नेपाली समाज युएईको पाठकसंग अन्तरक्रिया (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली समाज युएईको पाठकसंग अन्तरक्रिया (फोटोफिचर)

उमाकान्त पाण्डे

अबुधाबी । नेपालका वरिष्ठ संचारकर्मी दिल भुषण पाठकसगं दुबर्इमा खुल्ला भेटघाट तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज युएईको स्थानिय संयोजकत्वमा सम्पन्न कार्यक्रममा यहाँ कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती थियो । दुबइ मेट्रो पार्कमा भएको कार्यक्रममा घरेलु महिला कामदार देखी बिभिन्न कम्पनीको उच्च स्तरिय पदमा कार्यरत नेपालीहरुको उपस्थिति थियो ।प्रमुख अतिथि पाठकलाई नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल तथा उपाध्यक्ष सालीक सुवेदीले सयुत्त रुपमा खादा ओढाएर स्वागत एवम सम्मान गरेका थिए । कार्यक्रमको औपचारिक सन्चालन गोपाल कडेंलले गरेका थिए भने कार्यक्रममा प्रस्तुत गरिने बिषय बस्तुलाई बुँदागत रुपमा अध्यक्ष ढकालले प्रस्ट परेका थिए ।

कार्यक्रममा आम सर्वसाधारणको आवाजलाई पत्रकार पाठकले ध्यानपुर्वक श्रवण गर्दै यहाँका आवाजलाई सम्बन्धित निकाय सम्म पुराएर ध्यान केन्द्रित गराउन आफुले सक्दो पहल गर्ने बताएका थिए । कार्यक्रममा आम सर्वसाधारणाको बाक्लो उपशिती थियो । उपस्थित सबैले राख्ने गुनासामा श्रम सम्बन्धी मुद्दा बडी देखिन्थे । भिसा प्राप्त गरे पछी पनि श्रम बिभाग बाट बिभिन्न बहनावाजीमा श्रम नगरि दिने , श्रम गर्न गराउन पनि कुनै माध्यम अपनाउनु पर्ने जस्ता बिषय धेरैले राखेका थिए । आबश्यक कानुनी प्रकृया नभै झन्झटिलो ब्यबस्थाले गर्दा भ्रस्ट्राचार तथा घुस खोरीको क्रम झ्याङिएको दुखेसो युएई बासी नेपालीको थियो ।

यस्तै आवाजलाई प्रतिनिधित्व गर्दै अर्घाखाँची संपर्क समिति युएईका अध्यक्ष राजु खड्काले भने ” श्रमकाका लागी दुतावास मा गरिने नाता प्रमाणितका कागज पत्रलाई समेत प्रमाणिकी करण गर्न धेरै समय लाग्ने भएकोले बरु सम्बन्धित ब्यत्तिको स्थाई जिल्लामा रहेको स्थानिय प्रशासन मार्फत प्राप्त गरिने पत्रका आधारमा छिट्टो छरितो ढंग बाट काम गरिदिए अलिक सरलता हुन्छ” । उनले भने ” भिसा कपी नै समब्न्धित ब्यत्तीको स्थाई जिल्लामा रहेको स्थानिय प्रशासन मार्फत श्रम मन्त्रालयलाई पत्र पठाएर श्रम गर्ने ब्यबस्था गरे अलिक सजिलो हुन्थ्यौ।’

 त्यस्तै बाग्लुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कडेंलले युएर्इ नेपालीको राम्रो रोजगारी गन्तब्य मुलुक भएको तथा दुतावास आबुधाबीमा मात्र सिमित रहेकोले युएईका अन्य शहरमा कन्सुलेट स्थापना गरेर भए पनि सेवा सुविधा विस्तार गर्नु पर्नेमा जोड दिएका थिए । ब्यवसायी दिपक राज पौडेलले यहाँ व्यवसाय गर्न सजिलो र फाईदा मुलक भए पनि नेपाल सरकार र त्यसका निकायहरुले खासै सहयोग नगर्ने धारणा राखेका थिए । नेपाली महिला समितिकी अध्यक्ष राधा ढकालले युएईमा आउने महिला कमादारको उमेर हक बन्धी लगाएको मा आपत्ति जनाएकी थिईन । १८ बर्ष पुरा गरे पछी राहदानी दिने राहदानी पाउन योग्य ब्यत्तीलाई रोजगारीलागी बैदेशिक रोजगारीमा जान रोक लगाउने सरकारको नितिगत निर्णयको उनले बिरोध गरिन ।

 कार्यक्रममा उठेका सबै बिषयलाई नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले सहजीकरण गरेका थिए । युएईमा कार्यरत नेपालीको अवस्था र यहाँ कार्यरत नेपालीको सबल र दुर्बल पक्षका बारे पत्रकार पाठकलाई ढकालले जानकारी गराएका थिए । यहाँ कार्यरत नेपालीको न्युनतम तलब सेवा सुबिधाका बारे पुनह:श्रम सम्झौता गर्नु पर्ने देखिएको समेत ढकालको भनाइ थियो । कार्यक्रममा उठेका सबै बिषयलाई बुद्दागत रुपमा उल्लेख गरी दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र मार्फत बुझाउने ढकालले जानकारी गराएका थिए । कार्यक्रममा नेपाली समाज युएईका उपाध्यक्ष सालीक सुवेदी, सह-कोषाध्यक्ष शिवराज जैसी , केन्द्रिय सदस्य स्गुप्त शेखर पौडेल , लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु