१० माघ, विराटनगर । नापतौल यन्त्रको अनुमतिपत्र नलिई अवैधरुपमा कारोबार गर्ने मोरङका विभिन्न पाँच उद्योग कारबाहीमा परेका छन् । भोमिया इन्डस्टि्रज विराटनगरसहित मोरङ जिल्लाअन्तर्गतका पाँच विभिन्न उद्योगमाथि कारबाही गरिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशीभूषण यादवले बताउनुभयो ।
कारबाहीमा पर्ने उद्योगमा उत्सव ओभरसीज प्रालि कटहरी-दुई, भोमिया इन्डस्टि्रज विराटनगर- तीन, शङ्करपुर बाबा बायोटेक कटहरी- दुई, मोरङ गुहेश्वरी ट्वाइन प्रालि कटहरी- चार र गणेश फुडवेयर इडस्टि्रज पोखरीया रहेको छन् ।
नापतौल अनुमति पत्र नलिई कारोबार गरेको देखिएकाले नापतौल ऐन २०२५ अनुसार कारबाही गरिएको हो ।भोमिया इन्डस्टि्रजले पाइप ˆलास्टिक उत्पादनमा आकार, मोटाइ नलेखेको र वषार्ंैदेखि उपभोक्तालाई ठगी गर्दै आएको र अन्य उद्योगले पनि तौलमा १५० ग्रामसम्म ठगी गरेकाले कालोबजारी ऐनअनुसार कारबाही गरिने प्रक्रिया अगाडि बढाइएको छ ।