नेपालका ८० प्रतिशत महिला श्रमिक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपालका ८० प्रतिशत महिला श्रमिक

११ माघ, काठमाण्डौं । नेपालका महिला दक्षिण एसियाकै बढी कामकाजी भएको एक अध्ययनले देखाएको छ । नेपालका ८० प्रतिशत महिलाले श्रम गर्छन्, जबकी अरु मुलुकमा यो संख्या ६० प्रतिशतभन्दा कम छ ।

अन्तराष्ट्रिय श्रम संगठन आइएलओका अनुसार दक्षिण एसियामा सबैभन्दा कम महिला श्रमिक अफगानिस्तानमा छन् । त्यहाँ १५ प्रतिशत महिलाले मात्र काम गर्छन् । बंगलादेशमा ६०, माल्दिभ्समा ५९, श्रीलंकामा ३८, भारतमा २५ र पाकिस्तानमा २२ प्रतिशत छ ।

पुरुष श्रम सहभागितामा पनि नेपाल नै अघि रहेको छ । नेपालका ९० प्रतिशत पुरुषले कुनै न कुनै काम गर्छन भने बंगलादेशमा यो ८९ प्रतिशत छ । माल्दिभ्समा ७९, श्रीलंकामा ७९, भारतमा ८०, पाकिस्तान ८१ र अफगानिस्तानमा ८० प्रतिशत पुरुष श्रमिक रहेको खबर कारोबार दैनिकले छापेको छ । आइएलओले सातामा १० घन्टा आर्थिक रुपमा सक्रियलाई श्रमिक भनेको छ ।

राष्ट्रिय श्रम प्रतिष्ठानका कार्यकारी निर्देशक तथा श्रमविज्ञ शिव शर्माका अनुसार बढी मुस्लिम जनसंख्या भएका मुलुकमा महिलाको श्रम सहभागिता कम छ ।

One Comment on “नेपालका ८० प्रतिशत महिला श्रमिक”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु