यदि कसैले चियाको निम्तो दियो भने हामी आफूलाई सम्मान दिएको ठान्छौं । तर, चीनमा चिया पिउन निम्तो आउनुको अर्थ अली फरक छ ।
चीनमा पिया पिउन बोलाउनुको अर्थ सरकारी निम्तो हुन्छ, जुन निकै कठिन हुन्छ । भयो के भने ताइवानका कलाकार यी नेंगजिंगले केही दिन अघि चिनियाँ समाजिक सञ्जालमा सन्देश लेखे-अब मलाई चिया पिउन जानु छ । आश छ, चिया राम्रो हुनेछ ।’ उनका ६० लाखभन्दा बढी फलोअरले सम्झिए कि उनी कुनै समस्यामा छन् ।
चीनमा चिया पिउन बोलाउनुको अर्थ हुन्छ, सोधपुछका लागि पुलिसको बोलाबट । पुलिसले चियाका लागि बोलाउनु अघि नेंगजिंगले चिनियाँ पत्रिका द सर्दन साप्ताहिकको सर्मथनमा सामाजिक संजालमा लेखेका थिए । यो त्यही पत्रिका हो, जसका कर्मचारीहरु सेन्शरशिपको विरोधमा हड्तालमा उत्रिएका थिए । यस्तो चीनमा निकै कम हुन्छ ।
नेंगजिंगले लेखेका थिए-’तिम्रो रिसले मलाई आफू सहि भएको महशुस गराएको छ । ढाकछोपको यो प्रयासले मलाई म न्यायको साथमा रहेको भान गराएको छ । तिम्रो पागलपन मलाई सामान्य भएको महशुस गराउँछ । मर्ने-मार्ने तिम्रो नीतिले म जिउँदो छु भन्ने महशुस गराउँछ ।’ सामाजिक संजालमा यस्तो टिप्पणी लेखेपछि नेंगजिंगलाई प्रहरीले चियाको निम्तो दिएको बीबीसीले जनाएको छ । हाई प्रोफाइलका हस्तीहरुलाई चियाका लागि बोलाइएको यो पहिलो पटक भने हैन । गुगलका पूर्व उप सीईओले इन्टरनेटमा लेखेका थिए-’चिया निकै कडा थियो ।’ रियल स्टेट गुरु रेन जचियांगले पनि लेखेका थिए-’आधीरातमा फोन आयो, चियाको निम्तो थियो ।’
चियाको निम्तो चीनमा जो सुकैले पाउन सक्छन् । चीयाको निम्तो दिन पुलिसले फोन गर्छ वा तपाईको घरमा नै आउन पनि सक्छ । चीनमा प्रहरीले गर्ने सोधपुछ कयौं घण्टासम्म चल्नसक्छ, त्यस क्रममा चिया खुवाउने-नखुवाउने कुनै ग्यारेन्टी छैन ।
khabar sunda naulo lagyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kasto ulto shabyata..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]