११ माघ, काठमाण्डौ । नेपाल पुलिस राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष आठमा पर्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीवार भएको अन्तिम खेलमा जाउलाखेललाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले शीर्ष आठ आफ्नो स्थान सुरक्षित गरेको हो । जितसंगै पुलिस २३ अंकका साथ लिग तालिकाको ८ औँ स्थानमा उक्लिएको छ । सरस्वतीसंग समान २३ अंक भएपनि पुलिस हड टु हेडका आधारमा शीर्ष आठमा पर्न सफल भएको हो ।
पुलिसलाई सुपर लिगमा प्रवेश गराउन चेतन घिमिरेले खेलको ७३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जाउलाखेलका विदेशी खेलाडी जुमा बेन्ली खेलको ८९ औँ मिनेटमा वान भर्सेज वानको अवस्थामा गोल गर्न असफल भएपछि जाउलाखेलले बरावरी गर्ने मौका गुमाएको थियो । जाउलाखेल भने १४ अंक जोड्दै लिग तालिकाको १३ औँ स्थानमा आफ्नो ए डिभिजन लिग टुंगाएको छ ।
Wish you all the best, my friends!
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
Uddhab Singh Bhat. Reply: January 24th, 2013 at 11:55 am
Congrats NEPAL POLICE CLUB.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
बधाई छ पुलिस टोलीलाई पुलिस कि गरी छाड्छ कि मरी जान्छ
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
all the best
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
all the best for superleague
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
congratultion n keep up it.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
aba sakiyo puliceko kam shirsha sthanko ta 8 aun ma po pugyo
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
aba super league ma 2/4 ota club lai vaye pani haraunu parxa.
all the best POLICE
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]