पत्रकार एवं लेखक कनकमणि दीक्षितले बुधबार ट्वीट गर्दै भन्नुभएको छ-’बेलायतमा तानाशाह पिनोचेका वकीललाई भाडामा लिएर हाम्रो माओवादीले नेपाललाई एक सच्चा बनाना रिपब्लिक (केरा गणराज्य) को स्तरमा गिराएको छ ।’
विद्धान पत्रकार दीक्षितज्यूको भनाइमाथि अर्को पत्रकारले कुनै खण्डन-मण्डन वा टिप्पणी गर्न आवश्यक छैन । तर, यहाँ टिप्पणी गर्नुपर्ने विषयचाहिँ ‘केरा गणराज्य’को मात्र हो । विशेष गरी अमेरिकन बहुराष्ट्रिय निगमले सन् १९७८ देखि प्रयोगमा ल्याउन थालेको ‘बनाना रिपब्लिक’ पदावलीलाई नेपालीमा शब्दिक रुपान्तरण गर्दा ‘केरा गणराज्य’ हुन्छ । नेपाली वाङ्मयमा ‘केरा’को लाक्षणिक अर्थ चाहिँ अलि अर्कै लाग्छ ।
यस आलेखमा ‘बनाना गणराज्य’को इतिहास र विश्व प्रचलन खोज्ने प्रयत्न गरिएको छैन । बरु नेपाली राजनीतिलाई यही शब्दबाट सम्बोधन गरियो भने एउटा गजपको अर्थ निस्कन्छ । नेपालमा अहिले हामीले भोगिरेको र अभ्यास गर्दै आएको लोकतन्त्रलाई ‘केरा लोकतन्त्र’ को संज्ञा दिनु पक्कै पनि सही उपमा हुन सक्छ । यद्यपि हाम्रो लोकतन्त्रलाई ‘केरा लोकतन्त्र’मा गिराउने कार्यमा एमाओवादीको मात्रै भूमिका छ भनियो भनेचाहिँ ‘लोकतन्त्र’का लागि लडिरहेका अन्य राजनीतिक दल र विद्वान नागरिक अगुवाहरुमाथि निकै ठूलो अन्याय हुनेछ ।
केरा असाध्यै मीठो फल हो । केरा खेतीबाट किसानहरुले धेरै फाइदा पनि लिन सक्छन् । केरा स्वास्थ्यका लागि लाभदायक छ । केराबाट लाज ढाक्ने कपडासमेत तयार पार्न सकिन्छ । तर, नेपाली समाजमा ‘केराजस्तो’ भनियो भने यसले सकारात्मक नभई नकारात्मक अर्थ दिन्छ । केरालाई कतिपय मानिसहरुले ‘अर्ध-अश्लील’ पदावलीका रुपमा पनि प्रयोग गर्ने गर्छन् । केरा जतिसुकै राम्रो र मीठो फल भए पनि पत्रकार दीक्षितले माओवादीले नेपाललाई ‘केरा गणराज्य’ बनाएको आरोप लगाउनुको अर्थ पनि मीठो गणराज्य भन्न खोज्नुभएको पक्कै होइन । दिक्षीतले नेपाली ठेट अर्थमा नभई कंगो, क्वालालाम्पुर, साउदी अरेबिया आदि मुलुकको ‘बनाना रिपब्लिकन’तर्फ गहिरो विश्वव्यापी सिद्धान्ततर्फ संकेत गर्नुभएको हुनसक्छ । तर, ‘बनाना रिपब्लिकन’लाई नेपालमा भित्र्याएर यसलाई नेपाली मोडेलको ‘केरा लोकतन्त्र’को संज्ञा दिइयो भने नेपाली राजनीतिशास्त्रमा यसले पक्कै पनि योगदान पुर्याउला । ‘बनाना’ पदावली प्रयोग गरिसकेपछि ‘केरा’ शब्दलाई नेपाली राजनीतिमा भित्र्याउन अब किन कञ्जुस्याइँ गर्ने ?
