सडकवाटै सरकार ढाल्छौँ : केसी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सडकवाटै सरकार ढाल्छौँ : केसी

१० माघ, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकीकृत माओवादीको तानाशाही व्यवहारले दलहरुवीच सहमति हुन नसकेको आरोप लगाउनु भएको छ । एमाओवादी सत्ता पनि छोड्न र नयाँ निर्वाचनमा पनि जान नचाहेकाले सहमति हुन ढिलाई भइरहेको केसीको भनाई छ ।

नेपाल प्रेस युनियन मोरङले बुधवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा केसीले मुलुकलाई निकास दिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजीनामा दिनुको अर्को विकल्प नरहेको वताउनुभयो । उहाँले भट्टराई नेतृत्वको सरकारको बर्हिगमनपछि बन्ने राष्ट्रिय सहमतिको सरकारले मात्रै नयाँ निर्वाचन गराउन सक्ने वताउनुभयो ।

उहाँले एमाओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा उठाएर निर्वाचनबाट पन्छिने र सत्ता लम्ब्याउन खोजेको आरोप लगाउनुभयो । केसीले सरकारविरुद्ध विपक्षी दल आन्दोलनमा रहेकाले वर्तमान सरकारलाई सडकवाटै हटाउने दावी गर्नुभयो ।

14 Comments on “सडकवाटै सरकार ढाल्छौँ : केसी”
  • Afghan shank (Rocket city) myagdi wrote on 23 January, 2013, 9:16

    एमाओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा उठाएर निर्वाचनबाट पन्छिने र सत्ता लम्ब्याउन खोजेको नहोला भन्न सकिदैन

    Like or Dislike: Thumb up 4 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    kumar Reply:

    विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
    माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्‍यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • cmmaleku wrote on 23 January, 2013, 9:31

    Prajatantrik samajbadi karyakram lyayamatra Sarakar Dalnasakchha.Bhasan juluslematra kehihunewala chhaina…

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • pravin wrote on 23 January, 2013, 9:44

    NAPIS…….

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 23 January, 2013, 9:45

    थुक्क नामर्द नेता हरु हो काम छैन है?येसरी सरकार ढलौनु पर्छ र उसरी धलौनु पर्छ भनेर बस् ,उता इंडिया ले येही मौका हो भनेर नक्कली लुम्बिनी बनाई सक्यो ,जंगे पिलर सरिसक्यो पत्तो छैन गधाहरु हो ,कसले साथ दिन्छा र सडकबाट आन्दोलन गर्छु भन्छौ ?

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • avi bhattarai wrote on 23 January, 2013, 11:11

    kasta kasta kaha gaye musaka chora darbar vaneko yehi ho…………….. timiharuko aandolan le sarkar dhale ta ma jibro katera faldinnchhu …………. kasle satha dinchha ra garchhau aandolan

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • gautama wrote on 23 January, 2013, 11:17

    ghanta ko tanashah? tanashah le pani bikalpa dincha? timiharuko buddima birko lageko- aru kehi haina. timiharule chunab garda dhadali raheet hune, arule garda nahune?

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 23 January, 2013, 12:00

    ‘सडकवाटै सरकार ढाल्छौँ’ सरकार ढाल्छौ.. सरकार ढाल्छौ / होइन नेताहरु ले यो बाहेक अरु कुरा भन्न जान्दैनन कि क्या हो ? ल सरकार तिमि हरु ले चलाउने भए देश र जनताको हितमा काम गर्दा सम्म हाम्रो सहमति हुने छ . भनेर नेता ले भन्ने दिन कहिले आउला ? यी नालाएकहरुको बुद्धि के आउला ? झन् यी के सी बूढा ? पन्च्यात हुँदा पन्चे बनेर सत्ता को मज्जा लिए, बहुदल आयपछी मन्त्रि बनेर मज्जा लिए , अहिले कुर्ची नपाएर बहुलाएका छन् /

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Krishna Prasad wrote on 23 January, 2013, 12:15

    Laaj lagnu parne ho nakachcharaharulai.

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • आत्माराम प्रसाद wrote on 23 January, 2013, 12:22

    गलत दम्भ. यस्ता दम्भले देश बिग्रेको हो.

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • mukund wrote on 23 January, 2013, 15:33

    sathi haru ho sarkari jagir bhayko bhye penson pakthiyo bidesh ma hidda hinda adha umer ko bhaye feri pabi yo desh ma kahile santi na huni vo yee chor haro le jahile vo aandolan bhanda aru janeka 6ina janta nai nabuj hun jasto malai lag6….!!!!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sushma niraula wrote on 23 January, 2013, 17:22

    डिमाग लगा पासा बल हैन् ……

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hari prasad nepali wrote on 24 January, 2013, 5:52

    तिमीहरुले चाहेर नै हुनेहो भने त पहिला नी ढालीसक्ने थियौ साथि … खै जनता आन्दोलन गर्न ???

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sameer wrote on 24 January, 2013, 7:07

    होइन हामी किन एक भएर जान सकिन्न??? किन आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्दैन??? एक अर्काको खुट्टा तान्ने प्रवृति हट्नु पर्छ! हिजोको दिनहरुमा तपाईहरुको पार्टीले पनि सरकार चलायकै हो त्यति बेला पनि तपाईहरु देशलाई निकाश दिन सक्नु भयन फेरी किन ठुलो ठुलो अनि जनतालाई दुख दिने काम गर्नु हुन्छ???? तपाईहरु सक्नुहुन्छ भने अहिलेको सरकारलाई साथ दिनुहोस होइन भने चुप लागेर बस्नुमै उचित होला! किनकी तपाईहरुको स्वद थाहा पाइसके जनताले।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु