लोडसेडिङमा काम लाग्ने सामान (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

लोडसेडिङमा काम लाग्ने सामान (फोटोफिचर)

हजारदेखि लाखौं रुपैंया पर्ने उपकरण एकै ठाउँमा

८ माघ, काठमाडौं । लोडसेडिङ दैनिक १४ घण्टा पुगेकै बेला राजधानीमा नवीकरणीय उर्जा सप्ताह शुरु भएको छ । आइतबारदेखि शुरु भएको प्रदर्शनीमा लोडसेडिङको बेला काम लाग्ने र देशमा उर्जा संकट टार्न सक्ने थरीथरीका सामान राखिएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आयोजनामा भएको प्रदर्शनीमा वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संघसंस्था र कम्पनीले भाग लिएका छन् । भृकुटीमण्डपमा आइतबार र सोमबार भएको प्रदर्शनीमा अवलोकनकर्ताको थामिनसक्नुको भीड थियो ।

मंगलबारदेखि राजधानी बाहिरका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने तयारी छ । केन्द्रका सहायक निर्देशक राजु लौडारीका अनुसार गाउँ र शहर सबैतिर काम लाग्ने थरीथरीका वैकल्पिक उर्जाका उपकरण बजारमा आइसकेका छन् । धनीका लागि हुने महंगो र गरीबले खोज्ने सस्ता खालका उपकरण पनि छन् । जसले उर्जा संकट समाधानका लागि सहयोग पुर्याउन सक्छन् ।

 कस्ता र कति दामका ?

 १. सौर्य उर्जा -

सूर्यको किरणबाट बत्ति बाल्न, तातो दिन र खानेकुरा पकाउन -कुकर) मिल्ने उपकरण बजारमा छन् । सोलार त धेरैले प्रयोग गरिरहेका छन् । विस्तारै कुकर अर्थात हिटरको प्रयोग पनि बढिरहेको छ । कुकर र हिटर उच्च पहाडी क्षेत्रमा उपयोगी मानिएको छ । यसको मूल्य तीन/चार हजारदेखि १७/१८ हजारसम्म पर्ने विक्रेताहरुको भनाइ छ ।

यस्तै ४ वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार १३/१४ हजार रुपैंयामै जडान गर्न सकिन्छ । टेलिभिजन, ल्यापटप चलाउन तथा १०/१२ वटा बत्ति बाल्न मिल्ने सोलार जडान गर्न ६०/६५ हजार रुपैंया खर्च हुन्छ । २ सय वाटको सोलार जडान गर्न डेढ लाख रुपैंयाभन्दा बढी लाग्छ ।

यस्तै पानी तान्न मिल्ने सोलार पनि बजारमा पाइन्छ । जसको मूल्य ४० हजार रुपैंया पर्छ ।

 २. बायो ग्यास 

गाउँमा मलमूत्रबाट र शहरमा फोहोरबाट ग्यास निकाल्न मिल्ने दुईथरि प्रविधि भित्रिएका छन् । शहरी क्षेत्रमा भान्साबाट निस्केको फोहोरलाई सदुपयोग गरेर ग्यास निकाल्ने प्रविधि भर्खरै भित्रिएको हो । यो प्रविधि जडान गर्न झण्डै २५ हजार रुपैंया खर्च हुने वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले जनाएको छ ।

यसमा सरकारले अनुदानको व्यवस्था समेत गरेको छ । त्यसो गर्दा १५ हजार रुपैंयामा यो बनाउन सकिन्छ । राजधानीका कतिपय घरमा अहिले यस्तै प्रविधिबाट उर्जा निकाल्ने गरिएको छ ।गाउँघरमा गोबरग्यास बनाउन पनि सरकारले अनुदान दिँदै आएको छ । ४ घनमिटरको गोबरग्यास निर्माण गर्न झण्डै ३५ हजार रुपैंया लाग्छ ।

३. सुधारिएको चुल्हो 

भान्साभित्र धुवाँमुक्त बनाउने माटो र धातुका चुल्होको प्रयोग पनि बढेको छ । माटोको चुल्हो बनाउन बढीमा एकहजार रुपैंया खर्च हुन्छ । धातुको चुल्होलाई ६/७ हजार रुपैंया पर्छ ।सुधारिएको चुल्होबाट आधा घण्टामा सातआठ जना परिवारको लागि भात पकाउन सकिन्छ । यसमा कम दाउराबाट समेत धेरै उर्जा निकाल्न सकिन्छ ।

४. लघु जलविद्युत्त 

गाउँठाउँमा पछिल्लोपटक लघु जलविद्युत्त आयोजना निर्माणको काम तीव्र रुपमा भैरहेको छ । लघु जलविद्युत्त भएका ठाउँमा लोडसेडिङ पनि हुँदैन । १ किलोवाट लघु जलविद्युत्त बनाउन ४/५ लाख रुपैंया खर्च हुन्छ ।अहिले देशका सबै ठाउँमा गरी २५ सय लघु जलविद्युत्त संयन्त्र स्थापना भएका छन् ।

यसबाट २० हजार किलोवाट बिजुली उत्पादन हुँदै आएको छ । २ लाख जनसंख्याले लघु जलविद्युत्तबाट बिजुली बालेका छन् ।

५. विद्युत्तीय मोटर 

पेट्रोल र डिजेलको बढ्दो परनिर्भरता हटाउन विद्युत्तीय गाडीको प्रयोग पनि विस्तारै बढ्दैछ । प्रदर्शनीमा विद्युत्ती साइकल, स्कुटर, कार र सानो खालको मिनीबस समेत राखिएको छ । स्कूटरको ७० हजार तथा विद्युत्तीय कारको १० लाखदेखि १९ लाख ५० हजारसम्मको मूल्य पर्ने विक्रेताको भनाई छ ।

यस्तै १४ सिट क्षमताको विद्युत्तीय मिनीबसको मूल्य १४ लाख रुपैंया छ । सानो खालको विद्युत्तीय कार राजधानीका सडकमा अहिले पनि देख्न पाइन्छ । एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्मलाई हुन्छ । त्यसभन्दा बढी दूरी पार गर्न बीचमा रोकेर फेरि चार्ज गर्नुपर्ने हुन्छ ।

६. वायु उर्जा

नेपालमा वायु उर्जाको सम्भावना धेरै भएपनि परीक्षणको रुपमा मात्रै यसको काम भैरहेको छ । संस्थागत या सामुदायिक रुपमा ६ लाख रुपैंया खर्च गर्ने हो भने नियमित हावा चल्ने ठाउँमा वायु उर्जाको माध्यमबाट उर्जा निकाल्न सकिन्छ ।

10 Comments on “लोडसेडिङमा काम लाग्ने सामान (फोटोफिचर)”
  • devi wrote on 21 January, 2013, 11:37

    la la deshma baikalpik urja ko bikash vayeko upakaran dekhera khushi lago.sarkar ko bato na herau aafno aadharvut aabasek aafai tyar garau.

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Achut puri wrote on 21 January, 2013, 13:23

    जलविद्युतको धनी देश वैकल्पिक उर्जा प्रयोगको अवस्थामा पुग्नु कस्तो विडम्बना,

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Raju Ghimire wrote on 22 January, 2013, 4:54

    It’s really nice news. All of we should know about renewable energy and installation it for address of loadshedding as well as optimum utilization of resourse.I humbly request with all of you for promote and use of renewable energy products so that we can protect our environment and make your contribution for reduce energy scracity.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Sitaram Thakur Reply:

    Raju ji, u r absolutely right, I salute 2 ur view.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    pop yadav Reply:

    It is good but it is expensive
    pop yadav

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajan wrote on 22 January, 2013, 6:12

    लामो समय पछी हाम्रो देश मा भएको प्रगतीका पाहीला सारेको पढ्दा र सुन्दा खुशी लाग्यो ! तर सक्ने लाई ठीक छ नसक्ने गरीब को लागि केही हेर बिचार गरी दिनुभय अझ रामो हुने थियो बिशेष ( घर भन्सा को सामाग्री )

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jyoti Lal Bhusal wrote on 22 January, 2013, 6:31

    4 ghan mitter ko gobar gas banuna 35000 jati lagchha bhanu bho kina public lai bebkuf banauhunchha ma aj abhanda 2 barsha agadi 4 ghan mitter ko gobar gays banuda ta 80000 lageo ani sakar le anu dan dinchha bhne pani bakwas ho sakar le kema dinchha anudan bas 4 din mistri pathe ko ho tes ma pani mistri lai 3 time khana denu parneane anu dak k ra kati paninchha bhane kura paji spasta hundei na sab bhanda pahila ta janta lai ispasta parnu pareo ko anudan kati painchha ani kati afule lagaunu parchha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prabin Neupane wrote on 22 January, 2013, 11:30

    जलस्रोतमा बिश्वो दोस्रो धनी देश …..आफ्नो हात को बिर्सेर आकासमा उडेको चरा समात्न दौडदै छौं की …..!!!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shubhadra wrote on 23 January, 2013, 6:23

    it is really nice news. Everybody sholud use this techniques.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • being rabee sarma wrote on 23 January, 2013, 9:29

    RAMRO LEKHA RAHICHHA … SABAILE YESMA EK PATAK DYAN DIU …

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु