आरसीटी क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आरसीटी क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

११ माघ, कास्की । रानी पोखरी कर्नर टिम (आरसीटी) क्लब पोखरामा जारी ११ औँ आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विहीवार पोखरा रंगशालमा भएको खेलमा भारतको साउथन सामित्य क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटी क्वाटर फाइनल प्रवेश गरेको हो ।

आरसीटीलाई जित दिलाउन खेलको ९३ औँ मिनेट सञ्जिव बुढाथोकीले निर्णायक गोल गरे । साउथनका प्रिटोसले दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम सात मिनेट १० खेलाडीमा सीमित भएको थियो । साउथन क्लबले आरसीटीलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । आरसीटीले अब फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी थ्री स्टार क्लबको सामना गर्ने छ । यसअघि हिजो नेपाल आर्मी क्लब फ्रेन्डस् क्लबलाई ३-०ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

One Comment on “आरसीटी क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा”
  • rabi wrote on 25 January, 2013, 4:49

    nepali football k hernu khali kale matrai dekhinchha yo game ma kale dekhne bittikai malai namitho lag6 hau des ko kheladi po khel6na ta k va hola yo desh ma 6yaaaaaa thuekka

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु