पोर्चुगलमा नयाँ बर्षको अवसरमा बनभोज कार्यक्रम हुने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पोर्चुगलमा नयाँ बर्षको अवसरमा बनभोज कार्यक्रम हुने

लिस्बोन । नेपाली नयाँ बर्ष २०७० को अवसरमा नेपाली जन सम्पर्क समिति पोर्चुगलले बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। नयाँ बर्षको शुभ-कामना आदान-प्रदान, भेटघाट तथा मनोरंजन का लागी बनभोज कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। बनभोजको कार्यक्रम बैशाख १ अर्थात १४ अप्रिल २०१३ का दिन लिस्बोनमा हुनेछ।

समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा बुधबार बसेको बैठकले जन सम्पर्क समितिको बार्षिक साधारण सभा अप्रिल २८ गर्ने निर्णय समेत गरेको छ। अध्यक्ष सापकोटाले बनभोज र साधारण सभाको कार्यक्रम लाई भव्यता पूर्वक सम्पन्न गर्न सहयोग गरिदिनुहुन सम्पूर्ण पोर्चुगलबासी नेपालीहरुलाई अनुरोध गर्नुभएको छ।

2 Comments on “पोर्चुगलमा नयाँ बर्षको अवसरमा बनभोज कार्यक्रम हुने”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु