कस्तो भुत्ले कुर्सी (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कस्तो भुत्ले कुर्सी (फोटोफिचर)

बाल्यकालमा बाउआमाले सुनाएका कथा जिन्दगीभर नै सम्झनामा आइरहन्छन् । यस्ता उपदेशात्मक कथाहरु कहिलेकाहीँ मार्गदर्शन बन्छन् त कहिलेकाहीँ मनमा डर बनेर बसिरहन्छन् । सिँगापुरका एक जना मानिसले आफ्नी हजुरआमाले आफु सानो छँदा सुनाउने गरेको एक दन्तेकथाबाट प्रभावित भएर अनौठो भुत्ले कुर्सीको निर्माण गरेका छन् ।

३६ वर्षका ज्यासन गोहले यस्तो भुत्ले कुर्सी बनाएका हुन् जसलाई विश्वमै पहिलो भुत्ले कुर्सी मानिएको छ । सानोमा खाना खान मन नगर्ने र पस्किएको खाना खेलाइरहने बानी भएका गोहलाई तर्साउन उनकी हजुरआमाले माछाको भिमकाय भकुण्डोको कथा सुनाएर तर्साउने रहेछिन् ।

यदि खाना खेलाइरह्यौं भने यो ठूलो भुत्ले डल्लो राक्षस बन्नेछ र तिमीलाई निल्नेछ भनेर हजुरआमाले तर्साउने गरेको उनलाई अहिलेपनि याद छ । हजुरआमाले सुनाउने गरेको कथाबाटै प्रभावित भएर उनले यो भुत्ले भकुण्डे कुर्सीको डिजाइन तयार गरेका हुन् । उनले यो कुर्सीको नाम म्वाइ राखेका छन् ।

हेरौँ यो भुत्ले कुर्सी :

2 Comments on “कस्तो भुत्ले कुर्सी (फोटोफिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु