पर्यटकको टुर प्याकेजमा धरहरा पनि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पर्यटकको टुर प्याकेजमा धरहरा पनि

११ माघ, काठमाण्डौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र घुम्न आउने पर्यटकको दुर प्याकेजमा धरहरा (भीमसेन स्तम्भ) पनि समावेश हुने भएको छ ।

निजी कम्पनी साइड वाकर्स प्राइभेट लिमिटेडले २० बर्षका लागि ठेक्कामा दिएको धरहरा-सुन्धारको २५० रुपैयाँ वसन्तपुरको प्रवेश शुल्कमा जोडेर टुर प्याकेज तयार गर्न लागिएको हो ।

यसअघि काठमाण्डौं महानगरपालिकाले हुनमानढोका दरबार संग्रहालय विकास समितिमा प्रवेश शुल्कवापत सातसय ५० रुपैयाँ लिने गर्दथ्यो । निजी क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्नेगरी उक्त सम्झौतामा चलखेलको गन्ध आएको भन्दै केही टुर अपरेटरले भने आपत्ति प्रकट गरेको खबर गोरखापत्र दैनिकमा खबर छ ।

साइड वाकर्स कम्पनीले भने यस टुर प्याकेजका लागि आफुहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट, होटल एसोसिएसन अफ नेपाल, टुरिस्ट गाईडलगायतले समर्थन र स्वीकति पाइसकेको जनाएको छ ।

2 Comments on “पर्यटकको टुर प्याकेजमा धरहरा पनि”
  • Surveys at Home wrote on 24 January, 2013, 3:32

    dhara ra hera lai ni 750rs

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Khanal wrote on 24 January, 2013, 5:02

    धरहरा चढ्नलाई टिकट् काट्ने ठाउँमा काम गर्ने कर्मचारी अंग्रेजी र हिन्दी बोल्न नजान्ने छन् । के त्यहाँ बोल्न सक्ने मान्छे राख्न सकिंदैन ?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु