नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार

८ माघ, काठमाडौं । भारतको चण्डीगढमा नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार भएको छ । दुई दिनसम्म सामूहिक बलात्कार पछि उनीहरुले भिडियो समेत बनाएका छन् ।

मोगाकी युवती नर्सिङको पढाई सकेर जागिरको खोजीमा थिइन् । मण्डीगढ सेक्टर-३४ स्थित मुकुट अस्पतालमा नर्सको पोष्ट खाली भएको थाहा पाएपछि उनी जनवरी १८ मा अन्तरवार्ता दिन मोगाबाट चण्डीगढ पुगिन् । बस स्टपमा पुगेपछि रिक्सा पर्खिरहेको अबस्थामा केही युवाहरु कागज लिएर ठेगाना सोध्न आए । त्यतिकैमा पछाडीबाट सबैका धक्का दिए र जबरजस्ती एक कारमा राखे । कारमा राख्नासाथ एक इन्जेक्सन दिएर बेहोस बनाएर उनीलाई अज्ञात स्थलमा लगे ।

शनिबार विहान होस खुल्ला उनी एक बन्द कोठामा थिइन, जहाँ उनको बलात्कार भइससकेको थियो । उनको होस खुलेको केहीबेरमा युवाकहरु आए र फेरि बलात्कार गर्दै मोबाइलमा भिडियो खिचे ।

साँझ ५ बजेतिर बठिंडा-बलवाली रोडमा गुडिरहेका कारबाट उनले फलिदिए र कारमा रहेका तीन युवक फरार भए । सडकमा कारमा यात्रा गरिहेकाले सडकमा लडिरहेकी युवतीलाई देखेपछि सिविल अस्पताल पुर्‍याए । उनको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

21 Comments on “नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु