११ माघ, धादिङ । ज्येष्ठ नागरिकलाई दिइएको सामाजिक सुरक्षा भत्ता कर्मचारीले नै गायव पारिदिएको, घरका सदस्यले झुक्याएर खाइदिएको, बाबुआमालाई भत्ता बुझेर खर्च गर्न नदिएको भन्दै घरबाट निकालिदिएको जस्ता समाचार दैनिकजसो बाहिर आइरहेका छन् । कतिपयले उमेर ढाँटेर पनि आफुलाई जेष्ठ नागरिक बनाएर त कतिपयको मृत्यु हुँदा पनि उनीहरुको नाममा अर्कैले भत्ता बुझिलिने प्रवृत्ति बढिरहेको बेला दक्षिणी धादिङको विकट माङराङगाउँका एक वयोवृद्धले भने सामाजिक सुरक्षा भत्ता लिनुपर्ला कि भनेरै आफ्नो नागरिकता समेत बनाएका छैनन् ।
त्यस्ता व्यक्ति हुन, जोगिमारा ५ माङराङका ८२ बर्षका खुँडे चेपाङ । जेष्ठ नागरिकले पाउने गरेको सामाजिक सुरक्षा भत्तालाई उनी राज्यको ऋण मान्छन् । ‘बिनाकाम अर्काको केही लिनु हुँदैन,’ उनले भने । ‘सरकारको ऋणी भएर मर्न नपरोस् भनेर आफुले नागरिकता नबनाएको ‘उनले बताए । ‘मर्ने बेलामा सरकारको धन सित्तैमा खाएर म मर्न चाहन्न,’ उनले भने ।
उनलाई नागरिकता बनाउन पटक पटक आग्रह गरेपनि उनले इन्कार गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
he is reall man
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
brida bhhata bhaneko rastra ko rin haina rastra le hamra brida prati gare ko samman ho yeslai kunnai bojh na mani liye hun6 tyo sabai brida haru ko aadhikar ho.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
KHUNDE Chepang bat hamra NEETA harule siknu par6 ki ………, tr wahale afno adhikar linu parthyo .
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Chepang ba prati abhar bekta gardachu.sarahi khusi lagyo.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नेपालका नेताहरुले त्यस्मा पनि सर्वहाराका नेता भनाउदा मओवादिहरुका नेताहरुले केही सिक्नु पर्यो यि व्रिध्धवाट !
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
I salute this man. He is a genuine Nepali citizen. Let’s give kudos to him.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
उनको इमान्दारिताको कदर गर्नुपर्छ र उनको विचार अनुकरणीय पनि छ । राज्यको ढुकुटीबाट सकेजति लुट्न खोज्ने नेता कर्मचारी र दलका कार्यकर्ताहरुलाइ सबै नेपाली मिलेर सामाजिक बहिष्कार गर्नैपर्छ ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
yo unalai salut hoina ki hamro paramparalai dosa dine ho ,kinaki jasari bharstachar garnu galata kam ho yasari tesarinai yasto birdha awasathama paisa naliyar dharma kamaine rudibadama jakidinu pani ramro hoina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
साँचै भन्ने हो भने हामी नेपालीहरु इमान्दार छौँ जसको कारण हामी नेपाल सरकारको सेवालाई पनि ऋण भन्छौँ तर त्यो ऋण होईन हामी नेपाल आमाको काँखमा खेल्यौँ,युवावस्थामा सेवा गर्यौँ र प्रसन्न भई नेपालले गरेको सम्मान हो त्यो।तसर्थ भता लिनुपर्छ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]