१२ माघ, काठमाण्डौ । उपत्यकामा सञ्चालित टयाक्सी चालकले मिटरमा उठने रकमभन्दा दोब्बरसम्म भाडा असुलेर यात्रुलाई ठगेको पाइएपछि त्यस्ता टयाक्सी चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्ने क्रमलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र तुलाएको छ ।महाशाखाले गएको ११ दिनमा मिटर छिटो चलाउने, मिटरको सिल टोडेर चलाउने र मिटर बिगारेर चलाउने १९० जना चालकसहित टयाक्सीलाई नियन्त्रणमा लिई कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग पठाएको प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिनुभयो ।
टयाक्सी चालकले टयाक्सीमा रहेको क्यासेट, टोका, गेयरबक्स, ब्रेक, रेडियो फ्रिक्वन्स र हर्नमा समेत अर्थिङको कनेक्सन जोडेर मिटरलाई छिटो घुमाउने बनाएर उठ्ने रकमभन्दा दोब्बरसम्म भाडा असुल्ने गरेको भेटिएको महाशाखाले जनाएको छ । यसरी मिटर बिगारेर चलाउने टयाक्सीको मिटर जफत वा रु पाँच हजारसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको तापतौल तथा गुणस्तर विभागका प्रतिनिधि विकास ध्वजूले जानकारी दिनुभयो । महाशाखाले हिजो नियन्त्रणमा लिएको बा१ज ८१९९ नम्बरको टयाक्सीले लाइटरमा अर्थिङ जडान गरी तोकिएको भाडाभन्दा अत्याधिक भाडा उठाएर यात्रुलाई ठगी गरेको पाइएको थियो ।
सरकारले टयाक्सीको भाडाप्रति किलोमिटर रु ३२ तोकेको छ । टयाक्सी रोकेर राखेको अवस्थामा प्रति दुई मिनेट एक कल तथा गुडिरहेको अवस्थामा प्रति २०० मिटर ६ रुपैयाँ ४० पैसा अर्थात् एक कल रकम उठ्ने व्यवस्था छ । तर पहिलो एक किलोमिटरमा भने रु ४२ रकम उठ्ने व्यवस्था रहेको छ ।पछिल्लो ११ दिनमा ट्राफिक प्रहरी महाशाखाले जाँचको क्रममा सवारी नियम विपरीत सञ्चालन गर्ने २३६ टयाक्सीलाई कारबाहीको दायरामा ल्याइएको जनाएको छ । रासस
E sala choor haruli kada vanda kada karbai garnu par6 r e lai jarebana pane lagaunu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]