१२ माघ काठमाडौं । दोलखा सदरमुकाममा सत्तारुढ एमाओवादी र विपक्षी नेपाली कांग्रेसको कार्यक्रम एकै दिन परेपछि उत्पन्न तनाब मथ्थर भएको छ । दुबैपक्षले शान्तिपूर्ण रुपमा फरक-फरक समयमा प्रदर्शन गर्ने सहमति जनाएपछि समस्या समाधान भएको हो ।
जिल्ला अधिवेशन उद्घाटनका क्रममा दोलखा सदरमुकाममा एमाओवादीले पहिले जुलुस निकालेको छ । कांग्रेसले एमाओवादीको जुलुस सकिएर सभामा परिणत भएपछि मात्रै विरोध जुलुस निकाल्ने सहमति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताउनुभयो ।
‘आत्तिनु पर्ने अवस्था छैन, एमाओवादीको जुलुसले नगर परिक्रमा गर्दैछ, यो सकिएपछि विपक्षीले जुलुस निकाल्ने सहमति भएको छ ।’- पराजुलीले अनलाइनखबरसँग भन्नुभयो, ‘दलहरुवीच बिहीबारको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।’ दोलखामा एमाओवादीको जिल्ला अधिवेशन उद्घाटनकै दिन नेपाली कांग्रेसको विरोध कार्यक्रम आयोजना भएपछि सुरक्षा सतर्कता भने बढाइएको छ ।
आफ्नो लागि कति छिटो सहमति गर्छन….यहाँ देश भने बर्षौ देखि पीडामा छ ……!!!!!
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
योगेन्द्र आचार्य Reply: January 25th, 2013 at 9:12 am
मेरो भनाइ मा त नेता कुनै पनि एउटै पोखरी का माछा हुन्
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
योगेन्द्र आचार्य Reply: January 25th, 2013 at 9:14 am
शो इनि हरु लाई माहा जाल थप्नु पछं
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]