१२ माघ, काठमाण्डौं । एच एण्ड बी डेभलपमेन्ट बैंकका १४ जनालाई कारबाही हुने भएको छ । बैंकमा भएको अनियमिततामा प्रहरीले १४ जना विरुद्ध मुद्दा दायर गर्ने भएको हो ।
अहिलेसम्म भएको अनुसन्धानका क्रममा ८७ करोड रुपैयाँको गुड फर पेमेन्ट चेक जारी भएको र २२ करोड रुपैयाँको नगद अभाव देखिएपछि सबै अभियुक्तलाई ठूलो रकम बिगो सहित मुद्दा दायर गर्न लागिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका नाममा रहेको रकम मध्ये २२ करोड रुपैयाँ गायब भएको छ । गुड फर पेमेन्ट चेकमा उल्लेख भए अनुसारको ८७ करोड रुपैयाँ मध्येको रकम भए नभएको बारे यकिन तथ्यांक आउन बाँकी रहेको छ । उक्त बैंकमा १ अर्ब ९ करोड रुपैयाँको अनियमिततामा सहायक स्तरका कर्मचारुीलाई समेत अभियोग लागेको छ ।
अनियमिततामा सवैभन्दा धेरै एच एण्ड वि बैंक कुलेश्वर शाखाका प्रमुख निरज नेपाललाई १ अर्व ५ करोड रकम बराबरको विगो दावि गरिएको छ । मनोज चौरसिया, जयकुमार यादव, कुमार ढकाल, आनन्द श्रेष्ठ, सुरेन्द्र प्रधान विरुद्धपनि विगो दावि गरिएको छ ।
बैंकका ८ जना कर्मचारीविरुद्धपनि प्रहरीले विगो दावि सहित मुद्दा दर्ता गर्न लागेको हो । अनियमिततामा बैंकका सहायक स्तरका कर्मचारीलाई अभियोग लगाइएको भएपनि उच्च अधिकारी तथा सञ्चालक समितीका सदस्यहरुलाई भने अभियोग लगाइएको छैन् ।
तर अनुसन्धानमा रहेको प्रहरी बैंक व्यवस्थापनका उच्च अधिकारी र सञ्चालक समितिसम्म भने पुग्न बाँकी रहेको छ । एच एण्ड बी डेभलपमेन्ट बैंकभन्दा अघि श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एनबी बैंकका सञ्चालकको अनियमितता सार्वजनिक भए पनि प्रहरीले केही पूर्वकर्मचारी बाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन् ।
bank ma yesto bhayo bhane manis le paisa kamaye ni rakhne rakhne thau surak6ent na bhaye pa6e manis kati ko tenson ma bachne hola
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
सी.ई.ओ. र संचालकहरुको संलग्नता बगैर यत्रो बदमासी संभव छैन.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
यस बैङकबाट सवै भन्दा पिडित म हो ।
उक्त शाखाको शाखा प्रवन्धक निरज नेपाल त एउटा जरिया मात्र हो वास्तवमा खेलाडी अरु नै हुनु पर्छ । किनकी निरजको दाई निर्मल नेपाल उक्त बैङ्कको मुख्यमा वित्त प्रमुख रहेको र हाल निर्मल लगायत ८ १० जना थुनामा छन् ।
सोझो भाषामा कसैले बैङकमा चेक वा नगद जम्मा गरेर बैङकबाट लैजाने के ? भन्दा मात्र एउटा रसिद त हुन्छ नी हैन र?
मैले मेरो खातामा जम्मा गरेको करोडौ रुपैयाको भौचर मसँग सुरक्षित छ । रकम जम्मा भैसकेपछिको बैङक स्टेटमेन्ट पनि छ । सो प्रकरण वाहिर आएपछि गत मङसिर २८ गते खातामा भएको पैसा निकाल्न बैङक पुग्दा त मेरो खातामा सुक्को रैनछ ।
मसँग सुरक्षित रहेको बैङ्क भौचर बराबरको रकम मेरो खातामा जम्माको लागि अनुरोध गर्दा, कहिले के कहिले के भनेर टारिरहेको अवस्था छ ।
अव त अति भयो । अर्को हप्ता अर्को हप्ता भनेको पनि एतिका भैसक्यो अव केही दिन भित्र पत्रकार सम्मेलन गरी सवै कुरा वाहिर ल्याउने छौ । भएको सम्पूर्ण प्रमाण सवैलाई देखाउने छौ ।
याद राखौ उक्त एच एण्ड बी बैङ्कमा अझै पनि कोही ग्राहले पैसा राखिरहनु भएको छ भने त्यो तपाँईको सवै भन्दा ठूलो मुर्ख्याई हुनेछ । भोली तपाईँको पनि यही हालत हुन्न भन्ने के ग्यारेन्टी छ र ?
यतिका ४८ दिनसम्म त नियमक निकायले पनि सम्बन्धित पिडितहरुलाई कुनै स्पष्ट निकासको प्रत्याभुती गराउन पर्ने हो ।
यस्को २९ वटा शाखा छ ।
मुख्य कार्यालयमा रहेको भवन को तल्लो तलाको शाखा प्रवन्धकलाई पनि थुनिसकेको स्थिति छ । चन्द्रनिगाहपुरको शाखा प्रवन्धकको पनि यसमा मुछिईसकेको छ । भनेपछि भोलीको दिनमा थप अरु पनि तानिने पक्का छ ।
बाँकी पत्रकार सम्मेलनमा ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
कुनै बैंकले यस्तो गलती गर्छ भने नेपाल राष्ट्र बैंकले जिम्मा लिन्छ. यो बैंकहरुको साहु भनेको राष्ट्र बैंक नै हुन्छ. त्यस्ता सबै बैंकको बोर्डमा नेपाल राष्ट्र बैंकको नाम पनी लेखिएको छ. गभर्नर कहाँ जानूस.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]