बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा

१२ माघ, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडको सामना गर्नेछ ।

गएराति भएको दोस्रो लेगमा मालागोमाथि ४–२ ले विजयी भएको बार्सिलोना समग्रमा ६–४ को जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेगमा बार्सिलोनाले मालागोसँग २–२ को बराबरी खेलेको थियो । मालागोको घरेलु मैदानमा भएको खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । अठौं मिनेटमा पेड्रोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

१२ औं मिनेटमा मालागोको जोकिनले बराबरी गोल फर्काए । ४९ औं मिनेटमा जरार्ड पिकले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए भने ६८ मिनेटमा सान्टाक्रुजले बराबरी गोल फर्काए । ७६ औं मिनेटमा आन्द्रे इनिष्टा र ८० औं मिनेटमा लिओनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–२ ले विजयी भयो ।

 

5 Comments on “बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु