मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली

९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।

हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर मन्त्रिक्वाटर फर्काएको थियो ।

मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव यतिबेला तमलोपा फुटाएर ‘तमलोपा नेपाल’का अध्यक्ष छन् । सर्लाही बसन्तपुर-५ का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डा नभएको तर घर व्यवहार अलग रहेको बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ । तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

16 Comments on “मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली”
  • Anubhab wrote on 22 January, 2013, 13:47

    खल्‌ति भित्र राखे जास्‌छ है

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin wrote on 22 January, 2013, 14:03

    yo jatipani madese mantri haru ta khali pad ko durupayog garna matra bhaka hun .pad ko lagi party phutayera mantri bhako manche le afno pa ko subidha haru afna natedar lai jani jani de ko ho .aba yes lai pad ko durupayog gareko aarop ma jel halnu parchha.

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Bishal shrestha Reply:

    Yo sala madhesi kursiko lagi j pani gardinxan.bhaisi charaunu parne lai mantri banayepaxi yesto ta hunenai bhayo ni.laj nabhayepaxi kasko k nai po lagxa ra?maobadi ra madhesi le yo desh india ma lagera gavdinxan sayed milthyo bhane tendar halna lagauthyo hola.kutnitik maryada samet ko ta khyal garne gara ye bejati mantri mahodaya?

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajan wrote on 22 January, 2013, 14:13

    yesta chor neta ko ke bhar cha ra

    Like or Dislike: Thumb up 17 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Paras Mani V.K. wrote on 22 January, 2013, 14:20

    Deash ko Durvageya padeya maryada ra jemeeyawari ko kaslai po kheyal cha ra mantri mahasaya lai hos,Mantri kowater bata gadi gaeyab huda thaha na hunu kasto laj mardo kura ….ha ..ha..ha.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • darshak wrote on 22 January, 2013, 14:33

    हेरौ अब सरकारी सम्पत्तिको दुरुपयोग भएको लाइ कार्बाई गर्ने खूबी छ की छैन यो नितीश कुमार संग तुलना गर्ने मंत्री को /

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bishu wrote on 22 January, 2013, 14:43

    ullu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • subha mishra wrote on 22 January, 2013, 15:26

    yesta laparwahi mantri le pani k desh hakxan ra khai !!!!!!!!!!!!

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sushanta sharma wrote on 22 January, 2013, 16:02

    प्रिपेड घुस बापत लिएको रकमले पोल्न थाल्यो की क्या हो माननीय मंत्री ज्यू…… जमाई राजा ने दगा किया ।

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ॐ विक्रम राणा wrote on 22 January, 2013, 16:24

    यो चोर मंत्रीले तिर्नु पर्छ गाडीको मोल.

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    rsz Reply:

    आफै कोहि पनि नेता बन्दैन साथी एस्ता नेता लाई voot दिने हामी जनता कस्ता , अब हामी ले आफै लाई औला उठाउन पर्ने बेला भयको छ – गलत जनता ले गलत नेता को चयन गर्दछ . नेपाल को यो दुर्दास को लागि हामी पनि उतीकै जिम्मेबार छौ-

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • खशि wrote on 23 January, 2013, 0:01

    हेर देशको दर्भाग्य, ! मातेर चलाउदा कसैलाई हानेर मारेको भए! हे प्रभु देश कैले सपरन्छ. यहा कोहि भुमिहिन छन कसैको बिस बिगाहा! जग्गाको हदबन्दि पनि नलाग्दो रैछ । बाबुरामले कर्सिबचान ल्याएका झारपातले कति घुस खायो होला…….
    के अब यसलाई मातेर सरकार गाडि चलाएकोमा कारबाहि होला त?
    संसारमा कानुन नभएको देश नै बनाएको कथित नेताले ।

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rudra wrote on 23 January, 2013, 0:48

    Jati pani deshma khailabaila machchaune ra jasarihuncha paisa kamaune dhyan chha ti Jati sabai mdhesi dakaharu hun

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bheshnath bhattarai wrote on 23 January, 2013, 5:17

    मधेसका मुद्दा उचालेर संक्रमणकालिन अबस्थाको दुधको छालिमा रमेका क्षेत्रीय पार्टीका तथाकथीत बनारसि पण्डाहरुलाई न हिमालको माया छ ,न पहाडको न तराई न नेपालको। नेपालको राज्यकोषबाट झिकेको पैसा बिहारमा जग्गा किन्दैछन् । त्यसकारण तराईका सचेत नागरिकहरुले बुझ्न जरुरि भैसकेको छ ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • second hand car in nepa wrote on 24 January, 2013, 4:49

    eak6en ta twa bhaye news sunera

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kishori chaudhary wrote on 25 January, 2013, 3:11

    mantarilai hoin jwai lai karbahi hunu paras.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु