राजनाथ सिंह फेरि भाजपाको अध्यक्ष बने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

राजनाथ सिंह फेरि भाजपाको अध्यक्ष बने

१० माघ, काठमाडौं । राजनाथ सिंह फेरि भारतीय जनता पार्टीको अध्यक्ष बनेका छन् । राजधानी नयाँदिल्लीस्थित पार्टी मुल्यालयमा सिंहलाई पार्टी अध्यक्ष घोषणा गरिएको हो ।

सिंह सन् २०१५ सम्मका लागि निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी २००४ देखि ०९ सम्म पनि भाजपाका अध्यक्ष थिए । त्यसपछि नितिन गडकरी अध्यक्ष बनेका थिए । भष्ट्राचारकेा आरोप लागेका गडकरीले बुधबार राजीनामा दिएका थिए ।

सिंहले पार्टीले गडकरीलाई नै दोस्रो कार्यकालको जिम्मेबारी दिने तयारी गरिरहेको अवस्थामा राजीनामा आएकाले आफूले जिम्मेबारी सम्हाल्नु परेको बताए । उनले भने-’म यसलाई पदका रुपमा हैन, दायित्वका रुपमा स्वीकार गर्छु ।’

वरिष्ठ नेता लालकृष्ण आडवाणीले आगामी निर्वाचनमा पार्टीलाई जिताउन आवश्यक परीश्रम र श्रमता सिंहमा भएको बताए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु