श्रीप्रसाद पण्डित, पूर्वरजिष्टार (सर्वोच्च अदालत)
गत एक महीनादेखि महिला हिंसा विरुद्धको आन्दोलनले नेपालमा गति लिएको छ । तर, यही अवधिमा बोल्नेको पीठो बिक्ने, बोल्न नसक्नेको चामल पनि नबिक्ने भनेझैं गरीव असहाय महिलाविरुद्ध भएका हिंसा भने ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’ भनेजस्तो आभाष हुन थालेको छ । समाज र राज्यप्रति कुनै कानूनी दायित्व नभएका अधिकारवादीहरुलाई यस्ता गरीव असहाय महिलाविरुद्ध भएको हिंसाले ‘श्राद्धमा बिरालो बाँध्ने’जस्तो औपचारिकता निर्वाह गराउनुबाहेक केही गर्न सकेको देखिएन ।
राज्यसंयन्त्रमा बलशालीहरुको पहूँचले गर्दा गरीव असहाय महिलाहरु आफूउपर भएको हिंसालाई पीडितकै गल्तीका कारणले पीडितले हिंसा सहनुपरेको हो, बाह्य कारणले होइन भन्ने सुन्न बाध्य पार्न लागिएको छ । यथार्थमा महिला हिंसाको नारा उचाल्दै बालुवाटार वा सिंहदरबार घेर्न जाने, त्यसरी जुलुसले खिचेको तस्वीर वा भिडिओ क्लीपमार्फत् आफ्नो संस्थालाई आर्थिक सहयोग गरिरहेका आफ्ना अन्नदाता (मालिक ?) का रुपमा रहेका अन्तर्राष्ट्रिय दातृ निकायलाई पठाउने र त्यसकै आडमा भोलि विदेशी मुद्रामा मोटो रकम पुरस्कारको रुपमा लिने साधन भएका छन् गरीव र असहाय महिलाहरु । पीडितलाई न्याय दिलाउन अन्तिम अवस्थासम्म लागी रहने, दोषीलाई सजाय दिलाउन प्रत्येक दिन हुने कानूनी कारबाहीको अनुगमन र ताकेता गर्ने र सर्जमीन गर्दा पीडितका मान्छेका भनाइ राख्न दिनेदेखि लिएर फोरेन्सिक प्रयोगशालामा पनि झारा टार्ने काम गरिन्छ भन्ने कुराका लागि अधिकारकर्मी सूर्योदयदेखि सूर्यास्तसम्म अनुगमन गरिरहने फुर्सद अधिकारकर्मीलाई छैन । अथवा, यसो गर्नु यिनीहरुको कर्तव्य नै होइन ।
भोलाकुमारीको मुद्दा
काभ्रेपलान्चोककी भोलाकुमारी चौलागाईलाई यही काठमाडैंामा मारिएछ र नुवाकोटको रानीपौवा नजिक लगेर आत्महत्या गरेर मरेको भन्ने पार्नलाई रुखमा झुण्ड्याइएछ, । कुनै अधिकारकर्मी संलग्न नभएको त्योबेलामा काभ्रेका महिलाहरु स्वतःस्फूर्त रुपमा प्रत्येक दिन जुलुस गर्दै राज्य संयन्त्रका आधिकारिक निकायसमक्ष लगातार विरोध प्रदर्शन गर्थे र त्यतिखेर दोहोर्याएर पोष्टमोर्टम परीक्षण गरिएको थियो र नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलेर ज्यान मारेको ठहर फैसला भई अहिले पुनरावेन परी मुद्दा पुनरावेन अदालत पाटनमा विचाराधीन रहेको छ ।
सरस्वतीको कथा
यतिबेला डा. रेणु राजभण्डारीले आफूहरुले सरस्वती सुवेदीको दोहोर्याएर पोष्टमोर्टम गराउन सरकारलाई इतिहासमै पहिलोपटक बाध्य बनाएर बहादुरी गरेको कुरा टेलिभिजनबाट अन्तर्वार्ता दिनुभएको सुनियो । उहाँले ‘काटें मुसाको कान, जोगाएँ ससुराको धान’ भनेझैं गरे पनि सरस्वती सुवेदीको मृत्युलाई आत्महत्या नै हो भनी प्रमाणित गराउन के-के हुनसक्थ्यो भन्नेतिर रेणुजीको ध्यान पुगेको देखिएन ।
अनामनगरमा एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा त्यही घरले उपलव्ध गराएको टहरोमा छोरीका साथमा बस्ने गरेकी सरस्वती सुवेदी (घरमा बोलाउने नाम ललिता हो) घट्टेकुलोकी हुन् । म पनि घट्टेकुलोकै बासिन्दा र उनीहरुको छिमेकी भएको नाताले बाहृयरुपमा देखिने त्यो परिवारको केही कुरा अरु छिमेकीसरह परिचित नै छु । यिनीहरु झापातिरका हुन् । एउटा मात्र छोरा अकालमै मरेकाले पुत्रशोकबाट भुलिन्छ कि भनी राजधानीमा छिरेका रहेछन् सरस्वतीका पिता माता । उनका माता-पिता विगत ५-६ वर्षदेखि घट्टेकुलामै बस्दै आएकाछन् । सरस्वती र उनकी बहिनीले आफ्ना बृद्ध मातापिताको पालन पोषणमा छोरालाई नै बिर्साउने गरी भरथेग गरिरहेका थिए । आर्थिक दृष्टिले अत्यन्त सकसपूर्ण जीवन गुजारा गरिरहेको त्यो परिवार अर्काको भाँडा माझेर, सुत्केरीलाई तेल लगाइदिने काम गरेर र प्रत्येक शनिवार ५-६ घरमा लुगा धोएर जीवन गुजारा गर्दै आएको छ । सरस्वती सुवेदी त्यो परिवारको जेठी छोरी थिइन्, २२ वर्षको कल्कलाउँदो उमेरमा नै नियतिले उनलाई विधवा बनायो एउटी छोरी काखमा सुम्पेर । आज उनकी छोरी ९ वर्षकी भै सकेकी छिन् ।
वारदातमा बुझ्नुपर्ने कुराहरु
सरस्वती सुवेदीको मृत्यु सम्बन्धमा राज्यले गरिरहेको अनुसन्धानको क्रममा थुनामा रहेका व्यक्तिका आफन्तहरुले ‘अनामनगर समाज’का नाममा सो परिवारको चरित्रहत्या गरेको र उनीहरुलाई थुनामा राखेको भन्दै सिंहदरबार दक्षिणढोका अगाडि प्रदर्शन गरे । पढाइमा अत्यन्त तेजिला छोरालाई समेत हिरासतमा राख्दा उनको पढाइ बिगि्रयो भनेर राज्यबाट क्षतिपूर्ति समेत माग गरियो ।
विरोधका क्रममा सरस्वती सुवेदीको दुई-दुईचोटि शव परीक्षण गर्दा पनि झुण्डिएर नै मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्टले देखाइसकेको अवस्थामा सरस्वतीले आत्महत्या नै गरेकी हुन् भन्ने निचोड निकालिएको छ । राजधानीबाट निस्कने पत्रिकाले पनि जनमत सिर्जना गराउनका लागि आशंकित परिवारमाथि अन्याय भएकै हो भनी अदालतले भन्नुअघि नै आत्महत्याको निश्कर्ष निकाले ।
आरोपी परिवारले आफ्नो निर्दोषिता प्रमाणित गराउन आँफैले जे गरिरहेको छ, त्यो कानुनसम्मत हुनुपर्छ । हुन सक्छ, उनीहरु निर्दोष नै होउन् । त्यो परिवारले सरस्वती जुन वस्तुको पासो लगाएर झुण्डिइन् भनेको छ, त्यो पासो नै काटिदियो भने सरस्वती सुवेदीलाई बचाउन सकिन्छ कि भन्ने नाममा पासो काटिदिएको भनेका छन् । सरस्वती शौचालयभित्र छिरिछन् रे, धेरैबेर भयो निस्किनन् भनेर केही भयो कि भन्ने शंकाले ढोका फुटाएरभित्र पस्दा त झुण्डिएको अवस्थामा देखिइन् रे । मान्छेलाई कब्जियत हुन सक्छ, शौचालयभित्र पसेको मान्छे कति समयभित्र निस्केन भने ढोका फोरेर भित्र छिर्नु पर्छ भन्ने मापन सो परिवारले गर्यो ? एउटी महिला शौचालयभित्र पसेको थाहा हुँदाहुँदै किन भित्र छिरियो ?
पोष्टमार्टम रिपोर्टको सीमा
सरस्वतीको घाँटीमा भएको चोट हेर्दा झुण्डिएको कारणले मृत्यु भएको भन्ने पोष्ट मार्टमरिपोर्टलाई चुनौती दिन नसकिएला । तर, आँफै झुण्डिएको हो कि झुण्ड्याइएको भन्ने कुरा पोष्टमार्टम गर्ने डाक्टरले भन्न सक्दैनन्, यो कुराको निक्र्यौल प्रमाण र घटनास्थल समेतको परिवेश एवं पस्थितिको मूल्यांकन गरेर मात्र हुन सक्छ र यस्तो निक्र्यौल गर्ने निकाय भनेको अदालत नै हो ।
भन्नु परोइन, फाँसीको सजाय पाएर मृत्युवरण गर्न विवश व्यक्तिको पनि पोष्टमार्टम गर्दा सरस्वतीको जस्तै झुण्डिएका कारणले मृत्यु भएको भन्ने नै निस्कन्छ । तर, यसको मतलव फाँसी पाएको व्यक्तिले आत्महत्या गरेको भन्ने निश्कर्ष निकाल्न मिल्छ र ? आफैं झुण्डिइन् कि अरुले झुण्ड्यार मार्यो भन्ने कुराको अनुसन्धान प्रहरीले मात्र गर्न सक्छ ।
सरस्वतीको त्यो अवस्था देखेपछि तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्ने थियो । घटनास्थल सिंहदरबारको महानगरीय प्रहरी बृत्तबाट हिँडेर पनि तीन मिनेटभन्दा टाढाको दूरीमा छैन । सरस्वतीको खुट्टालाई अँगालोले बाँधेर अलिकति उचालिदिएको भए भक्तपुरबाट नै आउनुपरे पनि प्रहरी नआउञ्जेल सरस्वतीलाई यथावस्थामा राख्न सकिन्थ्यो । सरस्वती करीव ३२ वर्षकी युवती थिइन् । राजा त्रिभुवनको र महेन्द्रको उमेर १४ वर्षको फरक थियो भने घरबेटीको उमेर पनि भरखर ५४ वर्षको मात्रै रहेछ । उनीहरुको संम्बन्ध जे जस्तो रहे पनि सरस्वतीको अस्वाभाविक मृत्युपछि यस्ता शंकाहरु उठ्नु अस्वाभाविक होइन । यस्तो अवस्थामा सरस्वतीको मृत्यु सम्बन्धमा प्रमाणलाई नष्ट हुनबाट जोगाई अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गरी आफ्नो निर्दोषिता सिद्ध गर्न प्रयत्नरत हुनुपर्नेमा आफ्नो सम्बन्ध प्रभावशाली व्यक्तित्वहरुसँग भएको भन्ने आडमा घटनालाई आत्महत्या नै सिद्ध गर्न पहिलेदेखि नै लागिपरेको जस्तो देखियो । सुनिए अनुसार त्यस परिवारको सम्बन्ध त्यस्तो अत्यन्त बलशाली प्रहरी अधिकृतसँग जोडिएको चर्चा पनि छ जसले झण्डै झण्डै बाबुराम भट्टराईलाई नै प्रधानमन्त्रीको कुर्सीबाट हुत्याइदिएको थियो राजनैतिक समीकरण नै उनको कारणले बदलिन्छ कि भनेर । उनको हस्तक्षेप नहुन पनि सक्छ, तर, खोरमा बाख्रो हराउनु र वनमा बाघ कराउने घटना एकसाथ भएकोले समाजले शंका गर्नु बेमुनासिब पनि त थिएन ।
सरस्वती घरेलु नोकर थिइन् । उनी पनि डेकेन्द्र थापाझैं एउटा पत्रकार वा प्रभावशाली परिवारको भएको भए आज यो देशको संक्रमणकालले नै निकास पाउने गरी आन्दोलन हुने थियो, सञ्चार माध्यमले सरस्वतीको मृत्युलाई अर्कै कोणले हेर्ने थियो कि ?
आत्महत्याको जुरिस्प्रुडेन्स
मोदीको मेडिकल जुरिस्प्रुडेन्स (Medical Jurisprudence, 22nd Edition page 620) ले भन्छ, मान्छेले त्यसै आत्महत्या गर्दैन । मनोचिकित्सकहरु र उक्त जुरिस्प्रुडेन्सका अनुसार आत्महत्या गर्ने व्यक्तिले खास प्रकृति पहिलेदेखि नै देखाएका हुन्छन् । बराबर डाक्टरकहाँ लगिरहेको हुनुपर्छ । धेरै पहिलादेखि नै यस्ता व्यक्तिमा निराशापन देखिन्छ, कसैसँग बोल्न मन गर्दैन, बाँच्न मन नलागेको कुरा गर्छ, इत्यादि लक्षणहरु देखिन्छन् । आत्महत्या गर्नेको सुइसाइड नोट पनि प्रायः भेटिने गर्छ । भेटि्टए पनि उसका हस्ताक्षर हो कि होइन भन्ने परीक्षण गर्नुपर्छ ।
पासो लगाउनलाई सिलिङ्गको उचाइ कति थियो, केमा चढेर सिलिङ्गमा पासो अड्काइयो, पासो कत्तिको बलियो थियो, जमीन र खुट्टाको दूरी कति फरक थियो ? इत्यादि प्रश्नहरुको पनि पूरा जाँच गरिएको हुनुपर्छ । महिलाले आत्महत्या गर्दा कुनै पुरुष सदस्यसँग अन्तरंग सम्बन्ध थियो कि भन्ने शंकालाई निवारण गर्नको लागि मृतकको गुप्तांगको रांंैलाई काँगियो कोरेर डि.एन्.ए. परीक्षण गराउनु पर्छ । त्यस्तो रांैमा अरु व्यक्तिको रौं पनि भेटि्टन्छ कि भनेर हेर्नुपर्छ । महिलाको शरीर र ओछ्यानमा समेत वीर्यको चिन्ह छ कि छैन भनेर बैज्ञानिक जाँचसमेत गराउनुपर्छ ।
नेपालमा कानूनको शासनको व्यंग्य गर्दै कवि भीमनिधि तिवारीले लेखेका यी शब्द कालजयी छैनन् त ?
सडकबीच कुकुर बस्छ, उसको ज्यानै जान्छ,
त्यही ठाउँमा साँढे बस्छ, मोटर घुमी जान्छ ।
Article interesting lagyo.
Well-loved. Like or Dislike:
28
0
[जवाफ फर्काउनुहोस्]
नेपालमा जस्को शक्ती उस्को भक्ती जस्तै भएको छ
यहाँ सानालाई एन ठुलालाई चैन यसरि कती सम्म चल्छ खै
Well-loved. Like or Dislike:
29
0
[जवाफ फर्काउनुहोस्]
auta lukeko satya bahira lyauna khojnuvayako rai6!!!artical ramro lagyo…
Well-loved. Like or Dislike:
21
0
[जवाफ फर्काउनुहोस्]
u r so right
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
: यो चाँही साँच्चै कालजयी नै छ! निकै सटिक छ! राम्रै र सत्य ब्यन्य हो यो हामि सबैलाई! धन्यबाद् कबी भिमनिधी ज्यु लाई!
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
pet ma bachha raher daar va ko bhaye,yetra upaye 6n,balatkar bhanu bhane samajhdari ma nai kuro va hola,ghar veti le marer tesari jhundyaunda kanun le k bhan6? ba4r garenan hola? hamile herda banchne rahar na bhayer ho jasto lag6,science lai manne ho bhane,dr report lai mannu paryo ni!!!!
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
sangam Reply: January 25th, 2013 at 3:48 am
k timile dekhe ka 6au? Samjdari ma sex vayo vanne kura? Hattya ko aaropi timi pani ho jasto lagyo. Ki prasai ko reletiv. Tyo hattya nai ho
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
Dev Reply: January 25th, 2013 at 11:11 am
के नेपालमा कहिले ठुला का मान्छे जेल गएको देख्याछौ तिमीले? के तिमीले गरीब अशहाये को पक्षमा न्याय भयको थाहा पाएका छौ तिमीले? के नेपालका पहुंच वाला ले जाबो पोस्टमर्टम गर्ने डाक्टर आफ्नै राख्न सक्दैनन र? तेत्रो पहुंच भएक र एजुकटेड घरपेटी लाई पुलिस लाई पहिले खबर गर्न पर्छ आफुले hyandle गर्नु भन्दा पहिले भन्ने थाहा हुन्न? यो त खुले आमा थाहा छनी त्यो सिदै हत्या नै हो भन्ने। घरपेटी को त CP Mainali देखी पुलिस का हाई कमाण्ड सम्मा पहुछ छ, अनी मानब अधिकारबादी उस्का आफन्त छन। त्यो साब कुरा त बाहिर अाइनै सक्यो। बिचरा तिन्को पो कोइ थिएन चिनेको र पहुंच वाल। यो त आम धनीमानी नेपालीको घरमा पहिले देखी चली आएको एउटा घटना मात्र हो। पैसा को भरमा एसखाले केसहरु मा उनिहरुले नै जित्नेहो जस्को पहुंच छ र जस्ले न्ययेधीस् सम्माको खल्ती भर्न सक्छन। तेही भएर समाचार को इती थाहा पाये मात्र कमेन्ट गर्दा कस्तो होला। त्यसो गरे ति मारिएकी महिला को आत्मा ले शान्ती पाउला।
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
पक्कै पनि ठालु हरुले निमुखा हरुलाई फसाउने दबाउने कुरा सहन हुन्दैन सकिन्न पनि……तर यहाँ ले भनेको जस्तो प्रहरी आउन्जेल….झुण्डिएको मान्छेलाइ थामेर बस्ने मुर्खता कसैले पनि गर्दैन…….गर्न हुन्दैन पनि…….मैले त्यहि गरेको भए मेरा बा…..पनि………….लेखक को घरमा आफ्नै बुढी छोरी या छोरा झुन्डिएको अवस्थामा के गर्दा हुन् कुन्नि थाहा भएन….तर मान्छे मा त्यति धेरै संयमता हुन्दैन…..यदि सुनियोजित रुपमा झुन्दयेरा मारिएको छ भने त्यो सम्भव हुन सक्छ…….र लेखक को यो हरफ चैं अनौठै लग्यो…….’मान्छेलाई कब्जियत हुन सक्छ, शौचालयभित्र पसेको मान्छे कति समयभित्र निस्केन भने ढोका फोरेर भित्र छिर्नु पर्छ भन्ने मापन सो परिवारले गर्यो ? एउटी महिला शौचालयभित्र पसेको थाहा हुँदाहुँदै किन भित्र छिरियो ?’…………मलाई त्यो परिवार को बारेमा के हि पनि थाहा भएन….तर उनि हरुले…….४-५ घण्टा पछि पो फोरेका हुन् कि……अथवा न हुन सक्ला…… तर सुनियोजित रुपमा मारेकै हुन् भने डोरी काट्नु पर्ने के हि कारण देख्दिन ……… बिगत मा आत्महत्या गर्ने हरुलाई प्रत्यछ देखेको र बचाएको पनि भएर…..म यहाँको लेख प्रति कति पनि सहमत छैन……..त्यति मात्र हैन सारै सतही…..र बकम्फुस लेख लेख्नु भए छ….
Like or Dislike:
2
22
[जवाफ फर्काउनुहोस्]
Dev Reply: January 25th, 2013 at 11:12 am
घरपेटी को त CP Mainali देखी पुलिस का हाई कमाण्ड सम्मा पहुछ छ, अनी मानब अधिकारबादी उस्का आफन्त छन। त्यो साब कुरा त बाहिर अाइनै सक्यो। बिचरा तिन्को पो कोइ थिएन चिनेको र पहुंच वाल। यो त आम धनीमानी नेपालीको घरमा पहिले देखी चली आएको एउटा घटना मात्र हो। पैसा को भरमा एसखाले केसहरु मा उनिहरुले नै जित्नेहो जस्को पहुंच छ र जस्ले न्ययेधीस् सम्माको खल्ती भर्न सक्छन। तेही भएर समाचार को इती थाहा पाये मात्र कमेन्ट गर्दा कस्तो होला। त्यसो गरे ति मारिएकी महिला को आत्मा ले शान्ती पाउला।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
yo pada paddai mero aakh bata asunai bahira khoje yo bilkula tito satya ho ma pani kata kata kehi kurama pidit 6u bolna sakdina yaha yastai rahe6 bolneko pitho pani bikne na bolneko chamal pani na bikne aaja mero kamjorle malainai ruwayako 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
rob Reply: January 27th, 2013 at 1:29 am
Lukayera basyo bhane ghau jhan baljhincha, k ji na k hi upaye ts hola.
Duniyama sabai kurako solution cha matra prayas ko jarurat cha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लेख राम्रो छ । लेखकलाइ धन्यावाद दिनैपर्छ । सतही र बकम्फुस लेख भन्ने महाशयले हामी जस्ता सर्वसाधारणलाइ जानकारी गराउने गरी लेख वा जानकारी गराएको अवस्थामा मात्र निजको प्रतिक्रियाले सार्थकता पाउँला । हैन भने त नाच्न नजान्ने आँगन टेढो भने झैं मात्र हो ।
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
yubaraj Reply: January 25th, 2013 at 2:32 pm
yo hatya nai bhayako ho….. tara thula bhanauda haru ko samrashan la hatyara lai jogiyako prastya 6. yadi bhagawan 6n bhana hatya garna ko pariwar lai yastai ghatana ghatos ra bachab garna ko pariwar ko lai pani, ani taha huncha pariman.
Adalat?????????????????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yestai ho hajur nepal ma jasko sakti usai ko bhakti hunchha .kati nirdosha le sajaye pauchan tara paisa ra power kai bharma doshi sagilai umkanchan .Aba garib ko ta nyya paune din gaye jasto cha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
The article clearly enlightens the facts.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]