‘केरा’जस्तो लोकतन्त्र
नेपालले अहिलेसम्म तीनपटक लोकतन्त्रको अभ्यास गरेको छ । पहिलो ००७ सालदेखि ०१७ साल, दोस्रो, ०४६ देखि ०५९ साल र तेस्रो ०६३ देखि अहिलेसम्म । यीमध्ये सबै कालखण्डको नेपाली लोकतन्त्रको चरित्र ‘केरा-लोकतन्त्र’ नै हो । ००७ सालमा राणातन्त्र ढलेपछि ०१५ सालसम्म न संविधान बन्यो, न त चुनावै भयो । राजाको टीको लगाउनेमा कांग्रेस नेता मात्रिकाप्रसाद कोइराला र प्रजापरिषद्का योद्धा टंकप्रसाद आचार्यदेखि ‘क्रान्तिकारी’ डा. केआइ सिंह कोही छुटेनन् । ०१५ देखि ०१७ सालको कांग्रेस शासनलाई वास्तविक लोकतन्त्र मान्ने हो भने वीपी कोइरालाले ‘जेल जर्नल’मा सेना कसको नियन्त्रणमा थियो र राजा महेन्द्रको ‘कु’ कसरी सफल भयो भन्ने खुलाएकै छन् ।
दोस्रो कालखण्ड अर्थात्, ०४६ पछिको नेपाली प्रजातन्त्र पनि ‘केरा-प्रजातन्त्र’ नै थियो । त्यसबेला प्रशासनमा भएको राजनीतिक हस्तक्षेप, नेताहरुले गरेको भ्रष्टाचार र राज्यमाथिको लुटको हिसाब निकाल्ने हो भने यो अवधिकस्तो थियो भन्ने प्रष्ट हुन्छ । ०४६ देखि ०५९ सम्मका शासकहरुले कमाएको सम्पत्तिमात्रै छानविन गर्ने हो भने केरा लोकतन्त्रका बोक्रा सहजै उक्किने छन् । खुमबहादुर खड्का, जेपी गुप्तादेखि लिएर कति प्रजातन्त्रवादीहरु जेलमा छन् र जेल पर्नुपर्ने कति नेताहरु सिंहदरबारमै छन् भन्ने कुराको खोजी गर्नासाथ ‘केराजस्तो लोकतन्त्र’को पहेंलो रंग सहजै देखिने छ ।
ज्ञानेन्द्रले ‘कू’ गरेर शासन हातमा लिएका बेला ‘केरा लोकतन्त्र’का हिमायतीप्रति जनताको निकै ठूलो वितृष्णा थियो । तर, पत्रकार, नागरिक समाज र माओवादीको समेत साथ पाएपछि जनतामा बद्नाम नेताहरु पुनः सत्तामा विराजमान हुने मौका पाए । ०६३ यताको ६ वर्षमा मुलुक यो स्थितिमा पुग्नुमा एमाओवादीको मात्रै भूमिका छैन, केरा लोकतन्त्रवादीहरु पनि उत्तिकै जिम्मेवार छन् भन्ने कुरो छ वर्षमा सरकारमा को-को थिए भन्ने कुराबाटै प्रष्ट हुन्छ ।
अहिले नेताहरुले जसरी मुलुकलाई भीडन्ततर्फ लैजान खोजिरहेका छन् र विगतमा जस्ते कुर्सीकै लागि लडाइँ गरिरहेका छन्, उनीहरुको यो व्यवहारले फेरि नेपाली गणतन्त्रलाई ‘बनाना गणतन्त्र’ बनाइरहेको छ । र, यसमा एमाओवादीलाई मात्रै दोष खन्याएर कांग्रेस एमालेलाई दूधले धोएको भन्नु कत्तिको वैज्ञानिक र सही विश्लेषण होला ? कांग्रेस, एमाले र माओवादी लगायतका सबै राजनीतिक शक्तिहरुले मिलिजुली नेपालमा केरा लोकतन्त्रको अभ्यास गरिरहेका छन् । अहिले एमाओवादी सरकारमा भएकाले उसलाई बढी दोष दिइए पनि कांग्रेस, एमालेले पनि अहिलेसम्म प्रयोग गरेको लोकतन्त्र ‘केरा लोकतन्त्र’ नै हो । एमाओवादी पार्टी पनि वास्तविक लोकतन्त्रवादी नभएर ‘केरा-लोकतन्त्र’कै हिमायती हो । एमाओवादी सिद्धान्तले नै लोकतन्त्रवादी पार्टी होइन ।
केराजस्तै नहोस् मिडिया र नागरिक समाज
यतिबेला कांग्रेस र एमालेको आलोचना गर्नेलाई अलोकतान्त्रिक एवं माओवादी परस्त देख्ने जुन सोचाई केही मानिसहरुमा देखा परेको छ, त्यो पनि केराजस्तै सोचाइ हो । आफूलाई पत्रकार र विश्लेषक भन्नेहरुले नेपाली गणतन्त्रलाई केराजस्तो गणतन्त्र हुनबाट जोगाउन र सन्तुलित भएर मुलुकलाई भिडन्तबाट जोगाउन जरुरी छ । एमाओवादीतर्फ लागेर विपक्षीविरुद्ध उक्साउनु वा कांग्रेस, एमालेको पक्षमा लागेर मुलुकलाई मुठभेडतर्फ लैजाने कार्यमा राज्यको चौथो अंग र नागरिक समाजले लाग्नुहुँदैन । सबैका कमजोरी औंल्याउँदै संवाद र सहमति र्फकन सबै दलहरुलाई स्वतन्त्र दबाव दिन सकिएन भने नेपालको लोकतन्त्रमात्रै होइन, नेपाली प्रेस र ‘नागरिक समाज’लाई समेत जनताले ‘केराजस्तो’ उपमा दिने खतरा बढ्दै गएको छ ।
अहिले दलहरु जसरी मुठभेडतर्फ गएका छन्, ती दुबै पक्षलाई नेपाल पत्रकार संघ, नागरिक अगुवा र सम्पूर्ण नागरिकले सहमति र मेलमिलापका लागि दबाव दिन जरुरी छ । यतिबेला सलाई कोरेर देश जलाउन ज-जसले भूमिका खेल्नेछन् र जनतालाई आपसमा भिड्न उक्साउने छन्, भोलि खरानीको थुप्रोमाथि कस्तो लोकतन्त्रको अभ्यास गर्ने ? के अहिलेको झै केराजस्तो ? कनकमणिले ठीकै लेख्नुभएको हो, नेपाल यतिबेला ‘केरा गणराज्य’मा पतन भएको छ । भलै यसमा एमाओवादीको मात्रै एक्लो योगदान छ भनेर हामीले संसदवादी दल र नागरिक समाजका अगुवाहरुको भूमिकालाई अवमूल्यन नगर्ने पो हो कि ? दैलेखमा बुधबार एमाओवादीलाई जिल्ला अधिवेशन गर्न नदिने जुन प्रयत्न लोकतन्त्रवादीहरुले गरे, त्यसले ‘केरा-लोकतन्त्र’का लागि सबैको भूमिकालाई छर्लङ्ग पारेको छैन र ?
‘केरा-लोकतन्त्र’ब्याङ्ग रमार्इलो लाग्यो।
Like or Dislike:
13
6
[जवाफ फर्काउनुहोस्]
yo artical le malai ta अरुण बराल ko fan nai bhanayo.दैलेखमा बुधबार एमाओवादीलाई जिल्ला अधिवेशन गर्न नदिने जुन प्रयत्न लोकतन्त्रवादीहरुले गरे, त्यसले ‘केरा-लोकतन्त्र’का लागि सबैको भूमिकालाई छर्लङ्ग पारेको छैन र ? dami <3
Like or Dislike:
13
11
[जवाफ फर्काउनुहोस्]
आन्दोलन विपक्षीको नाममा भएपनि त्यसमा डलरको खेती गर्दै आएका आइएनजीओहरुको संलग्नता रहेको बताइएको छ । स्रोतका अनुसार स्थानीय राजनीतिक दलहरुलाई आन्दोलन चर्काउन भन्दै १० लाख डलर दिएको बताइएको छ । उनीहरुले माओवादीलाई ‘तह लगाउने’ भन्दै आन्दोलन चर्काउन विपक्षीलाई रकम बाँडेका हुन् । डलरबादीहरुले सरकार विरुद्धको आन्दोलनमा सहभागि भए आफूलाई पनि रकम दिने आह्वासन दिएको एक स्थानीयले ग्रेटवेअनलाइनलाई बताए । हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतले आन्दोलन गर्न रकम बाँडेको बताइएको छ ।
subodh pyakurelमाओवादीबाट जबसम्म नेपाली राजनीतिको पहलकदमी छिन्न सकिँदैन तबसम्म आफूहरु अनूकुल केहीपनि निर्णय गर्न नसकिने भन्दै उनीहरुले आन्दोलन चर्काउन रकम दिएका हुन् ।
वर्तमान सरकार रहेसम्म आफू अनुकूल काम गर्न नसकिएको भन्दै उनीहरुले माओवादी विरुद्व जे गर्न पनि तयार रहेको स्रोतले जनाएको छ । केही साता पहिले माओवादीलाई ठेगान लगाउन उनीहरुको गोप्य बैठक इन्सेक कार्यालय स्युचाटारमा बसेको सार्वजनिक भएको थियो । सो बैठकमा कनकमणि, मन्दिरा, शरण लगायतको उपश्थिति रहेको थियो । बैठकमा कनकमणिले माओवादीलाई तह लगाउन जे पनि गर्न तयार रहेको बताएका थिए । कनकमणि मानवअधिकारवादीको नाममा डलरको खेति गर्दै आएका व्याक्ति हुन् ।
यता, सरकार विरुद्ध आन्दोलनको नेतृत्व गर्ने स्थानीय नेताहरु भने विवादास्पद छवीका छन् । कांग्रेस सभापति जिसी पार्टीभित्रै बद्नामी कमाएका व्यक्ति हुन् । उनी पञ्चायतको पतनसँगै कांग्रेसमा प्रवेश गरेका थिए । उनका बाबु तत्कालिन प्रधानपञ्च थिए । जीसी बाबुकै सल्लाहमा फाइदा लुट्न कांग्रेसमा सक्रिय भएको अहिले पनि दैलेखमा चर्चा छ । एमालेका थापा भने स्थानीय नामुद गुण्डा हुन् । स्थानीय स्तरमा हुने ठेक्कापट्टाको काम उनले मिलाउँदै आएका छन् । स्थानीयका अनुसार उनी महिला हिंसाजस्तो गम्भीर अपराधमा समेत संलग्न छन् ।
Mandira Sharma – Nepalआर्थिक प्रलोभनमा विवादास्पद छविका नेताहरुले आफूखुसी निर्णय गरेपछि जिल्लाका कार्यकर्ताहरु रुष्ट भएका छन् । एक दुई जनाकै कारणले पार्टीलाई बद्नामी बनाउन खोजेको भन्दै भित्रभित्रै आन्दोलनको तयारी भएको एक एमाले कार्यकर्ताले बताए । सरकार विरुद्ध अवरोध गर्ने पार्टीको नीति नभएपनि एक दुई जनाको स्वार्थले गर्दा बदनामी भएको उनको भनाई छ ।
Like or Dislike:
23
17
[जवाफ फर्काउनुहोस्]
sudhir Reply: January 23rd, 2013 at 7:33 pm
yesto hawadari kura Baburam le garnu hunaa, sarkar ma uni chan unle patta lagauna salchan kasle kaha bata kato dollar lyao
Like or Dislike:
7
4
[जवाफ फर्काउनुहोस्]
paramatma Reply: January 24th, 2013 at 3:01 pm
Nirmal ji
please do not do “banana like” talk. Can the Maoist be the democrats? Can the Congress be the criminal? No way. Congress is Congress and Maoist is Maoist.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Kera ganatantra bare lekheko alu lekh raicha
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
kera loktantra chai k ho? Tyesko artho khuladai nukhulaye pa6i ma pani “Ghaando Loktantra” ko barema lekhdim?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
लेखक अरुण बरालको लेख नेपालको बर्तमान राजनितीलाई व्यंगात्मक अनि सन्तुलित विश्लेषण गर्ने शैलीमा प्रस्तुत गर्नु भएको छ / लेख सान्दर्भिक र रोचक लाग्यो / साच्चिकै केरा एक लाभदायिक फल हो /बच्चादेखि बुढा सम्मले सजिलै चपाएर खान सकिने स्वादिलो फल हो / अझ यसलाई के- केन्द्रिकृत, रा- राज्य = अर्थात् “केन्द्रिकृत गणतान्त्रिक राज्य” भनेर बुझ्नु उचित होला किन कि अहिले नेपालमा केवल केन्द्रिय राज्य व्यवस्थाद्वारा चलि रहेको छ सबैलाई केन्द्रिय राज्य चलाउने चाहनाले ब्यग्र बनाएको छ/
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
“यतिबेला कांग्रेस र एमालेको आलोचना गर्नेलाई अलोकतान्त्रिक एवं माओवादी परस्त देख्ने जुन सोचाई केही मानिसहरुमा देखा परेको छ, त्यो पनि केराजस्तै सोचाइ हो ।”
डेकेन्द्र थापा हरुको हत्यारालाई बर्तमान कानून अनुसार कारवाही हुनुपर्छ भन्ने हरु माओवादी का विरोधी हरु होइनन हौ बराल जी /डेकेन्द्र का हत्यारा हरुलाई कारवाही हुनुहुन्न कुनै युग मा हामि कानून बनाउछौ अनि कारवाही गर्नु पर्छ भन्ने हरु को समर्थन मा एति लामो लेख लेख्न मेहनत गर्नु भएको मा एकमात्र अग्रगमनकारी पार्टी क्याश माओवादी को तर्फ़ बाट तपाइलाइ गोयबल्स को स्थान मा राख्दै लाल सलाम
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
तार्किक कुरा नगर्ने. शैली र शब्द संसलेष्णबाट “नन-इश्यू” लाई बह्सको मुद्दा बनाउने. यही हो हिन्दुवादी सामंती शैली.
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
खै केरा जस्तो …….के लेख्न खोजेको हो? बुझिन मैले त । लेखकलाई केरा उपहार
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
अहिले देश नै केराको हातमा छ अनी…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
df
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
You are right Mr Arun in your sense of expression taking the reference of ‘banana republic’ from Kanakmani dixit.here i would like to remind that every individual of any sociey n nation has his/her own kind of attitude and so called initiation based on the cultures and tradition of same very places as a reversed impact.besides this,imporatant thing is how to channelize the different thoughts of people towards the path of national interests and goals.in this process,leaders need to come front who have good sense of understandings regarding legimate actions in the state organs,societies of nation whether they are rich or poor, small or big,diveresed by issues or non-issues need to be brought under strong moral and legal polcies and youths who are supposed to be one of the strongest pillars of the nation need to be more responsible towards their every action what goes directly or indirectly into the society effecting its most profound fabrics.with due respect,i would like to inform that being a student of political and social science in my post graguation, i came to know that government is the result of the common will of people living in any particular territory and what power has been vested in the state organs for the leaders is only for the betterment and rapid development of the country and her people.if they don’t fulfil the demands and interests of common people then very soon people can replace them using their power based on common will.history has proven it many times not in here but throughout the world.but actual fact of politics is rather bitter than ideal utopian hypothesis.according to it, politics whether it of homa,nation of out of it is a process of power conflicts and this is the fact reality.here i am not in the mood of criticising what leaders are doing and showing, what are their political menifestos, how they are going to get into the process of undemocratic rules.i believe that some leaders of this nation have great potential and talents, it is the demand of present that they need to understand their moral and legal resposibilities towards the people and nation.it is better for them to develop the sense of common understandings and interests for the over all development of nation.when the differences become great than greater and misunderstandings reaches in its climax, neither will it help to leaders for something good,nor the people and nation.they need to be able to do something great taking the inspirition from the soil of their own cultures and traditions, their nature and its diversity, language and ethics.it is not time to blame one another but is to make them understand the essence of good governance and its beauty.thanks, looking ahead for better action by mind, word and action.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो लेख पनि ‘केरा’ जस्तै लाग्यो…..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]