शोभाकर भण्डारी
हामवर्ग । नेपाली जनप्रगतिशील मञ्चको शाखा जर्मनीस्थित हामबर्ग शहरमा शाखा विस्तार भएको छ । जर्मनीको व्यापारिक शहर हामवर्गमा बसोबास गर्दै आउनु भएका प्रगतिशिल नेपालीको एक बृहत भेलाले भरत चलाउनेको अध्यक्षतामा १३ सदस्यीय नेपाली प्रगतिशील मञ्च हामबर्ग शाहा गठन गरिएको हो । संयुक्त नेपाली मोर्चा युरोपका उपाध्यक्ष शोभाकर भण्डारीको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोख्रेलको विशेष उपस्थितमा भेला सम्पन्न भएको हो । नवगठित शाखाको उपाध्यक्षमा नारायण सुबेदी, महासचिवमा जगदीश भट्टराई, सचिवमा रोशन दाहाल र कोषाध्यक्षमा समिर खान रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजिव सन्थयल, सिमंथ सन्थयल, केसब रिजाल, बिष्णु अरियाल, रामकाजी गोसाई, जोहन सन्थयल, प्रभाकर थापा र मेनुका सिटौला रहेका छन् । यस्तै सल्लाहकारहरुमा खिलचन्द्र पोख्रेल, श्याम केसी र वाईबा भोजराज रहेका छन् । शहिद प्रति एक मिनेट मौनधारण गरी सुरु भेलाको प्रमुख अतिथिको आसानबाट संयुक्त नेपाली मोर्चा युरोपको उपाध्यक्ष शोभाकर भण्डारीले सम्वोधन गर्दै भन्नुभयो,’ दशवर्षे महान जनयुद्ध र दोस्रो सम्युक्त नेपाली जनआन्दोलनले स्थापित गरेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न अझै निर्णायक संघर्ष गर्न जरुरी देखिएको छ । यहिले हाम्रो देशमा अग्रामी शक्ति र यथास्थितिबादी शक्ति विच पेचिलो संघर्ष चलिरहेको छ ।’
विषेश उपस्थितिको आसनबाट नेपाली जनप्रगतिशिल मंच जर्मनीका अध्यक्ष सागर पोखरेलले न्याय समानता र स्वतन्त्रताको लागि आइ.एन.एए.ओ.एफ जर्मनीको स्थापनाकाल देखि संघर्ष गर्दै जर्मनीमा रहनु भएका नेपालीहरुको विचमा लोकप्रीय बन्दै आई हाल नेपाली जनप्रगतिशिल मंच जर्मनीको नाममा रुपान्तरण गरीएको छ ।
भेलाको सफलताका लागि हेसेन शाखाको तर्फबाट अध्यक्ष कोकिल ले शुभकामना सन्देश पठाउनु भएको थियो । भेला सफल पार्नका केन्द्रीय सदस्य विष्णु अधिकारी ले पनि शुभकामना दिनु भएको थियो भने मेलाको सभापतित्व संघका केन्द्रीय कोषाध्यक्ष भरत चलाउनेले गर्नु भएको थियो । उक्त भेलाले २ सदस्यहरु पछि थप गर्नेगरी १३ सदस्यको कमिटी गठन गरेको हो । कार्यक्रममा एनआरएन जर्मनीका अध्यक्ष पुष्पा थापा, बाम युवा नेता ओम रेग्मी तथा नेपाली जनप्रगतिशील मञ्च जर्मनीका केन्द्रीय सदस्य सनत गौताले पनि समिति गठन भएकोमा शुभकामना दिएका थिए ।