मनी लिगमा रियल मड्रिड शीर्ष स्थानमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मनी लिगमा रियल मड्रिड शीर्ष स्थानमा

११ माघ, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिड एकै सिजन ५ सय मिलियन युरो कमाउने पहिलो क्लब बनेको छ । योसँगै रियल ‘मनी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सन् २०११–१२ को सिजनमा रियल मड्रिडले ५१२.६ मिलियन युरो कमाएको छ । मनी लिगको दोस्रो स्थानमा रहेको अर्को स्पेनिस क्लब बार्सिलोनाको कमाई ४८३ मिलियन छ ।

३९५.९ मिलियन कमाईसहित इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेड तेस्रो तथा ३६८.४ मिलियर युरो कमाई गरेको बार्यन म्युनिख चौथो स्थानमा छ ।

सम्बन्धित शीर्षकहरु