१०, माघ, काठमाडौं । एस्टनभिल्लालाई पराजित गर्दै ब्राडफोर्ड सिटी लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
प्रिमियर लिगको क्लब एस्टनभिल्लालाई समग्रमा ४–३ ले पराजित गर्दै ब्राडफोर्ड पछिल्लो ५० वर्षमा ठूलो प्रतियोगिताको फाइनलमा पुग्ने चौथो स्तरीय पहिलो क्लब बनेको हो । पहिलो लेगमा ३–१ ले विजयी भएको ब्राडफोर्डले गएराति दोस्रो लेगमा १–२ को नजिता निकालेपछि नजिता ४–३ ले आफ्नो पक्षमा पा¥यो ।
दोस्रो सेमिफाइनलमा आज चेल्सी र स्वान्सी सिटी भिड्दैछन् ।