त्रिलोचन कोइराला
अबुधावी । नेपाली समाज यूएईका केहि पदाधिकारीले निर्वाचनको मिति नजिकिदै गर्दा आफुलाई संस्थामा काम गर्न नदिएको भन्दै एक भेलाको आयोजना गरेका छन । गत जनवरी १८ तारेख बरदुबईको सिंधपञ्जाब रेष्टुरेन्टमा गरिएको भेलाले दुईमहिना अगाडि बनाईएको निर्वाचन समिति विधानतः अबैधानिक भएको भन्दै खारेजीकोलागि संस्थाको पार्षदहरूको भेला बोलाउन माग गरेका छन ।
नेपाली समाजका निर्वाचित पधाधिकारिहरू मध्ये उपाध्यक्ष होम राना, महासचिव प्रकास कोइराला, कोषाध्यक्ष मधुकर बेलवासेले आयोजना गरेको भेलामा संस्थाका पार्षद अध्यक्ष तुलसी तामांगलाई पार्षद भेला बोलाउनका लागि बिधान अनुसार समाजका पार्षदहरूको २५ प्रतिशत संख्याको हस्ताक्षरित निवेदन दिए । पार्षद अध्यक्ष तामांगले चाँडै नै भेला बोलाएर नेपाली समाजमा विद्यमान समस्याको समाधान गर्न पहल गर्ने बताएका थिए ।भेलाले गरेको निर्णयलाई सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा नेपाली समाजका महासचिव प्रकाश कोइरालाले निर्वाचित भएदेखि नै अध्यक्षले काम गर्ने वातावरण नदिएको भन्दै अध्यक्षले मनखुशी कामगरेको, संस्थामा छलफल तथा सल्लाह नगरी निर्णय गर्ने गरेको आरोप लगाए । आक्रमक अवस्थामा देखिएका कोइराला आफु पुःन समितिमा नबस्ने तर गलत प्रक्रियाको विरोध गर्न र समाजलाई विधान अनुसार चलाउनु पर्ने भएकाले भेला बोलाइएको जनाए ।
४ दर्जन व्यक्तिहरूको उपस्थित भएको भेलामा कोइरालाले निर्वाचित महासचिव भएपनि संस्थाका आवश्यक माइन्युटिंग खाता र आवश्यक कागजात सबै अध्यक्षले नै लगेको बताउादै महासचिवको काम र कर्तव्यबाट बन्चित गराएको आरोप लगाए । त्यस्तै संस्थाका निर्वाचित कोषाध्यक्षले जिम्मेबारीबाट आफुलाई बन्चित गरेको बताउादैं संस्थाको कोषको जिम्मा अन्य कसैलाई दिएको आरोप लगाए ।भेलामा उपस्थित अधिकांश वक्ताले नेपाली समाज यूएईको ईतिहास मेट्न नपाउने र दुईवटा पनि गर्न नहुने भन्दै मौजुदा नेपाली समाजले विधान बमोजिम काम गर्नु पर्ने र पदाधिकारीलाई काम गर्ने वातावरण तयार गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा नेपाली समाजका संस्थापक चन्द्रप्रसाद सापकोटा, सल्लाहकार चन्द्रबहादुर रोकाहा, लोकनाथ सुबेदी, आजिवन सदस्य, नेपाली समाजमा आवद्ध रहेको नेपाली जनप्रगतिशिल मञ्च, प्रवासी नेपाली संघ, लुम्बिनी वेलफेयर सोसाइटी, पथरी युवा समाज, तामांग समाज, प्रवासी इलामेली समाज, मगर संघ, स्यांगजा सहयोग समाज लगाएत विभिन्न संघसस्थाको प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
यता नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले भने बिधानतः निर्वाचन समिति बनेको र निर्वाचनको मिति नजिकी सकेको अवस्थामा भएका कोठे भेलाको कुनै अर्थ नलाग्ने बताए । संस्थाको वहुमतको पार्षद भेलाले निर्वाचन समिति बनाएको जिकीर गर्दै ढकालले उक्त भेला बोलाउने व्यक्ति समाजबाट पदमुक्त भैसकेका हुनाले पनि यस्ता भेलाको अर्थ नलाग्ने उनको तर्क थियो । ढकालले कोइरालालाई महासचिव हुन मन लागेको हो भने पुनः काममा र्फकन र यूएइमा नेपाली समाजको सानलाई अझै बढाउन कुनै गुट उपगुटमा नलाग्न आग्रह गरे ।
यूएइमा सात दर्जन बढी संघ सस्था भएपनि नेपाली समाजमा हाल १५ संस्थामात्र आबद्ध छन भने मार्च १ तारेखमा हुने भनिएको चुनावमा यूएईमा रहेका राजनीतिक संगठन, जातीय सङ्गठहरूले सहभागी नहुने बताइसकेका छन । समाजको निर्वाचनमा भागलिनका लागि सुचिकृत हुने पहिलो चरण सकिएको र जनवरी १८ सम्ममा हालसम्म तीन संस्थाहरूले मात्र सुचिकृत दर्ताकोलागि निबेदन दिएको निर्वाचन समितिले जनाएको छ ।
long time before i been connected with Nepali Samaj (specially for Him Arab Magazine) UAE and that time Captain P.J Shah was the president of the Samaj and it was running very well and all of we worked hard for Samaj,couple of month later some virous attact to Samaj and i think they still trying for it. We are not there right now but the virous gang still there and they want to finished Nepali Samaj UAE. Dear President Krishna Dhakal you still there and fighting to control virous who want to finished Samaj that’s really good job and you’ll win one day for sure. Don’t care those dirty virous finished them,good luck.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
साथिहरु स्वदेश पनि बेतालमा चलि राखेको छ तपाइँ हरु पनि बिदेशमा त्यस्तै गर्ने हो भने सोझा सिझा नागरिकले के आशा गर्ने, भाइ फुटे गवार लुटे हुन्छा है
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]