म्यानचेष्टर युनाइटेडलाई टोटनह्यामको धक्का :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

म्यानचेष्टर युनाइटेडलाई टोटनह्यामको धक्का

८ माघ, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर युनाइटेड टोटनह्यामसँग बराबरीमा रोकिएको छ । ड्याम्सीले अन्तिम मिनेटमा गरेको गोलको मदतमा युनाइटेडलाई १–१ गोलको बराबरीमा रोक्दै टोटनह्यामले अंक खोसेको हो ।

खेलको २५ औं मिनेटमा रोविनभानपर्सीको गोलबाट अग्रता लिएको युनाइटेडले त्यसलाई जोगाउन सकेन । बराबरीपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फुर्गसनले बायन रुनीलाई लडाउँदा पेनाल्टी नदिएको भन्दै लाइन्स म्यान सिमोनको चर्को आलोचना गरे ।

बराबरीपछि २३ खेलबाट ५६ अंक जोडेको म्यानचेष्ट युनाइटेड दोस्रो स्थानमा रहेको म्याचेष्टर सिटीभन्दा ५ अंकले अघि छ । टोटनह्याम ४१ अंकका साथ चोथौ स्थानमा छ ।

 

3 Comments on “म्यानचेष्टर युनाइटेडलाई टोटनह्यामको धक्का”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु