अब आफ्नै गहना जिमेलको पासवर्ड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब आफ्नै गहना जिमेलको पासवर्ड

आफ्नो जिमेल अकाउण्टको पासवर्ड बिर्सेर हैरान हुनेहरु धेरै हुन्छन् । यहीँ हैरानीलाई मध्यनजर गर्दै गुगलले अब जिमेलको पासवर्ड हटाउने तयारी गरेको छ ।गुगलले अहिलेको पासवर्ड प्रणालीलाई हटाउँदै जिमेल अकाउण्ट वालाको युएसबी कि, मोबाइल फोन तथा गहनालाई जिमेल अकाउण्ट खोल्ने भौतिक साँचोको रुपमा प्रयोग गर्न सकिने प्रविधिको सुरुवात गर्ने सोँच बनाएको हो ।

गुगलका सेक्युरिटी सम्बन्धी अनुसन्धानकर्ताहरुले यस प्रकारको साँचो प्रणालीका विषयमा गरेको अनुसन्धानको निष्कर्ष आउँदो महिना सार्वजनिक गर्नेछन् । अहिलेको पासवर्ड प्रणालीलाई परिवर्तन गरी आफुले लगाएको गहना लगायतका सामानबाट जिमेलको अकाउण्ट खोल्ने नयाँ प्रविधि सफल तथा कामयाबी हुने विश्वास अधिकारीहरुको छ ।यस्तो भौतिक ताल्चालाई युएसबी ड्राइभ मार्फत प्रयोग गर्न सकिने र त्यसले त्यसबाट प्रयोगकर्ताले आफ्नो इमेल अकाउण्ट खोल्न सक्ने बताइएको छ । यो प्रविधिको अनुसन्धान गुगलका सुरक्षा सम्बन्धि उपप्रमुख इरिक ग्रसी र इन्जिनियर मायंक उपाध्यायले गरेका हुन् ।

 वास्तवमा गुगलले उत्पादन गर्ने त्यस्ता स्मार्ट चिप्स जसलाई सेक्युरिटी पासवर्डको रुपमा प्रयोग गर्न सकिन्छ त्यसलाई प्रयोगकर्ताले आफ्नो गहना तथा मोबाइल फोनमा राख्न सक्छन् । वायरलेस प्रविधिको माध्यमबाट उक्त चिप्समा जडित सेन्सरले काम गर्छ र प्रयोगकर्तालाई आफ्नो इमेल लगायतका अकाउण्टमा पहुँच सुरक्षित गर्छ । गुगलले यस्तो साँचो वा भौतिक पासवर्ड हराउने समस्याबाट समेत प्रयोगकर्ताले टाउको दुखाउनु नपरोस् भनेर यस्तो साँचो सजिलैसँग परिवर्तन गर्न सकिने विधि समेत उपलब्ध गराउनेछ ।

4 Comments on “अब आफ्नै गहना जिमेलको पासवर्ड”
  • Migma Sherpa wrote on 21 January, 2013, 14:35

    April fool aauna 3 mahina baaki chha..

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • madan oli wrote on 22 January, 2013, 16:56

    huna sakchha kina bhane prabidhi le dherai fatko mari sake ko chha

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Agyat Shrestha wrote on 23 January, 2013, 11:24

    It’s true, and already in practice. I forgot my password for gmail and they send it to my mobile. You can register your mobile number for password recovery and they will send you sms if you forget your password and ask for recovery.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • fantus wrote on 23 January, 2013, 17:51

    sherpa bhai kahako duniya ma ho 10 barsh aghi dekhi hola aakha hera senser le dekhne ray, sound suner, finger print baat laptop, door, bank account kholne kaam bhaisakyo. ani man paraune pani uhi dyang ka mula rahe6an.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु