तमु प्ये ल्हु संघ युएईको वनभोज कार्यक्रम सम्पन्न :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

तमु प्ये ल्हु संघ युएईको वनभोज कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा

अबुधाबी । तमु प्ये ल्हु संघ युएईकको बनभोज कार्यक्रमम सम्पन्न भएको छ । संघले दुबईको मनोरम सुन्दर पार्कमा युएईमा छरिएर रहेका तमु दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न नेपाली परिकारका स्वादसंगै धुमधांमका साथ वनभोज तथा माघे सक्रान्ति भेटघाट कार्यक्रम शुक्रबारका सम्पन्न गरेको हो । उक्त वनभोज कार्यक्रम तमु प्ये ल्हु संघ युएईले माघे सक्रान्ति पर्वको अवसर पारेर सबैलाई समेट्ने प्रयासमा आयोजना गरेको हो ।

माघे सक्रान्ति पर्वलाई तमु जातिले पूर्खादेखि नै नारी दिवस को रुपमा मनाउंदै आइरहेको परम्परालाई कायम राख्दै माइतीले आफ्नो चेलिवेटीहरुलाई मान्ने प्रथा अनुसार आफ्नो मौलिक संस्कृतिलाई जर्गेना गर्ने हेतुले तमु प्ये ल्हु संघ युएईको पहलमा पहिलो पटक दुबईमा रमाइलोसंग मनाएका हुन् । उक्त वनभोज कार्यक्रम तमु प्ये ल्हु संघ युएईका अध्यक्ष एकाजंग तमुको अध्यक्षता, कर्णनल सुभिराज चम्रु तमुको प्रमुख आतिथ्यता, मुक्ति तमुको बिशेष आतिथ्यता र चेलिवेटीहरुको उल्लेखनीय सहभागितामा भएको थियो भने सोही संघका महासचिव मिलन तमुले कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।

 ल्होसारको कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न ठाउंबाट आर्थिक भौतिकको रुपमा सहयोग पुर्‍याएका कर्णनल सुभिराज चम्रु तमु, मुक्ति तमुलाई अध्यक्ष एकाजंग तमु र कोषाध्यक्ष ओम तमुद्धारा संयुक्त रुपमा आफ्नो रितीरिवाज अनुसारको क्रेगी र क्रमु ओढाई सम्मान गरेका थिए । त्यस्तैगरीसरिता लेम तमु र मिनकुमारी तमुको माइती आदरस्वरुप आ-आफ्नो घरबाट ल्याएका लम्जुङ्गे सेलरोटी, अचार, आलुदम, पकोडा, च्यूरा, चिया तथा विभिन्न नेपाली परिकारका खानाले वनभोज तथा माघे सक्रान्ति पर्वको रौनकलाई सुनमा सुगन्ध थपिदिएको थियो ।

One Comment on “तमु प्ये ल्हु संघ युएईको वनभोज कार्यक्रम सम्पन्न”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु