चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ

१० माघ, पाँचथर । आफ्नै श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई आज पक्राउ गरेको छ । श्रीमती हत्याको आरोपमा पक्राउ पर्ने सिदिन–१ का ४० बर्षीय मनकुमार राई हुन् ।

अभियुक्त राईले हिजो राति ९ बजेतिर मादक पदार्थ सेवन गरी ३५ बर्षीया श्रीमती रेनुकालाई चिर्पटले हिर्काएर हत्या गरेका थिए । राईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती रेनुकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

7 Comments on “चिर्पट प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु