सौर्य प्रविधिबाट खानेपानी आयोजना सञ्चालन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सौर्य प्रविधिबाट खानेपानी आयोजना सञ्चालन

९ माघ, इलाम । इलामको पश्चिमी दुर्गम बाँझो-६ रक्से बजारमा सौर्य पम्पिङबाट खानेपानी आयोजना सञ्चालन भएको छ । अग्लो डाँडामा रहेको बाँझो-६ रक्से बजारलाई लक्षित गरेर सो पम्पिङ सञ्चालन गरिएको हो । यसअघि यहाँका बासिन्दाले करिब पाँच किलोमिटर टाढा रहेको साकफाराबाट ल्याइएको पानीले जीवनयापन गर्नुपर्दा ज्यादै समस्या भएको थियो ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको १० लाख, स्थानीयबासिन्दाको आठ लाख र जिल्ला विकास समितिको एक लाख १५ हजार पाँच सय ८५ रूपैयाँ गरी साढे १९ लाख बराबरको लागतमा सौर्य पम्पिङबाट खानेपानी आयोजना सञ्चालन गरिएको हो । घाम लाग्ने वित्तिकै करिब एक सय १६ मिटर तलबाट सौर्य उर्जाबाट गएको करेन्टले मोटर चलेपछि पानी तानिन्छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट प्राप्त अनुदानले ८० वाट क्षमताका १६ वटा सोलार प्यानल राखिएको छ । घाम लाग्ने बित्तिकै पानी तानिने र जब बादल लाग्दै गयो तब पानी आउन छाड्छ । अति चिसो र हुस्सुले ढाकिरहने त्यस ठाउँमा यसरी खानेपानी आयोजना सञ्चालन भएपछि बाँझोका बासिन्दाले राहतको महसुस गरेका दिलनन्द चाम्लिङले भन्नुभयो ।

One Comment on “सौर्य प्रविधिबाट खानेपानी आयोजना सञ्चालन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु