मलेसियामा एक नेपालीको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मलेसियामा एक नेपालीको मृत्यु

रामचन्द्र नेपाल

क्वालालम्पुर । सडक दुर्घटनामा परेर मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ । खोटाङ जिल्ला राजापानी-७, डेराखानी घर भई जोहोरबारुको पासिरगुडाङमा रहेको हृवाइटहर्स कम्पनीमा कार्यरत कमलकुमार राईको बिहीवार साँझ आठ वजेतिर समयमा ज्यान गएको सहकर्मी राजु शर्माले जानकारी दिए ।

विदाको दिन भएको कारण दिनभर होस्टलमै बसेका राई साँझपख तरकारी किन्न बजार गएका थिए । फर्कनेबेला  कामदार ओसारपसार गर्ने बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । ठक्कर दिने वसलाई प्रहरीले नियन्त्रणामा लिएको छ । राई दुईवर्ष अगाडि मात्रै रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।

2 Comments on “मलेसियामा एक नेपालीको मृत्यु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु