बाबुरामको विकल्प खोज्ने मधेसी मोर्चाको रणनीति :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बाबुरामको विकल्प खोज्ने मधेसी मोर्चाको रणनीति

राष्ट्रपतिलाई भेटेर दबाव दिइने

१० माघ, काठमाडौं । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी जेठमा संविधानसभाको निर्वाचन सुनिश्चित गर्ने गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खोज्ने भएको छ ।

दुई दिनसम्म गोकर्ण रिसोर्टमा बसेको मधेसी मोर्चाको बैठकले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमति हुन्छ भने स्वीकार गरेर चुनावमा जाने निर्णय गरेको हो । ‘जेठ पहिलो वा दोस्रो सातामा संविधानसभाको चुनाव गराउन पहल गछौर्ं’ फोरम गणतान्त्रिकका एकवाल अहमदले अनलाइनखबरसँग भन्नुभयो-’दलहरुको नेतृत्वमा सहमति हुँदैन भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर भए पनि चुनावमा जानुपर्छ ।’

मधेसी मोर्चाले चुनावका लागि सहमति नगर्ने हो भने आन्दोलनमा उत्रने चेतावनी दिएको छ । साथै उसले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा मधेसी मोर्चाको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति र सरकारसँग असन्तुष्ट

मधेसी मोर्चाले सरकार गठनका क्रममा भएको चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ । ‘चारबुँदे सहमति कार्यान्वयन नभएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छौं’ एक नेताले भने-’यसबारे माओवादी र प्रधानमन्त्रीसँग नयाँ शिराबाट छलफल गर्छाैं ।’ मधेसी मोर्चाले समावेशीकरणसम्वन्धी सहितका अध्यादेशहरु राष्ट्रपतिले रोकेर राखेको भन्दै असन्तुष्टि जनाएको हो । यसबारे राष्ट्रपतिलाई भेटेर दबाव दिने मोर्चाको रणनीति बनाएको छ ।

सरकारमा बढ्ता ध्यान गयो: मन्त्री यादव

मोर्चाको नयाँ रणनीति बनाउन जुटेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मोर्चाले मधेसका मुद्दालाई भन्दा सरकारलाई बढ्ता प्राथमिता दिएर कमजोरी गरेको बताउनुभयो । ‘हामी सत्तामा बढी केन्दि्रत भयौं, चारबुँदे सम्झौता र अन्य सहमतिहरु कार्यान्वयन गराउनेतर्फ कम ध्यान गयो भन्ने बैठकमा सबैले महसुस गरेका छौं, उहाँले भन्नुभयो,’ अब संघर्षमा केन्दि्रत हुने नीति लिइने छ ।’

मन्त्री यादवले ६ दल संलग्न मधेसी मोर्चालाई पार्टीको रुप दिनेबारे पनि गम्भीर छलफल भएको अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘मधेसमा एउटै पार्टी बनाउनेबारे छलफल भएको छ’, यादवले भन्नुभयो-’मोर्चालाई समेत विस्तार गरिने छ ।’

18 Comments on “बाबुरामको विकल्प खोज्ने मधेसी मोर्चाको रणनीति”
  • KAJI wrote on 23 January, 2013, 5:15

    मन्त्री भएर सम्पत्ती कमाएकाहरुको विरुद्धमा पैसा कमाउन नपाएका मधेसी नेताहरुको रिस बाहिर आउन थालेको हो । अब भट्टराईने तुरुन्तै मन्त्री नपाएका मधेसीलाई मन्त्री बनाउनु पर्दछ । जनताका छोरा छोरीको रगतसँग साटेको कुर्ची त जोगाउनु पर्दछ है ।

    Well-loved. Like or Dislike: Thumb up 86 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    प्रदर्शनकारीहरूले गणेशचोकमा रहेको माओवादी कार्यालयमा आगजनी गरेका छन् । एमाओवादीले आफ्नो पार्टीको दैलेख जिल्ला कार्यालयमा विपक्षी काँग्रेस-एमाले कार्यकर्ताबाट भएको आगजनीप्रति निन्दा गरेको छ । प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै विचारमा प्रतिस्पर्धा गर्न डराएकाहरुले आफ्नो पार्टी कार्यालयमा आगजनी गरेको बताउनुभएको छ । जिल्ला अधिवेशन भाँड्ने षड्यन्त्र विफल भएपछि अत्तालिएका विपक्षीले तोडफोड र आगजनीको साहरा लिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

    Like or Dislike: Thumb up 10 Thumb down 17

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    नेका र एमाले चुनावमा जान चाहानन. गए पनि आफूहरु बूथ क्याप्चार गरी चुनाव जितने सुनिश्चित नभई नजाने मनःस्थितीमा छन. यस्तो स्थितिमा बाबुराम वा प्रचंड बाहेक अरु कोही हुँदै हुँदैन.

    Like or Dislike: Thumb up 10 Thumb down 38

    [जवाफ फर्काउनुहोस्]

  • hem wrote on 23 January, 2013, 12:34

    Aba ta rastrabadi banera dekhau madhesi mitraharu. kati satta ra bhattako lagi hatyara maobadiko khuttama lutputiyera baschau ho—.

    Like or Dislike: Thumb up 24 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • नीलम सिंह wrote on 23 January, 2013, 16:05

    नेका र एमाले चुनावमा जान चाहानन. गए पनि आफूहरु बूथ क्याप्चार गरी चुनाव जितने सुनिश्चित नभई नजाने मनःस्थितीमा छन. यस्तो स्थितिमा बाबुराम वा प्रचंड बाहेक अरु कोही हुँदै हुँदैन.

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 20 Thumb down 46

    [जवाफ फर्काउनुहोस्]

    ramu giri Reply:

    प्रचण्ड बाबुराम त जेल जान्छन ,नेपाल मा नभए बिदेशमा पनि पक्रन्छन् उनीहरुलाई ,यो साचो हो

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Madan wrote on 23 January, 2013, 16:54

    अब फेरि मधेश दुख्छ ।

    Like or Dislike: Thumb up 10 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    dk Reply:

    dard karai chai re bauwa…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ksav Dhungana wrote on 23 January, 2013, 17:24

    Taapkema swaviman ra naitikta bhutera tharra sanga pachaune jangali sing umriaka maobadiko kaile buddhi palauna nasakne vo ba..

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • शिव बराल wrote on 23 January, 2013, 17:51

    अब मलाई विश्वास भयो की यो देश डलरमणिहरुले नै चलायेका छन. थरी-थरी रुपमा डलरमणि मौजूद छन यो देशमा. मधेसवादीहरूको साहू पनि उही डलर-साम्राज्यवादी-मुलुक नै हुन भन्ने लाग्न थाली सक्यो. डलर साम्राज्यवाद विरुद्ध दक्षिण-एसिया र चीन एकजुट हुनु पर्छ.

    Like or Dislike: Thumb up 21 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    desbhakta nepali Reply:

    ic mani haru ni?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kranti wrote on 23 January, 2013, 19:58

    Madesh ma Eeutai dal banau chahiyeko jati Paiso dinchhau bhanera Indian ambassador le bhani sakyo ne. Aba tarai ma ekai Matra jatiya party hune ta nischit chha ne.

    Jay Madesh. Lol !!!

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Sandes Reply:

    Madhesi dal ko pani biswas garne!!!! Election ma jutne ra minister huna payema party futne. Yo indian le chalayeko party ma pani yeti biswas!!! Hare nepaliharu

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    dk Reply:

    ki bhel…?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • साला चोरहरु ! मदेश मुद्दाको नाउमा पैसा कमाउन पल्केका फटाहाहरु ! पद र पैसा भए तिमीहरु मधेस त के आफ्नै आमा पनि बिक्री गर्छौ !

    Like or Dislike: Thumb up 15 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dipendra kunwar (Kanchnapur wrote on 24 January, 2013, 3:34

    neta haru ta kukur hun jo aautai haddin ko pachadi dakuriraachan

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • uttam pewang rai wrote on 24 January, 2013, 5:10

    Ye madhise ho ,tarae ma BOKALE daee gar6? teso bhaye goru kin chahiyo? aasti janme ko sankirna swarth ko madhesi party le Nepali congress,UML jast aparty lai dekhena? chunab ta aaoos,timra k hal uhn6 dekhin6.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj Paneru wrote on 24 January, 2013, 6:07

    भैंसी मर्‍यो भने जुम्राले पनि छोड्छ | के त्यस्तै हुन लागेको हो बाबुरामको हकमा पनि ? किनकि, मधेस मुद्दा मधेशीहरुको सत्तारोहणको एक भरपर्दो भर्‍याङ हुदैगएको छ |वाहिरवाट लाइन त कही आएन !

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु