८ माघ, काठमणडौ । यामाहाको “लाइक माइ स्टाइल” क्याम्पेन अन्तर्गत दोस्रो लक्की ड्रमा विषेश आचार्य विजेता भएका छन् । यामाहाको फेसबुक पेज “लाइक” गरिएको आधारमा लाइक गर्नेहरुको हरेक १५/१५ दिनमा गोलाप्रथाद्वारा बिजेता छान्ने गरिएको हो । जसअन्तर्गत दोस्रो लक्की ड्रमा २० हजार ६ सय २७ जनाले लाइक गरेका थिए । यो अभियान पुस ५ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।
यामाहा नेपालले फेसबुक माध्यममा रहेर ल्याएको अभियान अन्तर्गत दुर्इ लाख रुपैयाँ नगद पुरस्कार जित्न सकिने छ । स्कीम अनुसार आफनो वा आफू साथीहरूसंग यामाहा R15, “Z-Series, “azer / SZ-Series मोडल मध्येका कुनैपनि एक बाइकमा रहेर स्टालिस फोटोहरू खिच्नुपर्नेछ जसलाई यामाहा नेपालको फेसबुक पेजमा राख्नुपर्ने हुनेछ । आफनो फोटोमा अत्याधिक लाइक पाउनुहुने मध्ये प्रथमले दुई लाख र दोश्रो हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सकिने छ ।