अर्थतन्त्रमा कृषि बैँकको महत्वपूर्ण योगदान : अर्थमन्त्री पुन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अर्थतन्त्रमा कृषि बैँकको महत्वपूर्ण योगदान : अर्थमन्त्री पुन

७ माघ, काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले कृषि विकास बैंकले नेपालको अर्थतन्त्रमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले कृषि विकास बैँकले गरिवि निवारण र विपन्न वर्गको उत्थानका लागि सरकारले लिएको नीतिलाई कार्यन्वयनमा सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो ।

आइतबार कृषि विकास बैंकको प्रधान कार्यालयमा आयोजित कृषि विकास बैँकको ४६ औँ वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उहाँले कृषि विकास बैंकले नवीनतम प्रणाली लागु गर्नु पर्ने र कर्जा सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री पुनले विपन्न वर्गको आयस्तर र जीवनस्तरमाथि उठाउन कार्यक्रमलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले वित्तीय सेवाको सङ्ख्यात्मक विस्तार भए पनि गुणात्मक विस्तार हुन नसकेकाले त्यसतर्फ कृषि विकास बैँकले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रले जनताको आवश्यकतालाई अझै पूरा गर्न नसकेको उल्लेख गर्दै तराईका सीमा क्षेत्रका जिल्लामा वित्तीय सेवा पुर्‍याउन निर्देशन दिनुभयो ।

One Comment on “अर्थतन्त्रमा कृषि बैँकको महत्वपूर्ण योगदान : अर्थमन्त्री पुन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु