बंगलादेशमा मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बंगलादेशमा मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय

८ माघ, काठमाडौं । बंगलादेशमा युद्ध अपराध न्यायालयले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय सुनाएको छ ।

सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा व्यक्तिगत रुपमा ६ हिन्दुको गाली हानी हत्या ष्रेको र महिलाको बलात्कार गरेकोमा आरोपमा दोषी ठहर गर्दै अदालतले मौलाना अब्दुल कलाम आजादलाई फांसीको सजाय सुनाएको हो ।

युद्ध अपराधको सुनुवार्इका लागि गठन भएको अदालतको यो पहिलो फैसला हो । तीन वर्षपहिले स्थापना भएको विवादित अदालतले अझै संयुक्त राष्ट्रसंघको मान्यता पाएको छैन ।

बीबीसीका अनुसार मौलाना जमाते इस्लामीका सदस्य हुन् र सुनुवाईका क्रममा उनी अनुपस्थित थिए । उनी पछिल्लो वर्ष अपि्रलमा पाकिस्तान भागेका थिए । जमाते इस्लाम बंगलादेशलाई पाकिस्तानबाट अलग गर्ने निर्णयविरुद्ध आन्दोलित थियो ।

2 Comments on “बंगलादेशमा मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु