अनेकस कुबेत शाखाको घोषणा (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अनेकस कुबेत शाखाको घोषणा (फोटोफिचर)

नबराज पन्थी

कुबेटसीटी । नेपाली भाषा, कला र संस्कृतिको उत्थान र लेखक तथा कलाकारको हितका लागि कार्यरत संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को कुवेतमा पनि शाखा बिस्तार भएको छ । अनेकस केन्द्रीय समितिबाट केहि दिन पहिला मान्यता प्राप्त गरेपनि कुबेतमा भनि बिधिबत औपचारिक रुपमा बिहीबार मात्र एक समाहरोको आयोजना गरि घोषणा अर्थात जानकारी गराइएको थियो ।

 नवगठित अनेकस शाखाको अध्यक्षमा बीबी मल्ल रहनु भएको छ । यस्तै शाखाको अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वयमा डि बी लोप्चान र माधव शर्मा , महासचिवमा मनोज काफ्ले ,सचिवमा अनिल रसाइली, कोषाध्यक्षामा पुष्प वाइवा  र सहकोषाध्यक्षमा निशा तमाङ योन्जन रहनु भएको छ । यस्तै कार्यकारी सदस्यमा देव लिम्बु, माया न्यौपाने, सोम रसाइली, गोविन्द बराल , अर्जुन तामाङ, बिनिता भण्डारी, द्रोणजंग गुरुङ र बिनोद गुरुङ रहनु भएको छ ।

यसैगरी शाखाको संरक्षकहरूमा राजेन्द्र तामाङ, राजु थापा, अर्जुन तामाङ, कल्याण श्रेष्ठ, नबराज श्रेष्ठ, राजु खड्का, श्याम बम्जन तामाङ र दीपक छेत्री रहनु भएको छ । यसैगरी सल्लाहकार समितिमा राजेन्द्र बिरही, किरण पौडेल, ध्रुब कुमार संग्रौला (कुमार झापाली, जय आले, नवराज पन्थी, दीपक लिम्बु , हरिकृष्ण न्यौपाने, टिका आचार्य, राम बस्नेत र महिला प्रतिनिधी सल्लाहकारमा किरण आले रहनु भएको छ ।

 नेपाली दुताबास कुबेतकी श्रम सहचारी श्रृंजना तिवारीले दिपप्रज्वलन गर्दै उक्त घोषणा कार्यक्रममा बिदेशि भुमिमा नेपाली कला संस्कृति परम्परा जोगाउन तल्लिन कुबेतका कलाकारहरु अन्तर्राष्ट्रियस्तरको नेपाली कलाकार समाजमा गोलबद्द हुनाले प्रबासमा नेपाली कला संस्कृति परम्परा जोगाउन नौलो आयाम थप्न मद्दत पुगेको भन्दै शुभकामना दिदै खुशी व्यक्त गर्नु भएको थियो । लोकगायक बिबी मल्लको अध्यक्षता गजलकार मनोज मनसुनको संचालनमा सम्पन्न कार्यक्रममा अथितीहरुलाई मन्तब्यद्वारा लोक गायक माधब शर्माले स्वागत गरेका थिए। भने अनेकस कुबेतमा गठन गर्नुको काराण बताउँदै संस्थाको बिस्तृत जानकारी र परिचय लोकगायक डिबी लोप्चनले गराएका थिए ।

 अबसरमा एन आर एन ए कुबेतका उपाध्यक्ष राजु थापा, महासचिब कल्याण श्रेष्ठ, माउन्ट एभरेस्ट क्लबका अध्यक्ष धर्मराज गिरि, अन्तरास्ट्रिय नेपाली साहित्यिक समाज कुबेत च्याप्टरका अध्यक्ष राजन रिमाल, जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री जनप्रगतिशील मन्चका संयोजक धुर्व कुमार संग्रौला, बुद्दिजिबी किरण पौड्याल समाजसेबी ठाकुर प्रसाद पौड्याल, राम बस्नेत, पत्रकार इन्द्र भुसाल लगायतले नबगठित अनेकसलाई शुभकामना व्यक्त गरेका थिए। सो समाहरोमा नबगठित अनेकस कुबेतका कार्यसमिति पदाधिकारीहरुलाई एन आर एन ए कुबेतका उपाध्यक्ष राजु थापाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु