यसरी लुटियो मन्त्रालयबाट १५ लाख :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

यसरी लुटियो मन्त्रालयबाट १५ लाख

दलालको लहरो शान्तिदेखि सिँचाई मन्त्रालयसम्म

१० माघ, काठमाडौं । सोमबार दिउँसो एमाओवादी नेता टोपबहादुर रायमाझी नेतृत्वको शान्ति मन्त्रालयले बहिर्गमित लडाकूसँग वार्ताका लागि खर्च भन्दै १५ लाख रुपैयाँको चेक काट्यो । कथित वार्ताका लागि काटिएको सो भारी रकमको चेक शान्तिमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री वर्षमान पुनको संलग्नता एवं स्वीकृति नभई नक्कली लडाकूलाई थमाउन सम्भव थिएन ।

बहिर्गमित लडाकूसँग वार्ताका लागि भन्दै त्यति ठूलो रकम निकासा गरिनु आफैंमा भ्रष्टाचार त थियो नै, तर त्यसमाथि पनि अर्को घीनलाग्दो भ्रष्टाचारको खेल खेलियो ।

लडाकूसँग वार्ता गर्ने नाममा काटिएको चेक पेरिसडाँडामा वालबच्चासहित आन्दोलन गरिरहेका पीडितले पाएको भए थोरै चित्त बुझाउने ठाउँ रहन्थ्यो होला, तर मन्त्रीले आफैं खडा गरेर हुर्काएका नक्कली लडाकू लेनिन विष्ट र मणिहर्ष राईलगायतलाई उक्त रकम उपलब्ध गराइयो । रकम लिने बेलामा बहिर्गमित लडाकूका नेता सागर लिम्बुलाई मन्त्रालयलमा बोलाइएन । स्रोतको दाबी छ, मन्त्रालयले निकासा गरेको १५ लाख रुपैयाँ जानीजानी नक्कली लडाकू खडा गरेर उनीहरुलाई दिइएको हो ।

शान्ति मन्त्री टोपबहादुर रायमाझीका नजिकका पूर्वराजावादी लेनिन विष्ट र १५ लाख रकम माग्दै मन्त्रालयमा निवेदन दिने मणिहर्ष राई (गौरब) दुबै नक्कली लडाकू हुन् । आन्दोलनरत् बहिर्गमित लडाकूका संयोजक सागर लिम्बू भन्छन्, ‘लेनिन विष्ट पूर्वराजावादी हुन्, शान्तिमन्त्री पनि कस्ता हुन् सबैलाई थाहै छ, विष्ट सधैं सिंचाइमन्त्री यादवका ज्वाइँसँग झण्डावाल गाडीमा हिँड्थे । सोमबार पनि उनी त्यही मनत्रीको गाडीमा भागेका हुन् । शान्तिमन्त्रीको सल्लाहमा उनीहरुले पैसा निकालेपछि मन्त्रीका पिए दिनेशसँग भागवन्डा नमिल्दा विष्ट पैसा लिएर लुकेका हुन् ।’

आन्दोलन गर्ने एउटा, पैसा खाने अरु

लिम्बूको नेतृत्वमा बहिर्गमित लडाकूहरुले पेरिसडाँडामा आन्दोलन गरिरहेका बेला शान्तिमन्त्री टोपबहादुरका पीए दिनेश र सिंचाइमन्त्री मनोज अधिकारीसमेत मिलेर लेनिन विष्टले मन्त्रालयबाट सोमबार १५ लाख रुपैयाँ फुत्काएका हुन् । बहिर्गमित लडाकूसँग वार्ताका लागि व्यवस्थापन खर्च शीर्षकमा शान्ति मन्त्री टोपबहादुरको सिफारिस र अर्थमन्त्री वर्षमान पुनको सहमतिमा सो रकम झिकिएको हो ।

बहिर्गमित लडाकूको आन्दोलनमा घुसपैठ गरेका विष्टको नाम लडाकूहरुको सूचीमा कतै देखिँदैन । मन्त्री रायमाझीको सल्लाह अनुसार १५ लाख निकासाका लागि निवेदन दिने मणिहर्ष राईको नाम पनि लडाकूको सूचिमा छैन ।

मन्त्रीको संलग्नतामा नक्कली लडाकूका नाममा १५ लाख निकासा गरिएपछि मन्त्रीका पीए दिनेशले पेरिसडाँडामा आन्दोलनकारीलाई दिएको १ लाख ६८ हजार रुपैयाँ मागेका थिए । तर, त्यो रकम एमाओवादी पार्टीले दिएको भन्दै लेनिनसहितको ४/५ जनाको टोलीले दिन नमानेपछि लेनिन र दिनेशवीच चर्को भनाभन भएको थियो । पछि १५ लाखमध्ये विघटन भैसकेको ७ डिभिजनका नाममा एक/एक लाख छुट्याई बाँकी रहेको ८ लाख लेनिनले लिएर हिँडेपछि शान्ति मन्त्री र उनका पीए दिनेश रिसाएको स्रोत बताउँछ ।

सरकारले अगोग्य लडाकूका नाममा प्रतिव्यक्ति १ लाखरुपैयाँ बाँड्ने निर्णय गरे पनि सर्वोच्च अदालतले हात त्यसमाथि रोक लगाएको छ । मन्त्रालयले लडाकूलाई पैसा दिन रोक लगाएपछि शान्ति मन्त्रीले दलालहरु मार्फत् ‘वार्ता खर्च’का रुपमा १५ लाखरुपैयाँ निकासा गराएका हुन् ।

रायमाझीका दलाल खेद्ने, यादवका दलाल बचाउने

सो रकम बोकेका विष्ट र उनको टोलीलाई शान्ति मन्त्रीका पीए दिनेशबाट भगाएर रेस्क्यु गर्ने जिम्मा अर्का सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवका ज्वाइँ मनोज अधिकारीले लिए । अधिकारीले उनीहरुलाई मन्त्रीको झण्डावाल गाडीमा हालेर भगाए । सोमबार राति प्रहरीले मन्त्री यादवको गाडी खोजेर फेला पार्यो भने सरकारी रकमले जाँड खाएर भिल्लु भएको अवस्थामा मन्त्रीका ज्वाइँ अधिकारी पक्राउ परे ।

यिनलाई कारवाही कसले गर्ला ?

शान्ति मन्त्री रायमाझीले यसैगरी वार्ताका नाममा रकम निकालेर दुरुपयोग गर्ने गरेको स्रोत बताउँछ । तर, अख्तियार पनि नभएका बेला राज्यकोषबाट यसरी अबैधानिक तरिकाले रकम निकालेर ‘भागशान्ति जयनेपाल’ गर्ने मन्त्रीहरु, तिनका पीए र पैसा लिएर नक्कली कमान्डरलाई झन्डावाल गाडीमा भगाउने मन्त्रीका ज्वाइँलाई अब कसले कारवाही गर्ला ? आन्दोलनकारी लडाकूका नाममा नियोजितरुपमा नक्कली कमाण्डर खडा गरेर रकम निकासा गरी भ्रष्टाचार गर्ने शान्ति मन्त्रीलाई प्रधानमन्त्रीले कारवाही गर्लान् त ? हेर्न बाँकी छ । स्रोतका अनुसार पैसा लिएर भागेका विष्टलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

(क्षमा याचना : यसअघि समाचारमा ‘लेनिन विष्ट’ हुनुपर्नेमा असावधानीवश ‘बञ्जाडे’ लेखिन गएकोमा बञ्जाडेसित क्षमा याचना गर्दछौं- सं.)

40 Comments on “यसरी लुटियो मन्त्रालयबाट १५ लाख”
  • Roshan wrote on 23 January, 2013, 7:05

    ye santi mantri hun ki daka, lutera mantri???

    Well-loved. Like or Dislike: Thumb up 68 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • loken wrote on 23 January, 2013, 7:07

    Loota sakdo loota janata ko pasina ra ragat loota.Jand khau,aish gara, bhagbanda gara din timiharuko 6 hami janata lata, sojha ra nimukha chhaun. timiharu jatiko batho bhayeko bhaye…………….yad rahos kag dherai batho bhaye pachhi……….khan6.timiharule pani batho bhayera janata ko ……..khandai chhhau.

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • विजय लिम्बू wrote on 23 January, 2013, 7:09

    थुक्क!! यो चोरहरुले देश र जनताको रगत चुश्ना सम्म चुसे ।
    यो बाबुरामले के हेरी रहेको छ ? छिट्टो भन्दा छिट्टो यिनीहरुलाई कारबाही गर्नु पर्यो । यो पैसा तपाई हाम्रो (नेपाली जनताको) नै हो ।
    टोपबहादुर रायमाझीको अनुहार हेर्दै एकदम ठुलो डाका जस्तो देखिन्छ यो सबै यिनीहरुकै मिलेमतोमा भएको लूट हो ।

    Well-loved. Like or Dislike: Thumb up 75 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    chhandaraj Reply:

    LIMBU JEEE BABURAM TA YINAI DAKAHARUKO SARDAR HO K KARBAHI GARCHHA RA?ABA HAMIJANTALE NAI BHATE KARBAHI GARNE BELA AAKO JASTO CHHA,

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    rabi Reply:

    Na khojk yo baburam kai milemato ma vayeko ho…..baburam lai chokho banauna nakhoj…..limbu bhai……

    Like or Dislike: Thumb up 14 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kale wrote on 23 January, 2013, 7:19

    oe rastra ka nam ma kalnkit rayamahji aab timi ta kutako aachi khaya hun6 hou

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • जङ्गे रमेश wrote on 23 January, 2013, 7:22

    सबै चोरहरु न हुन् ।

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • अमृता छन्त्याल wrote on 23 January, 2013, 7:23

    माओवादी लीला पनि बुझिनसक्नुछ । जसरी हुन्छ पैसा झ्वाम पार्ने दाउ त हो । प्रचन्डलाई मानुपर्छ यार !

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 23 January, 2013, 7:24

    mawobadi bhaneko ashali chhor parti ho uiniharuko samaya bhaneko dehrai hudaina teshaile luta baburam luta mero deshlai kahile samma sakchhou aakhir hami jasta janatale diyako bhotko faidata timile pani uthayu feri aba chunab bhayo bhane herayula naruwayu mero nepal aamalai

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Krishna bkk wrote on 23 January, 2013, 7:29

    K sunna paro ni,khateharule khako khai,des dublaudai…

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Madan wrote on 23 January, 2013, 7:31

    Tinka Bau ko Daijo ma aayako hora, Aasari Nepali janta ko Pasina Chusuna painna….. Mr. Baburam, Timra te Mula Mantriharu lai Turanta Karbahi Gara….

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • test wrote on 23 January, 2013, 7:41

    test

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रचण्ड wrote on 23 January, 2013, 7:53

    एमाओवादी नेता टोपबहादुर YO TA 1 NO DAKA DALAL HATYARA HO NI YES LAI TA SAUDI MALAGER TARO HANNU PARXA

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • प्रचण्ड wrote on 23 January, 2013, 7:56

    YES KO ANUHAR HERDA PANI CHOR DAKA KO SAME XA KUKUR

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bishwontar Sukubhatt wrote on 23 January, 2013, 7:57

    हेर्ने हो भने यस्ता कुकृत्य त कतिले गरे गरे नि । हालको मन्त्रीमण्डल हेर्नुस् न त्यै खानकै लागि मात्रै बनाको जस्तो छ, देश चलाउन हैन । अपराधीहरुको संरक्षक नै भारतीय दलाल प्र.म. भट्टराई हो भने उसले अरुलाई कसरी कारवाही गरोस् । सबै भ्रष्टाचारी । त्यस्ता भ्रष्टाचारीहरुलाई अब हामी सबै जनता मिलेर कडा कारवाही गर्नैपर्नेभो । सबै नेपाली जनता एकजुट हुनपर्यो ।

    Like or Dislike: Thumb up 19 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • manoj wrote on 23 January, 2013, 8:07

    तोप बाहदुर डाँका हो भनेर सबैलाई चेतना भया

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • freedom wrote on 23 January, 2013, 8:16

    nani dhekhi lage ko bani kasle chodna sakchhara jangal ma basda nae lut ra hattya ko udanda machhayera aaja sarkar ma basera pani brammalut garne yesta vrastta netta harulae hami janta haru millera yesta lutera harulae desnikala garnu parchha.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin wrote on 23 January, 2013, 8:18

    yo ta sidhai rajya ko kosha bata daka gareko ho .yesto ta sarkar cha ani yesto sarkar bata janta le aba kun kura ko aapechhya garne .laj pacheka haru . yi sabai dalal haru lai jel halnu parchha .

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sss wrote on 23 January, 2013, 8:29

    paiso dhekhe pa6i maobadile kachooli nai feryo ni………….

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nabin tamang wrote on 23 January, 2013, 8:30

    nepalko amaobadi sabai nepali janata marne chor gunda ho brasta chari neta sabai ???

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suresh wrote on 23 January, 2013, 8:33

    यी चोरहरु हुन । यीन लाई टुडिखेलमा लगेर झुण्ड्याउनु पर्छ ।

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Amar Khati wrote on 23 January, 2013, 8:38

    ee baburam sarkar ka bachau garne sathiharu , yesma pani pratikriyabadi haruko chalkehl ho ki !

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prashu wrote on 23 January, 2013, 8:42

    Pai le dhekhinai paisa khan palkeka yo sarkarma sabhagi madesi dal ka manche r Maobadi ka yi sale haru lai bharastchar mudha halnu parcha……..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 23 January, 2013, 9:57

    Loot ko dhan foopo ko saraade va chha desh ma. duhki janata ko pasina ko kamai ma ragragi ra chakchaki chha..Brahmaloot hune vo Nepal ma. Jasle hanyo tyasle janyo.

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 23 January, 2013, 10:58

    SARBAHARA BARGAKO NATRETO GARNI PARTY KO SARKAR HEEHEHEHHEH

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • CONGRESS wrote on 23 January, 2013, 11:09

    सबै चोरहरु न हुन् ।

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • om prakash pokhrel wrote on 23 January, 2013, 13:12

    bichara top bahadur swasni le sabai gutayera hinde pachii k garos ni???mawobadi ma akuut kamaune ma yo pani par6.tara vagyale yeslai marayo ghar ko kura milauna nasaknee manchee k ko santii mantri ho bujhna nai sakeeyena yo jatra…..

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rosh dick wrote on 23 January, 2013, 14:51

    २०५१ सालदेखि जनतालाई लुट्दै आएका डाँका त हुन् नि यी माओवादी भनाउँदाहरु …

    Like or Dislike: Thumb up 17 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hiran wrote on 23 January, 2013, 15:37

    lutnu par6 keta ho daro lutnupar6..feri yesto mauka aaudaina

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Yonzan wrote on 23 January, 2013, 15:59

    P.M. Babu Ram ji, aba chup lagnu ta galat ho hai Kasam!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta sharma wrote on 23 January, 2013, 16:23

    yasta vastrachari harulai ta mritu danda dinu par6 eniharulie ta nepali jantalai marna vaya nepal luteraharu murdabath

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jhamke wrote on 23 January, 2013, 17:30

    Oho yesto news chhapna nahune patrakar mahodaya, feri santi prakriya vadinchha ni. Maobadi ko ta kamai lutne ho uniharule tehi garnu bhayeko chha, kathai bara desh ko dhukuti lutne haru. Santi prakriya tungo ma napuginjel jati lute pani tulu tulu herera basnu parchha.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राधे बराल wrote on 23 January, 2013, 17:31

    माओवादी भन्दा कांग्रेसीहरूको झूठ संयंत्र बालियों छ. जसलाई जे आरोप पनी लगाउन सक्छन यी कान्ग्रेसीहरु, कांग्रेसीहरूलाई जमीन मुनी गाड़नु पर्छ.

    Like or Dislike: Thumb up 2 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Kiran wrote on 23 January, 2013, 18:34

    You maoist bhaneko Virus ho..yeslai treat nagaresamma yesle des sabai khancha……saba samma jantale yo kura bujdainan ajai yesle des chusirakhcha ra khokro matra naki rakhcah or india lai bujaidincha… Sena ko helicopter ma party neta haru jilla jilla pugchan…ani Baburam tenha ka jilla parasasn ma gayera mitabyeita ko parema lession dincha….hisila le testai brahma loot….ye bhagaban lau na desh bachau yo mawobadi namak jangali jantu ra virus bata ..ani matra nepali ko bhalo hunhtyo!!!

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • vakke wrote on 24 January, 2013, 1:21

    I mean 72 arab rupaiya

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sagar limbu wrote on 24 January, 2013, 2:06

    yo brastachar nai ho.yiniharu sana thula remote control bata chalne robot haru hun. yi robotharu nepali jantako birudha nirman garieko ra parichalan garieka chhan. tesaile yesko sabaile birodh garnu parcha.bhrastachariharu murdabad

    sagar limbu
    chairman
    discharged people’s liberation army nepal
    central struggle committee

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jhamu Magar wrote on 24 January, 2013, 2:41

    saalaa kukur haru sabai eutai dayang ka mula hun sala haru lai sungur rete jasari ghati retnu parne………..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prem krishna prasai wrote on 24 January, 2013, 4:24

    jungle ma basta bank lute aba desh lutana thale ye daka haru le…………..?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • हरेराम wrote on 24 January, 2013, 5:34

    यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैन किनकी नेपाली जनताको चाहना नै यही थियो । नत्र कहाबाट आउथ्यो माओवादीलाई त्यत्रो भोट ।

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Suraj wrote on 24 January, 2013, 5:54

    Amamamaam mantralaya bata Paisa chorneee kasko ‘Maaseter Plan ho’(haku kale ko style ma) … ekalai eaklai chornee timi haru Haku lai na bolauneee

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु