अनलाइनबाटै सवारी किनबेच र भाडामा लिने सेवा सुरु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अनलाइनबाटै सवारी किनबेच र भाडामा लिने सेवा सुरु

एनआरएनलाई १० प्रतिशत छुट

१० माघ, काठमाण्डौ । अनलाइनमार्फत् नेपालमा नयाँ तथा पुराना सवारीसाधन किनबेच र भाडामा लेनदेनका लागि टी.क्यू.एम. इन्टरनेशनलले अनलाइन सेवा सुरु गरेको छ ।

www.tqmnepal.com मार्फत् अब तपाईले कुनै पनि पुराना तथा नयाँ सवारी साधन किनबेच र भाडामा लिनदिन, मेशिन, उपकरणहरु र सवारी साधन नेपाल आयात गर्न सक्नुहुनेछ ।

गैरआवासीय नेपालीहरुको अग्रसरतामा सन् २००५ मा जापानमा स्थापित भई अग्रणी कम्पनीको सूचीमा परेको टीक्यूएम इन्टरनेशनलले हालै मात्र नेपालमा यो सेवा सुरु गरेको हो । कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत उदय कँडेलले जापानमा लोकप्रिय यो सेवालाई नेपालमा पनि विस्तार गरिएको बताउनुभयो ।

यो सुविधा विशेषगरी गैरसरकारी संस्था, पर्यटक, स्वदेशी तथा विदेशी परीयोजना र कुटनीतिक निकायका मानिसहरुको लागि लक्षित गरिएको कँडेलले जानारी दिनुभयो । गैरआवासिय नेपालीहरुले यस्तो सेवा प्रयोगमा १० प्रतिशत छुट पनि पाउने छन । सवारी साधन, मेशिन तथा उपकरणहरु भाडामा लिन चाहनेले कम्पनीको वेबसाइटमार्फत छनौट गर्न र त्यसको इष्टिमेट र बुकिङ्ग पनि सहज रुपले गर्न सक्नेछन् । यस कम्पनीले सवारी साधन सम्वन्धी सबै प्रकारका काम गर्ने गरेको छ ।

टी.क्यू.एम. इन्टरनेशनलको प्रायजसो कामहरु अनलाइन हुने गरेको जनाएको छ । यसैका माध्यमबाट यसले टेलीमार्केटिङको काम गदै आइरहेको छ । वेबसाइटका माध्यमले आफनो सेवा विस्तार गर्ने उद्देश्यले भर्खरै www.tqmbazaar.com संसार भरिका गाडी, मेशिन तथा उपकरणहरु लागि ) www.tqmjapan.com जापानिज गाडी, मेशिन तथा उपकरणहरु लागि ) र www.tqmnepal.com नेपालमा रहेका गाडी, मेशिन तथा उपकरणहरु लागि ) बनाइएका छन् । यि वेबसाइटहरुका माध्यमबाट तपाईले आफूले चाहेको सवारी साधनहरु कार, जीप, ट्रक, बस ( automobiles) का साथै विभिन्न प्रकारका मेशिनरी, उपकरणहरु तथा यिनका पाटपूर्जाहरु किनबेच गर्न सक्नुहुने छ । यदि तपाई वेबसाइटको माध्यमबाट आफनो व्यापार बढाउन चाहनुहुन्छ भने आफ्नो तथा कम्पनीको विवरण (profile) वेभसाइटमा दर्ता गराइ एक महिनासम्म निःशुल्क रुपमा उपयोग गर्नसक्नुहुनेछ । साथै वेबसाइटलाई माध्यम बनाएर आफ्नो सवारी साधन तथा पाटपुर्जाहरु किनबेचका लागि राख्न पनि सकिनेछ ।

यसबाट यहाँहरुले यस क्षेत्रसँग सम्वन्धित डिलरहरु, ब्यापारीहरु, विज्ञहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गर्ने कामदारहरु र सरोकारवालाहरु को सञ्जाल तयार पार्न, आफनो सेवा विस्तार गर्न, ब्यापारको लागि वातावरण तयार पार्न, ब्यापार बढाउन सहयोग पुर्याउँछ । टी.क्यूएमको लक्ष्य व्यापार गर्नु र नाफा कमाउनु मात्र नभई यसले टी.क्यू.एम.कल्याणकारी ट्रस्ट को पनि स्थापना गरेको कम्पनीले बताएको छ ।

2 Comments on “अनलाइनबाटै सवारी किनबेच र भाडामा लिने सेवा सुरु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु