९ माघ, काठमाडौं । दिल्लीको एक अदालतले शिक्षक भर्तीमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटाला र उनका छोरा अजयलाई १०/१० वर्ष कैद सजाय सुनाएको छ ।
सीबीआईको विशेया न्यायाधीश विनोदकुमारले अन्य मुख्य ३ अभियुक्त तत्कालिन प्राथमिक शिक्षा निर्देशक संजिवकुमार, चौटालाका पूर्व ओएसडी विद्याधर र राजनीतिक सल्लाहकार शेरसिंह बादशामीलाई पनि १०/१० वर्ष कैद सजाय सुनाएको छ । हरियाणामा सन् २००० मा जेबीटी शिक्षक भर्तीमा भएको भ्रष्टाचारमा इण्डियन नेशनल लोकसभाका अध्यक्ष चौटाला र अन्य ५३ जनालाई दोषी ठहर गरेको छ ।
अदालतको फैसलापछि चौटालाका सर्मथकहरुले अदालत परिसरमा ढुंगामुढा गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो ।
Good
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
galti jale gare pani sajay ta dinai parccha jasto malai pani lagchha . Ani matra sushan kayam huna sakchha. ra kanun sabai ko lagi barabar hunchha bhanne siddha hunchha ra sarbasadharanlai kanun barabari ho bhane anubhuti hunchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]