran malai lagcha kunai bank le dina sake ko chaina. tara Pani Megha Bank ko jun Slogan cha “Hallo Dekhi Hydro Samma” yeslai vane harek Nepali Daju Vai le wait garnai parcha huna sakacha yesta Sabi kura ko samadhan euta Nepali Bank bata huncha…. jun bank ho Mega Bank Ltd.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • santosh mallik wrote on 23 January, 2013, 13:35

    anil sir tapai le bhane jasto chaina nepal ma gari khana lai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • श्याम wrote on 23 January, 2013, 14:40

    अनिल शाह ज्यु को लेखाइ प्रति मा पूर्ण सहमत छु तर के गर्ने बिडम्बना के छ भने मैले पनि एउटा कुनै सानोतिनो प्रोजेक्ट संचालन गर्ने र आफु लगायत केहीलाई रोजगार दिने भनेर कदम चाले जसको लागि म संग नगद त थिएन तर पनि मैले मेरो पुर्खौली सम्पति बैंकमा धितो राखेर बैंक जमानत को लागि निबेदन गरे तेस्मा के भयो भने केहि बित्तिय संस्थाहरुमा धाएँ धेरै ठाउबाट नकारात्मक जवाफ पाएपछि म कसैको सल्लाहमा एउटा सरकारी तबरबाट चलेको बित्तिय संस्थामा गएँ. जहाँ सुरुमा आफुलाई निकै राष्ट्रभक्त र इमान्दार प्रबन्धक को रुपमा प्रस्तुत भयो अनि अन्तिम दिन सम्म मलाइ झुलाई रह्यो जुन दिन मेरो विदेश को लागि उडान थियो त्यो दिन बिहान देखि येसो गर्ने उसो गर्ने भन्दै झुलाएर अन्तिम घडीमा आएर मा संग आबस्यकता भन्दा बढी घुस को माग भयो जुन कुरा मैले पहिले देखि गरम भन्दा बिभाग र माथिल्लो स्तरबाट पास हुनु परछ तेस्को लागि निबेदन गरेको छ भन्दै टारियो र अन्तिम दिन जब पैसाको कुरा भयो फटाफट मालपोत कार्यालय गएर त्यहाँ पनि पैसा नचडाय सम्म कम बनेन र मन ले नचाहदा नचाहदै र जुन कुरा को बिरोध गरेता पनि आखिर मेरो उडान को ३ घण्टा पहिले काम तमाम गरेर म उडान लिन समर्थ भए. अब त्यो बखत मैले नदिउ त मेरो सबै काम चौपट दिउ त आत्माले नमान्ने. नखाउ भने दिनभरी को सिकार खाउ भने कान्छा बाबुको अनुहार भने जस्तै गरेर दिनु बाध्य हुनु पर्यो. उडान तालिका केहि दिन पछाडी भएको भए पनि म धेरै निकाय हरुमा जाने थिएँ म संग समय अतिनै कम भएको कारण मैले आत्मालाई मारेर उक्त कथित राष्ट्रबादी प्रबन्धक लाइ घुस खुवाउनु पर्यो. अर्को कुरा नेपालमा कुनै पनि एउटा बैंक मा खाता खोल्न को लागि अर्को खातावालले प्रमाणित गर्नु पर्ने जुन प्रचलन छ त्यो एकदम सरासर गलत छ किनकि मैले धेरै बैंकहरुमा खाता खोल्न कोसिस गरे कतिपय बैंकमा त फारम भरेर फोटो टासेर पनि तयार गरेको थिए तर अन्तमा च्यात्नु पर्यो किनकि त्यहाँ मलाई चिन्ने मान्छे नभएको ले प्रमाणित गराउन सकिन. सोर्स फोर्सकै आधारमा गर्न चाहेको भए पनि गर्न सक्ने थिए तर एउटा जाबो खाता खोल्न कोलागि भनसुन र नाताबाद कृपाबादमा लाग्न थाले भने मेरो एउटा स्वभिमान पनि गिर्ने भयो जब कि मा एउटा नेपाली नागरिक ले नेपाल को कुनै बैंकमा खाता खोल्नको लागि अनाबस्यक दुख दिईन्छ भने कसले उठाउने जोखिम ? को चाहन्छ कि नदुखेको टाउको डोरीले कसेर दुखाउन ? यो कसको कमजोरी हो ? सरकार ? राजनीतिक दल ? जनता ? या बित्तिय संस्था? एउटा नेपालीको आफ्नो नागरिकताको प्रमाणपत्र , परिचय -पत्र आफ्नो देश भित्रै परिचय गराउन सक्दैन र उक्त परिचय पत्र पर्याप्त हुन्न भने नेपाली नागरिकताको प्रमाणपत्र या कुनै एउटा परिचयपत्र को औचित्य के रह्यो ? यदि अनिल सर यस्ता कुराहरुमा अलिकति ध्यान दिएर र सुलभ तरिकाबाट हाम्रो कामहरु हन्छ अनि निर्दिस्ट समय भित्र कामहरु हुन्छ, अनाबस्यक प्रसासनिक झमेलाहरुमा अल्झिन पर्दैन भने धेरै बिदेसियका नेपालीहरु नेपालमा सानो ठुलो लगानी गर्न इच्छुक छन्, म पनि अझै एउटा आफ्नो अध्ययन र अनुभव (टेक्नोलोजी) क्षेत्र अनुसार को योजनामा लगानी गर्न तयार छु.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bibek bhattarai wrote on 23 January, 2013, 15:53

    वहाँको कुरा सहि छ। म सँग पनि एउटा योजना छ जुन अहिले सम्मा नेपाल मा कुनै उध्यमी वा राजनीतिग्य ले गरेको मैले सुनेको छैन। यो योजना मा बिदेस बाट पैसा लिएर आएका सबैलाई सामेल गराउन सकिन्छ जस्मा बैंक हरुको ठुलो हात हुन्छ र सबै भन्दा मुख्य कुरा पैसा को सदुपयोग १०० हुने पक्का छ। अहिले मैले त्यो लेखे भने कसैले मेरो कुराको अनर्थ लगाइ दिन सक्छ। यो कुरा कुनै banker ले सुन्न चाहनु हुन्छ भने म भन्न तयार छु।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ruk Sharma wrote on 23 January, 2013, 16:26

    Good suggestion I am 100% agree with your article. Thanks

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • khagendra wrote on 24 January, 2013, 5:11

    अनिल जीको लेख राम्रो र प्रेरणादायी छ तर बैकका आफनै समस्या अनि ग्राहकका आफ्नै छन । योजनामा सामुिहक जमानी मा लगानी गरने अनि उत्पादनको बजार व्यवस्था सहज गराउने हो भने केहि त हुन्छ नत्र गफ मात्र होला

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chij bk wrote on 2 February, 2013, 14:26

    right,pls give me ur adress.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kusum ßist wrote on 25 February, 2013, 14:31

    Good informisan

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bimal Tamang - UAE wrote on 26 May, 2013, 9:41

    Tirkhayeko pyasi lai samundra nai sumpidyeko jasto mahasus bhayeko chha malai. Tapai lai mero 10 aula jodi sewa dhog chha. Nepal ma thula thula bhanauda neta haru bhasan mai simit rahe, thula thula udhami haru afno duna sojhyauna matrai simit rahe tra ANIL Shaha jyu tapaima afu matrai khau aafu matrai lagau bhanne bhabana rahena chha, hami jasto pardesh ma 2-4 paisa kamayera aba nepal gayera ke garne hola bhaenra bhautari rayeko belama, yesto suggestion / advice paunu bhaneko tapai hami sabai pardeshiharuko idol ho. my ro millions time salute chha tapailai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु