११ माघ, काठमाडौं । चीनकी ली ना अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । विश्व नम्बर २ रुसी मारिया शारापोभालाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै ली उपाधी नजिक पुगेकी हुन् । शारापोभालाई हराउन कोर्टमा १ घण्टा ३३ मिनेट खर्चिएकी थिइन् ।
अब उपाधीका लागि ली नाले विश्व नम्बर एक डिफेण्डिङ च्याम्पियन भिक्टोरिया अजारेन्कासँग खेल्नेछिन् । उनी अमेरिकी स्लोआन स्टीफेसलाई ६-१ र ६-४ को सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् ।
पुरुषतर्फ डिफेण्डिङ च्याम्पियन नोभाक जोकोभिच फाइनलमा प्रवेश गरेका छन् । उनले डेभिड फेरेररलाई ६-२, ६-२ र ६-१ को सेटमा पराजित गरे ।