सुन अभावले व्यवसायी मर्कामा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सुन अभावले व्यवसायी मर्कामा

भारतका कारण नेपाली सुन व्यवसाय प्रभावित

१० माघ, काठमाडौं । माघ लागेपछि व्यापार बढ्ने आशमा रहेका सुन व्यवसायी अहिले चिन्तित छन् । विवाहको मौसम हुँदासमेत कारोबार उत्साहजनक नरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । ‘माग अनुसार पुर्याउन नसक्दा कारोबार उत्साहजनक छैन’ संघका अध्यक्ष तेजरत्न शाक्यले अनलाइनखबरलाई बताउनुभयो ।

शाक्यका अनुसार माघ लाग्नेबित्तिकै सुनको माग पनि बढेको छ । ‘सिजनको बेला भएकाले माग दैनिक ३५ किलो हाराहारीमा छ’ उहाँले भन्नुभयो-’तर बैंकले १५ किलो मात्र उपलव्ध गराउने भएकाले हामीले माग भए पनि बेच्न पाएका छैनौं ।’

भारतको सोझो असर

भारतले सुनको भन्सार बढाएपछि नेपाली बजारमा यसको सोझो असर परेको छ । ‘बैंकले थोरै दिँदा एकातिर समस्या छँदैथियो । अर्कोतिर भारतले भन्सार बढाउँदा समेत अभाव थपिएको छ’ शाक्यले भन्नुभयो । भन्सार बृद्धिपछि भारतीय बजारमा सुनको भाउ बढेको छ । यसको असर नेपाली बजारमा परेको हो । यसबाट चीन हुँदै नेपाल भएर अवैध रुपमा निर्यात हुने सुनको माग पनि बढ्ने व्यवसायीहरु बताउँछन् ।

मूल्य स्थिर

तीन दिनदेखि सुनको भाउ स्थिर छ । सोमबार, मंगलबार र बुधबार सुन तोलाको ५८ हजार ६ सय रुपैंयामा कारोबार भएको संघले जनाएको छ । चाँदीको मूल्य भने थपघट भैरहेको छ । बुधबार चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैंया बढेर तोलाको १ हजार १ सय ४० रुपैंया पुगेको छ ।

2 Comments on “सुन अभावले व्यवसायी मर्कामा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु