इङ्ग्ल्याण्डविरुद्धको श्रृखला भारतको पोल्टामा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इङ्ग्ल्याण्डविरुद्धको श्रृखला भारतको पोल्टामा

१० माघ, काठमाडौं । इङ्ग्रल्याण्डविरुद्धको चोथो एकदिवसीय क्रिकेट भारतले ५ विकेटले जितेको छ । यससँगै उसले ५ एकदिवसीय श्रृखला ३-१ ले आफ्नो पक्षमा पारेको छ ।

पहिले व्याटिङले इङ्गल्याण्डले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५७ रन बनायो । उसका लागि केभिन पिटरसनले ७६ तथा जोय रुटले ५७ रन बनाए । भारतका रविन्द्र जडेजाले ३ तथा इशान्त शर्मा र आर अश्वीनले समान २/२ विकेट लिए ।

जवाफमा व्याटिङ थालेको भारतले ४७ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा २ सय ५८ रन बनायो । उसका लागि सुरेश रैना ८९ तथा रोहित शर्मा ८३ रन बनाए ।

अष्ट्रेलिया ३२ रनले विजयी

श्रीलंकाविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय क्रिकेट अष्ट्रेलियाले ३२ रनले जितेको छ । यससँगै पाँच एकदिवसीय क्रिकेट श्रृखला २-२ को बराबरीमा सकिएको छ ।

पहिले व्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा फिलिप हृयुगको शतकको मदतमा ५ विकेटको क्षतिमा २ सय ४७ रन बनायो । फिलिपले अविजित १ सय ३८ रन बनाए । जवाफमा मैदान उत्रिएको श्रीलंका ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन बनायो । उसका लागि एन्जेलो मेथ्युले सर्वाधिक ६७ रन बनाएपनि हार टार्न सकेन ।

 

One Comment on “इङ्ग्ल्याण्डविरुद्धको श्रृखला भारतको पोल्टामा”
  • ishika wrote on 25 January, 2013, 4:50

    इंडिया ले जित्ने आफ्नो घर मा मात्रै हो उसले बाहिर गयर जितेको तेती निउज पाईदैन इंगलैंड राम्रो देस हो क्रिच्केट मा इंडिया भन्दा

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु