११ माघ, काठमाण्डौं । मूल्य अभिवृद्धि कर (भ्याट) ऐनको कमजोरीका कारण भ्याटमा दर्ता भएर आंशिक कर तिर्ने करदाताभन्दा दर्तै नभई पुरै कर छली गर्नेहरु कम जरिवानामा उम्किने गरेका छन् । उपभोक्ताबाट भ्याट उठाएर केही विवरणमात्रै सरकारलाई बुझाउनेलाई सरकारले शतप्रतिशत छलीको शतप्रतिशत जरिवाना लगाउँछ ।
जबकी, करोडौंको कारोबार गरेर भ्याटमा दर्तै नहुनेलाई एक कर अवधिमा १० हजारमात्रै जरिवाना गरेर उन्मुक्ति दिने गरेको छ । भ्याट ऐनको दफा ३७ ले भ्याटको दायरामा नआएकालाई एक कर अवधिमा १० हजार कारबाही गर्ने व्यवस्था गरेको छ । कर पालना नगर्नेहरु उम्किन नपाउन भनेर आन्तरिक राजश्व विभागले दुई बर्षअघि भ्याट परिपत्र जारी गरेको खबर कारोबार दैनिकले छापेको छ ।
तर, अहिले यो परिपत्र पालना नगरी भ्याटमा सहभागिता नजनाउनेलाई थोरै जरिवानामा उन्मुक्ति दिने गरिएको छ । यसले भ्याटमा दर्ता नहुने तथा वास्तविक कारोबार नदेखाउनेको संख्या बढीरहेको छ ।
यस्तै हो साइला दाई ! नेपालको कानून दैबले जानुन त्यसै कहाँ भनेको हो र ? झन अहिले त बाबुराम सरकार के चाहियो र हत्यारालाई माफि अनी सोझा साझालाई जेल !
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]