एप्पलको नाफा १३ अर्ब डलर, शेयरको भाउ भने घट्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एप्पलको नाफा १३ अर्ब डलर, शेयरको भाउ भने घट्यो

कम्प्युटर निर्माता अमेरिकी कम्पनी एप्पलले गएको वर्ष १३ अर्ब अमेरिकी डलर भन्दा बढि मुनाफा आर्जन गरेको छ । गएको आर्थिक वर्ष १३ अर्ब १० करोड मुनाफा आर्जन भएको तथ्यांक सार्वजनिक गर्दै एप्पलले यो अवधिमा आइफोनको बिक्री २८ प्रतिशतले बढेको तथा आइप्याडको बिक्रि ४८ प्रतिशतले बढेको जनाएको छ । यो अवधिमा एप्पलले १ खर्ब ६० अर्बको व्यापार गर्यो ।

प्रविधिको दुनियामा विश्वमै सबैभन्दा आधुनिक तथा उपभोक्ताको चाहनालाई ध्यान दिने कम्पनीको रुपमा चिनिएको एप्पलले कम्पनीको भारी मुनाफामो तथ्यांक सार्वजनिक गरेपनि यसको शेयर मुल्यमा भने ओरालो लागेको छ । बुधबार कम्पनीले आफ्नो मुनाफाको प्रतिवेदन सार्वजनिक गर्दा एप्पलको शेयर मुल्यमा गएको वर्षको अधिकतम मुल्यभन्दा ३४ प्रतिशतले गिरावट आएको छ । गएको सेप्टेम्बरमा एप्पलको शेयर मुल्य अहिलेसम्मकै बढि अर्थात् ७०२ डलर नाघेकोमा बुधबार ४६१.३ डलरमा झर्यो

एप्पलले कम्पनीको आम्दानी उच्च भएपनि लागत खर्च बढेकाले मुनाफा केही कम भएको जनाएको छ । यद्यपि कम्पनीको यो आम्दानीबाट लगानीकर्ताहरु ढुक्क हुने अवस्था भने रहेको एप्पलको दाबी छ ।

विश्लेषकहरुले एप्पलले आशातित रुपमा आइफोन ५ बेच्न नसकेकाले मुनाफा सोचेजति नभएको बताएका छन् ।

2 Comments on “एप्पलको नाफा १३ अर्ब डलर, शेयरको भाउ भने घट्यो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु